Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
Error: Book name not found: Wis for the version: Nepali Bible: Easy-to-Read Version
Error: Book name not found: Wis for the version: Nepali Bible: Easy-to-Read Version
यशैया 44:6-8

परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ। यहाँ म जस्तै अन्य कुनै परमेश्वर छैन। यदि यहाँ छ भने, त्यो परमेश्वरले जस्तै बोल्नु पर्छ। त्यो परमेश्वर आएर म जस्तै परमेश्वर हो भनी प्रमाण गर्नु पर्छ। त्यो परमेश्वरले त्यस समयदेखिको घटनाहरू बताउनु पर्छ जब मैले प्राचीन मानिसहरू बनाएँ। त्यस परमेश्वरले भविष्यमा हुने कुराको संकेत पनि दिन सक्नुपर्छ।

“तिमीहरू नडराऊ। सुर्ता नगर। मैले तिमीहरूलाई के हुनेछ भनेर पहिल्यै भनिसकेको छु। तिमीहरू मेरा साक्षी हौ। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै ‘चट्टान छैन,’ म जान्दछु म मात्र एक हुँ।”

भजनसंग्रह 86:11-17

11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्,
    अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु।
मलाई मेरो जीवनको मुख्य चीज,
    तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
12 हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु।
    मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
13 हे परमेश्वर, तपाईंसँग मप्रति कति बढ्ता प्रेम छ?
    तपाईंले मलाई मुत्युको मुखबाट बचाउनु भयो।
14 अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर।
    निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
    अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।
15 हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ।
    तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
16 परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्।
    म तपाईंको दास हुँ, मलाई बल प्रदान गर्नुहोस्।
    म तपाईंको दास हुँ, मलाई बचाउनु होस्!
17 परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्।
    मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्।
    त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।

रोमी 8:12-25

12 यसकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन। 13 यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य-जीवन पाउने छौ।

14 परमेश्वरका साँच्चो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। 15 जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “हे अब्बा हे पिता।” 16 अनि त्यो आत्मा आफैंले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं। 17 यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।

हामीले भविष्यमा महिमा पाउने छौ

18 अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन। 19 परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठूलो उत्सुकताको साथ त्यस समयलाई पर्खिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ। 20 प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः 21 परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।

22 हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। 23 यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पर्खिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक पर्खिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पर्खिरहेकाछौं। 24 हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्। 25 तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठूलो धैर्यसित त्यो पर्खिरहेका छौं।

मत्ती 13:24-30

गहूँ र सामाको उखान

24 त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो, 25 त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहूँको बीच-बीचमा सामा छरेर गयो। 26 केही समयपछि गहूँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो, 27 उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजूरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिं कहाँबाट आयो?’

28 “त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’

“चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’

29 “त्यो मानिसले जवाफ दियो, ‘अँहँ, किनभने तिमीहरूले सामा उखेल्दा गहूँ पनि उखेल्न सक्छौ। 30 फसलको समयसम्म सामा र गहूँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, पहिले: सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहूँ बटुल र मेरो भण्डारमा जम्मा गर।’”

मत्ती 13:36-43

येशू कठिन उखानको व्यख्या गर्नुहुन्छ

36 त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, “कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।”

37 येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो। 38 संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्। 39 नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय चाहिँ संसारको अन्त्य हो। अनि फसल काट्नेहरू परमेश्वरका दूतहरू हुन्।

40 “सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ। 41 मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्। 42 स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्। 43 तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International