Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
29 परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
उहाँको महिमा र शक्तिको प्रशंसा गर।
2 परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
आफ्ना खास पोशाक[a] लगाएर उहाँको उपासना गरौं।
3 परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
4 परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
5 परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
6 परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
सिरिओन हल्लिन्छ।
त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
7 परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
8 परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
9 परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।
10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।
39 “अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ?
के तिमी तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ?
40 ती सिंहहरू आफ्ना गुफामा लुकीरहेका छन्।
आफ्नो शिकारमाथि आक्रमण गर्न घाँसमाथि थ्याच्च बसी तयार भएका छन्।
41 जब त्यसका बच्चाहरू अति भोकाएर परमेश्वरलाई पुर्कादा,
भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ?
39 “अय्यूब, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्?
के तिमीले नियालेको छौ कहिले मृगले आफ्नो बच्चा ब्याउँछ?
2 के तिमी जान्दछौ कति महिनासम्म घोरलले र मृगले आफ्ना पेटमा बच्चाहरू बोकी हिँड्नु पर्छ?
के तिमी जान्दछौ कति महिनामा तिनीहरूले ब्याउँछन्?
3 जब तिनीहरूलाई प्रसव वेदना हुन्छ
तिनीहरू निहुरिन्छ र बच्चा ब्याउँछन्।
4 ती पाठाहरू खुल्ला मैदानमा खेल्दै हुर्किन्छन्।
त्यसपछि तिनीहरूले आफ्ना आमाहरू छाड्दछन अनि कहिले फर्केर आउँदैनन्।
5 “अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो?
कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?
6 मैले ती जङ्गली गधाहरूलाई मरुभूमिमा घर भए झैं छोडिदिएँ।
मैले तिनीहरूलाई बस्नको लागि नुन भएको ठाउँमा छोडिदिएँ।
7 जङ्गली गधाहरू होहल्लालाई घीन गर्छ
अनि कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्तैन।
8 जङ्गली गधाहरू पहाड पर्वत तिर बस्छन्
त्यो तिनीहरूको चौउर नै हो
जहाँ तिनीहरूले हरियो घाँस खोज्दछ।
9 “अय्यूब, के जङ्गली साँढेले तिम्रो सेवा गर्न राजी हुन्छ?
के त्यो तिम्रो अन्न भण्डार हेरचाह गर्न राती बस्छ?
10 के एउटा जङ्गली साँढेले तिमीलाई गलामा डोरी बाँध्न दिन्छ
ताकि तिमीले खेत जोत्न सक्छौ?
11 एउटा जङ्गली साँढे अति बलियो हुन्छ।
तर तिम्रो काम गराउँनलाई त्यसमाथि विश्वास गर्न सक्छौ?
12 के खलाबाट धन उठाई ढुकुटीमा लान
त्यो आउँछ भन्ने भरोसा गर्न सक्छौ?
पवित्र आत्माको उपहारहरू
12 दाज्यू-भाइ दिदी-बहिनीहरू, अब म चाहन्छु कि तिमीहरूले आत्मिक वरदानहरू बारे जान। 2 तिमीहरूले विश्वासी बन्न अघि आफूले विगत जीवनको संझना गर। तिमीहरू केही रहस्यमय शक्ति तिर खिचीएर जीवनहीन मूर्ति पूज्न लागेको थियौ। 3 म तिमीहरूलाई भन्छु कसैले परमेश्वरको आत्मा विना “येशू श्रापित होऊन” भन्ने छैन अनि कसैले पनि पवित्र आत्माको सहायता बिना “येशू प्रभु हुन” भन्न सक्दैन।
© 2004, 2010 Bible League International