Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रेरित 1:6-14

येशूको स्वर्गारोहण

प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?”

येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ। तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ। तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”

येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्। 10 येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए। 11 ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौ। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौ त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।”

नयाँ प्रेरित चुनिए

12 त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ। 13 प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।

14 प्रेरितहरू एक साथ थिए। एकै उद्वेश्यको लागि तिनीहरूले लगातार प्रार्थना गरिरहेका थिए। केही नारीहरू, मरियम येशूको आमा अनि उहाँका भाइहरू पनि त्यहाँ प्रेरितहरूसँग थिए।

भजनसंग्रह 68:1-10

प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन।

68 हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्र-तत्र छरिदिनु होस्।
    उहाँका शत्रुहरू उहाँलाई देखेर भागुन्।
हावाले धूवाँलाई फुके जस्तै
    तपाईंको शत्रुहरू यत्र-तत्र छरिनु परोस्।
मैन अगोमा पग्लिए जस्तै
    तपाईंको शत्रुहरू नष्ट होऊन्।
तर धर्मी मानिसहरू सुखी छन्,
धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुनेसँगै आनन्दमा छन्।
    धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्।
उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ।
    परमेश्वरको निम्ति बाटो तयार पार।
उहाँले आफ्नो रथ मरुभूमि तिर उडाउनुहुन्छ
    उहाँको नाउँ “याह”[a] हो उहाँको नाउँको प्रशंसा गर!
उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ,
    उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ।
    उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिर ल्याउनुहुन्छ।
    तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।

हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो।
    तपाईं मरुभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो।
हे परमप्रभु इस्राएल का परमेश्वर, जब सीनैपर्वतमा आउनु भयो,
    तब पृथ्वी काम्यो अनि आकाश पग्लियो।
हे परमेश्वर, तपाईंले बर्षा पठाउनु भयो,
    क्लान्त, वृद्ध धर्तीलाई फेरि बलियो भूमि बनाउन।
10 तपाईंका पशुहरू फर्केर त्यही भूमिमा आए।
    हे परमेश्वर, तपाईंले गरीब दुःखीहरूलाई धेरै राम्रा चीजहरू दिनुभयो।

भजनसंग्रह 68:32-35

32 हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ।
    हाम्रो स्वामीको स्तुति-गान गर!

33 परमेश्वरकोलागि गीत गाऊ!
उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ।
    उहाँको शक्तिशाली आवाज सुन!
34 परमेश्वरको प्रशंसा गाऊ,
    किनभने उहाँ इस्राएल माथि महिमित राजा हुनुहुन्छ
    अनि उहाँको शक्ति आकाशमा छ।
35 हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ।
इस्राएलका परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो,
परमेश्वरको प्रशंसा गर।

1 पत्रुस 4:12-14

ख्रीष्टियानको रुपमा यातना भोग्नु

12 मेरा मित्रहरू, तिमीहरूले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरूको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घट्ना घटिरहेछ। 13 तर तिमीहरू खुशी हुनु पर्छ किनकि तिमीहरू ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरू खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ। 14 तिमीहरूले ख्रीष्टलाई अनुशरण गरेकोमा जब मानिसहरूले गाली गर्छन् तिमीहरू धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरूसँग हुन्छ।

1 पत्रुस 5:6-11

यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्र-छाँयामा विनम्र बन। तब उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ। जब उहाँले तिमीहरूको हेरचाह गर्नुहुन्छ तिमीहरूको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ।

स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरूको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिंड्छ। शैतानको अनुशरण गर्न अस्वीकार गर। आफ्नो विश्वासमा दृढतापूर्वक बस। तिमीहरू जान्दछौ कि संसारभरि तिमीहरूका भाइ-बहिनीहरू त्यस्तै यातना भोगिरहेछन् जस्तो यातनामा तिमीहरू थियौ।

10 यो सही हो, तिमीहरूले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरूलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरूलाई साहरा दिनु हुनेछ अनि तिमीहरूलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ। 11 सबै शक्ति सदा-सर्वदा उहाँकै रहने छ। आमिन।

यूहन्ना 17:1-11

आफ्ना चेलाहरूका लागि येशू प्रार्थना गर्नुहुन्छ

17 यति कुराहरू भनिसके पछि येशूले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्। तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ। यो अनन्त जीवन होः मानिसहरूले तपाईंलाई मात्र साँच्चो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईंले पठाउनु भयो। जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरें। पृथ्वीमा तपाईंको महिमा ल्याएँ। अनि अब पिता, मलाई महिमा प्रदान गुर्नहोस् तपाईंसँग। मलाई त्यो महिमा दिनु होस् तपाईंको जो मसँग संसार बनिनु पहिल्यै थियो।

“तपाईंले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाईं को हुनुहुन्छ देखाई सकेकोछु। ती मानिसहरू तपाईंकै हुन् र मलाई दिनुभयो। तिनीहरूले तपाईंको वचन पालन गरे। अब तिनीहरूले बुझे कि सबै थोक जुन मलाई दिनु भयो ती तपाईंबाट आएका हुन्। मैले ती मानिसहरूलाई तपाईंले मलाई दिएकै वचनहरू दिएकोछु। तिनीहरूले ती वचनहरू स्वीकारे तिनीहरूले बुझे कि म साँच्चि नै तपाईंबाट नै आएको हुँ अनि तिनीहरूले विश्वास गरे कि तपाईंले नै मलाई पठाउनु भएको हो। तिनीहरूकै निम्ति अब म प्रार्थना गर्दछु। म तिनीहरूका निम्ति प्रार्थना गरिरहेको छैन जो संसारमा छन्। तर म तिनीहरूका निम्ति प्रार्थना गरिरहेकोछु जो तपाईंले मलाई दिनुभयो। किनभने तिनीहरू तपाईंकै हुन्। 10 जे ममा छ त्यो सबै तपाईंकै हो, अनि जे जति तपाईंकोमा छ त्यो मेरै हो। अनि ती मानिसहरूले मेरो लागि महिमा ल्याउँछन्।

11 “अब म तपाईंकहाँ आईरहेछु। म अब संसारमा बस्ने छैन। तर ती मानिसहरू संसारैमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु होस। तिनीहरूलाई तपाईको नामको शक्तिद्वारा सुरक्षित राख्नु होस् (नाउँ जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International