Revised Common Lectionary (Complementary)
8 हे जातिहरू हो! हाम्रा परमेश्वरको गुण-गान गर।
ठूलो स्वरले उहाँको गुण-गान गर।
9 मानिसहरूलाई जीवन दिनु भयो।
अनि हाम्रो रक्षा उहाले गर्नुभयो।
10 मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।
11 हे परमेश्वर, तपाईंले हामीलाई पासोमा पार्नु भयो।
तपाईंले हामीलाई गह्रौं भारी बोकाउनु भयो।
12 तपाईंले आगो र पानी माथिबाट
टाउको समातेर हामीलाई तान्नु भयो,[a]
त्यसैले तपाईंले हामीहरूलाई आश्चर्यचकित पार्नु भएकोछ।
13-14 यसैकारण, म तपाईंको मन्दिरमा होमबलि अर्पण गर्नेछु।
जब-जब म सङ्कटमा परें तब तपाईंको सहयोग मागें।
मैले तपाईंसँग प्रतिज्ञाहरू गरेको थिएँ।
अब, म तपाईंलाई ती चीजहरू दिइरहेछु जुन मैले प्रतिज्ञा गरेथें।
15 म तपाईंलाई पापमय बलिहरू अर्पण गर्नेछु,
म तपाईंलाई भेंडाहरू सहित धूपहरू चढाउँने छु,
म साँढेहरू र बाख्राहरू चढाउने छु।
16 तिमीहरू सबैले परमेश्वरको उपासना गरिरहने छौ।
आऊ, अनि म तिमीहरूलाई भन्ने छु परमेश्वरले मेरो निम्ति के गर्नुभयो।
17-18 मैले उहाँलाई प्रार्थना गरें,
र मेरो जिब्रोबाट उहाँको गुणगान गरें।
मेरो हृदय शुद्ध थियो,
यसैले मेरो स्वामीले मलाई सुन्नुभयो।
19 परमेश्वरले मलाई सुन्नुभयो।
परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो।
20 परमेश्वरको प्रशंसा गर!
परमेश्वर मबाट विमुख हुनु भएन, उहाँले मेरो प्रर्थाना सुन्नुभयो।
उहाँले आफ्नो प्रेम मलाई दर्शाउनु भयो।
जलप्रलय प्रारम्भ
7 त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमा पस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरूमा तँ मात्र असल मानिस छस् भनी मैले देखें। 2 सात जोडी, सातवटा भाले र सातवटा पोथी शुद्ध पशुहरू र एक जोडी एउटा भाले र एउटा पोथी अशुद्ध पशु। 3 अनि सबै जातका चराहरूबाट पनि सातवटा भाले र सातवटा पोथी लिएर जहाजभित्र पसा। यी पशु-चराहरू अरू सबै ध्वंश गरिए पछि यिनीहरूका जातिहरूलाई पृथ्वीमा बचाई राख्नु यी सब तैंले लानु पर्छ। 4 अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरू ध्वंश पार्नेछु।” 5 अनि परमप्रभुबाट भएको आज्ञा नूहले पूर्ण रुपले पालन गरे।
6 जब पृथ्वीमा प्रलय आयो नूह 600 बर्ष पुगेका थिए 7 प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरू अनि पत्नी र बुहारीहरू लिएर जहाजभित्र पसे। 8-9 तब प्राणीहरू, नर र नारी, जोडी नूहकहाँ जहाजमा आए। परमेश्वरले आज्ञा गर्नु भए अनुसार धर्तीमा सबै स्वच्छ, अस्वच्छ प्राणीहरू तथा घस्रिने प्राणीहरू आए। 10 अनि ठीक सात दिनपछि पृथ्वीमा जल-प्रलयको पानी पर्नलाग्यो।
11 नूहको जीवनको 600 बर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्यो अनि आकाशमा ठूला-ठूला प्वालहरू बनिए। 12 अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो। 13 त्यही दिन नूह, उसकी पत्नी, छोराहरू शेम, हाम र येपेत अनि बुहारीहरू जहाज भित्र गए। 14 ती मानिसहरू, प्रत्येक जातका भाले पोथी गरी जोडी जोडी वन पशुहरू, घरमा पालिने पशुहरू, भूँईमा घस्रने जन्तुहरू अनि प्रत्येक जातका चराहरू जहाजमा पसे। 15 यी सबै पशु-चराहरू नूहसँगै जहाजमा पसे। सास फेर्ने सबै जीवित प्राणीहरू भाले र पोथीको जोडीको दलमा ती पशु चराहरू जहाजमा आए। 16 यी सबै पशुहरू परमेश्वरले नूहलाई दिनु भएको आज्ञा अनुसार जोडी जोडी भएर आए। त्यसपछि परमप्रभुले जहाजको ढोका बन्द गरिदिनु भयो।
17 जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो। 18 पानीको स्तर माथि उठ्यो अनि जहाज पानी माथि तैरिन थाल्यो। 19 पानी यति साह्रो बढ्यो अग्लो-अग्लो पहाडहरू पनि पानीले ढाकिए। 20 एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरू पनि पानीमा बीस फिट डुबे।
21-22 पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरू घरेलु पशुहरू, र जंङ्गली पशुहरू, पृथ्वीमाथि उड्ने सबै प्राणीहरू अनि सबै सजीव वस्तुहरू जो सुख्खा भूमिमा थिए मरे। 23 यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरू पशुहरू, घस्रिने जन्तुहरू अनि आकाशमा उड्ने प्राणीहरू परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरूलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसँगै जहाजमा भएका मानिसहरू र अन्य प्राणीहरू मात्र जीवित रहे। 24 एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो।
आँधी-तूफान
13 त्यसपछि, मन्द बतास दक्षिणबाट बहन थाल्यो। जहाजका मानिसहरूले भने, “यस्तै बतासको प्रतिक्षा गरिरहेका थियौं, ऐले हामीले त्यस्तै पायौं!” यसकारण तिनीहरूले लङ्गार ताने। जहाजलाई क्रेटको किनारै किनार पारेर लगे। 14 तर त्यतिबेला तेज “उत्तरपूर्वी” बतास त्यो टापु पार गरेर आयो। 15 त्यस बतासले जहाजलाई आफ्नौ। दिशातिर लग्यो कारण हामी त्यसको विपरीत जान सकेनौं। यसर्थ हामीले जहाजमा आफ्नो नियन्त्रण छाड्यौं औ बतास र छाल पट्टि नै जहाज जान दियौं।
16 हामी तलतिर सानो टापू कलौदा गयौ। तब हामीले खुब खठिनसाथ जीवनरक्षक डुङ्गा जहाजमा ल्याउन सक्यौं। 17 जीवनरक्षक डुङ्गालाई जाहजमा ल्याए पछि तिनीहरूले जहाजको वरिपरि एक साथ राख्नलाई डोरीले बाँधे। तर जाहज सिरटिसको बलौटे धापमा फस्न सक्छ भनेर मानिसहरू डराए। यसैले तिनीहरूले जहाजलाई बतासले नै उठावओस् भनेर पाल मुनी झारे।
18 अर्को दिन, आँधीको झोक्काले जहाजलाई निकै हिर्कायो, मानिसहरूले समानहरू जाहजबाट फ्याँके। 19 एकदिन पछि तिनीहरूले जहाजको यन्त्रहरू पनि फ्याँकीदिए। 20 धेरै दिनसम्म यस्तो बाक्लो आँधीले गर्दा हामीले घाम, ताराहरू केही पनि देखेनौं। आँधी एकदमै डरलाग्दो गतिमा चल्यो। हामीले बाँच्ने आशा त्याग्यौं। हामी मर्ने रहेछौ भनेर सोच्यौं।
21 धेरैदिन सम्म मानिसहरूले केही खाएनन्। तब एकदिन पावल तिनीहरू समक्ष उभिए अनि भने, “मानिसहरू हो, तिमीहरूलाई मैले क्रेट छोड्नु हुँदैन भनेको थिएँ। तिमीहरूले मेरो कुरा सुन्नु पर्थ्यो। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोक्सान खप्नु पर्ने थिएन। 22 तर अब म भनिरहेछु साहसी हौ। तिमीहरू कोही पनि मर्ने छैनौ! तर जहाज हराउने छ। 23 हिजो राति परमेश्वरबाट स्वर्गदूत मकहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ, जसको म हुँ र जसलाई म सेवा गर्छु। 24 उहाँले भन्नुभयो, ‘पावल भयभीत न हौ! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिम्रो खातिर तिमीसँग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’ 25 मानिसहरू हो, सहास नगुमाऊ! म परमेश्वरमा विश्वास गर्छु। उहाँको दूतले मलाई भने जस्तै सबै हुनेछ। 26 तर पनि हामी कुनै एक टापूमा धक्का खानै पर्छ।”
27 चौधौ रात सम्ममा पनि हामी एड्रिया समुद्र वरिपरि बहिरहेथ्यौ। जहाज चालकहरूले कुनै जमीनको छेउतिर पुगेको विचार गरे। 28 तिनीहरूले डोरीको टुप्पामा एक गह्रुँ चीज बाँधेर समुद्रमा फालिदिए। त्यसो गर्दा तिनीहरूले पानीको गहिर्याई 120 फीट पता लगाए। तिनीहरू अझ केही पर सम्म गएर फेरि डोरी समुद्रमा फाले। यस पल्ट 90 फीट गहिरो पाए। 29 तिनीहरू जाहज चट्टानसँग ठोकिन पुग्ला भनेर डराइरहेका थिए। यसकारण तिनीहरूले लङ्गार फयाँके अनि तब तिनीहरूले दिनको उज्यालो आओस् भनी प्रार्थना गरे। 30 कतिपय चालकहरू जहाज छोडेर भाग्न चाहन्थे। तिनीहरूले जीवन रक्षक डुंङ्गाहरू पानीमा ओह्राले। तिनीहरूले यस्तो भान पारे कि तिनीहरू जहाजको अधिल्तिरबाट अझै लङ्गारहरू झार्दैंछन्। 31 तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन!” 32 तब त्यो जीवनरक्षक डुंङ्गा पानी भित्रै जावओस् भनेर सिपाहीहरूले डोरी काटिदिए।
33 प्रातःकाल हुन भन्दा पहिले पावलले मानिसहरूले केही खाउन् भनी मनाउन थाले। उनले भने, “बितेका चौध दिनदेखि तिमीहरू पर्खिरहेछौ अनि हेरिरहेछौ। तिमीहरू चौध दिनदेखि भोकै छौ। तिमीहरूले केही खाएका छैनौ। 34 अब म बिन्ती गरिरहेछु केही खाऊ। यो तिमीहरूलाई बाँच्नको लागि आवश्यक हो। तिमीहरू कसैको पनि टाउकोको एउटा केश पनि नष्ट हुँदैन।” 35 पावलले यसो भनिसके पछि, उसले केही रोटी लिए र पमेश्वरलाई प्रत्येकको अघाडि धन्यवाद चढाए। उनले रोटी डुक्राहरू पार्दै खान थाले। 36 तिनीहरू सबैले सहास बटुले अनि खान थाले। 37 हामी जम्मा दुइ सय छ्यात्तर मानिसहरू जहाजमा थियौं। 38 जति हामीले चाह्यौं त्यति नै खायौं। तब तिनीहरूले जहाजबाट गह्रुँ सामानहरू समुद्रमा जहाजलाई हलुङ्गो पार्नलाई फ्याँके।
© 2004, 2010 Bible League International