Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 100

धन्यवादको भजन।

100 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
परमप्रभुको सेवामा खुशी हौ!
    खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
    उहाँले हामीलाई बनाउनु भयो।
    हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं।
उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
    उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
    उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
परमप्रभु, भलो हुनुहुन्छ।
    उहाँको प्रेम अनन्त छ।
    हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!

इजकिएल 34:17-23

17 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेंडा़, म प्रत्येक भेंडा़लाई न्याय गर्छु। म भेंडा़ अनि बाख्राको बीचमा न्याय गर्नेछु। 18 तिमीहरूले राम्रो जमीनमा उम्रेको घाँसमा चर्न सक्छौ। यसकारण तिमीहरू त्यो घाँसलाई किन कुल्चिन्छौ जुन अर्को भेंडा़ले खाने इच्छा गरेको हुन्छ। तिमीले पर्याप्त स्वच्छ पानी पिउन सक्छौ। यसकारण तिमीले रहेको पानी आफ्नो खुट्टाले किन मैला पार्छौ? 19 मेरो भेंडा़ले त्यो घाँस अवश्यै खान्छ जुन तिम्रो खुट्टाहरूले कुल्चियौ अनि त्यो पानी पिउँछ जुन तिमीले खुट्टाहरूले फोहर पार्यौं?”

20 यसकारण परमप्रभु मेरो मालिकले ऊसँग भन्नुहुन्छ “म मोटा अनि दुब्ला भेंडा़हरूको बीचमा न्याय गर्नेछु! 21 तिमी आफ्नो बगालबाट अनि आफ्नो काँधले धक्का दिएर अनि आफ्नो सींङले सबै कमजोर भेंडा़हरूलाई त्यस बेला सम्म घचेटिरह्यौ जब सम्म तिमीले तिनीहरूलाई टाढा जानका निम्ति बाध्य पारेनौ। 22 यसकारण म आफ्नो भेंडा़हरूलाई बचाउँनेछु। तिनीहरू भविष्यमा जङ्गली पशुहरूद्वारा समातिने छैनन्। म एउटा भेंडा़ अनि अर्को बीचमा न्याय गर्नेछु। 23 त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफैं खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ।

1 पत्रुस 5:1-5

परमेश्वरका बथान

अब तिमीहरूको समूहमा भएका अग्रजहरूसँग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैंले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ। जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ, तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।

हे युवकहरू, तिमीहरूलाई पनि मेरो केही भन्नु छ। तिमीहरूले अग्रजहरूको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरू सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।

“परमेश्वर अहंकारी मानिसहरूको विरुद्ध हुनुहुन्छ,
    तर उहाँले नम्रहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ।”(A)

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International