Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 23

दाऊदको भजन।

23 परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
    मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
    उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
    उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
    डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
    तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
    अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।[a]
    मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
    अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।

प्रस्थान 2:15-25

15 मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैंलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए।

मोशा मिद्यानमा

जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे। 16 त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेंडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए। 17 तर त्यहाँ केही भेंडा गोठालाहरू जो त्यहाँ थिए केटीहरूलाई पछ्याउने चेष्टा गरे। यसकारण मोशाले केटीहरूलाई बँचाए अनि पानी झिके र पशुहरूलाई दिए।

18 तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?”

19 केटीहरूले उत्तर दिए, “हो बाबु, गोठालाहरूले हामीलाई पछ्याउने चेष्टा गरे, तर एकजना मिश्र देशी मानिसले हाम्रो निम्ति पानी ताने र हाम्रा पशुहरूलाई खुवाए।”

20 यसकारण रूएलले आफ्नी छोरीहरूलाई भने, “त्यो मानिस कहाँ छ? किन तिमीहरूले उसलाई एक्लै छोड्यौ? उसलाई यहाँ बोलाऊ अनि उसले हामीसँगै खाओस्।”

21 मोशा रूएलसँग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासँग मोशाको विवाह गरिदिए। 22 सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।

परमेश्वर इस्राएललाई सहयोग गर्ने निर्णय लिनु हुन्छ

23 धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो। 24 परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नु भयो र उहाँले अब्राहाम, इसहाक अनि याकूबसित गर्नु भएको करार सम्झनु भयो। 25 परमेश्वरले इस्राएलका मानिसहरूको कष्टहरू देख्नु भयो अनि चाँडै तिनीहरूलाई सहायता गर्नु पर्ने उहाँले बुझ्नु भयो।

1 पत्रुस 2:9-12

तर तिमीहरू चुनिएका मानिसहरू हौ। तिमीहरू राजाका पूजाहारीहरू हौ। तिमीहरू मानिसहरूका पवित्र जाति हौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हौ। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।

10 एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ।
    तर अब तिमीहरू परमेश्वरका मानिस हौ।
विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ
    तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ।

परमेश्वरका निम्ति जिउँनु

11 प्रिय मित्रहरू, तिमीहरू यो संसारमा प्रवासी अनि परदेशीहरू हौ। यसर्थ तिमीहरूलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरूदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरू तिमीहरूका आत्माको विरुद्ध जुझ्छन्। 12 मानिसहरू जसले विश्वास गर्दैनन् तिनीहरू तिमीहरूका वरिपरि छन्। ती मानिसहरूले तिमीहरूले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरूले गरेका असल कुराहरू तिनीहरूले देख्नेछन् अनि तिमीहरूले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International