Revised Common Lectionary (Complementary)
मन्दिर गइरहेको बेलाको भजन।
134 परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो!
जसले रातभरि मन्दिरमा सेवा गरे।
2 दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ
र परमप्रभुलाई “धन्य हौ” भन।
3 परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन।
जसले, स्वर्ग र पृथ्वी सृजनु भयो।
32 “अनि अब, हे मेरो छोराहरू, मलाई सुन!
ती मानिसहरू भाग्यमानी हुन्
जो मैले देखाएको बाटोमा हिँड्छन्।
33 मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन,
तिनीहरूलाई अस्वीकार नगर।
34 जुन मानिसले मेरो कुरा सुन्छ,
त्यही मानिस नै भाग्यमानी हुनेछ,
जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ,
जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्, तिनीहरूनै धन्य हुन्छन्।
35 किनभने जसले मलाई पाउँछ, उसले जीवन पाउँछ।
अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।
36 तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याउँछ।
जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”
ज्ञान र मूर्खता
9 ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी। 2 उसले मासु पकाई अनि त्यसपछि दाखरस बनाई। उसले खाना टेबिलमाथि राखी। 3 तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई। 4 “तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ।” उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी। 5 “आओ, अनि मेरा ज्ञानका भोजन खाओ। अनि दाखरस पनि पिओ जुन मैले तयार पारेकी छु। 6 अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिँड।”
सजीव ढुङ्गा अनि पवित्र राष्ट्र
2 यसर्थ, अरूलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर। अर्काको निन्दा नगर, यी सब कुराहरू तिमीहरूको जीवनबाट हटाऊ। 2 भर्खर जन्मेका बालकहरू जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरूलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ। 3 अहिले तिमीहरूले परमप्रभुको दयाको स्वाद पाएकाछौ।
© 2004, 2010 Bible League International