Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 119:57-64

हेथ्

57 हे परमप्रभु, मैले मेरो कर्त्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ।
58 हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु
    मप्रति सधैँ तपाईंले वचन दिए झै, कृपादृष्टि रहोस्।
59 मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचें।
    अनि म तपाईंको करार प्रति फर्किएर आएँ।
60 कुनै विलम्ब नगरीकन हतारिन्दै
    म तपाईंको आज्ञाहरूलाई पालन गर्नलाई फर्कें।
61 केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे।
    तर परमप्रभु, मैले तपाईंको उपदेशहरू भुलिनँ।
62 तपाईंको धार्मिक निर्णयहरूको निम्ति
    धन्यवाद दिन म रातमा उठें।
63 ज-जसले तपाईंलाई पूज्दछन् म ती सबै मानिसहरूको साथी हुँ।
    ज-जसले तपाईंको आदेशहरू मान्दछन,
    म ती सबै मानिसहरूको साथी हुँ।
64 हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करूणाले भरिन्छ।
    मलाई तपाईंको नियमहरू सिकाउनुहोस्।

हितोपदेश 3:27-35

27 जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर। 28 जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल।

29 तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छ अनि तिमीमाथि भरोसा गर्छन्।

30 कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याऊ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने।

31 उपद्रो गर्ने मानिसको ईर्ष्यां नगर, अनि ऊ जस्तै हुन नखोज। 32 किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ ईमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।

33 दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि ईमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।

34 यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउँछन् भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।

35 ज्ञानी मानिसले आदर पाउँछन तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।

लूका 18:18-30

एकजना धनी मानसद्वारा येशूलाई एउटा प्रश्न

(मत्ती 19:16-30; मर्कूस 10:17-31)

18 एकजना यहूदी अगुवाले येशूलाई सोधे, “हे उत्तम गुरु, अनन्त जीवन पाउँन मैले के गर्नु पर्छ?”

19 येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई किन उत्तम भन्दछौ? केवल परमेश्वर मात्र उत्तम हुनुहुन्छ। 20 तैपनि म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमीले परमेश्वरको आज्ञाहरू जान्दछौः ‘व्यभिचार नगर्नु, कसैको हत्या नगर्नु, नचोर्नु, अरूको विषयमा झूटो नबोल्नु, बाबु-आमालाई सम्मान गर्नु।’(A)

21 तर ती अगुवलाले भने, “म सानोदेखी यी आज्ञाहरू पालन गर्दै आएको छु।”

22 जब येशूले यस्तो सुन्नुभयो, उहाँले त्यो अगुवालाई भन्नुभयो, “तर त्यहाँ अझै एउटा तिमीले गर्नु पर्न काम बाँकी छ। तिम्रोमा भएको सबै चीजहरू बिक्री गर अनि पैसाहरू गरीब मानिसहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिमीले इनाम पाउनेछौ। त्यसपछि तिमी आऊ अनि मलाई पछ्याऊ!” 23 तर जब उसले यी कुराहरू सुन्यो ऊ अत्यन्त दुःखी भयो किनभने त्यो मानिस साह्रै धनी थियो।

24 जब येशूले त्यो मानिसलाई दुःखी भएको देख्नु भयो, उहाँले भन्नुभयो, “साँच्चै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कठिन छ। 25 हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।”

कसले चाँहि उद्धार पाउँछ?

26 जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”

27 येशूले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।”

28 पत्रुसले भने, “हेर्नुहोस् हामीले सबै कुरा त्याग्यौं तपाईंको अनुयायी भएकाछौं।”

29 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। प्रत्येक मानिस जसले आफ्नो घर, पत्नी, दाज्यू-भाइहरू, आमाबाबु, अथवा बालकहरू परमेश्वरको राज्यका निम्ति छोडेको छ 30 तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसँग सधैँको लागी बस्ने मौका पाउनेछ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International