Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 119:33-40

हेथ्

33 हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्,
    अनि म होशियारीसित तिनीहरूको अनुशरण गर्नेछु।
34 मलाई बुझ्न सहायता गर्नु होस्
    अनि म तपाईंको व्यवस्था पालन गर्ने छु।
35 हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्।
    म साँच्चो रूपले त्यो जीवन शैली अपनाउने छु।
36 मलाई धनाढ्य हुनुको सट्टामा
    तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्।
37 परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्।
    तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।
38 त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो
    ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्।
39 हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु
    त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्।
40 हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु।
    तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।

लेवी 6:1-7

अरूको निम्ति दोषबलि

परमप्रभुले मोशालाई भन्नुभयो, “जब एकजना मानिस परमप्रभुको विररूद्धमा पाप र विश्वासघात गर्छ अनि आफ्नो छिमेकीलाई धोका दिएर पापकर्म गर्यो कसैले राख्न दिएको कुरा बन्धकमा राखेरको कुरा वा चोरेको कुरा राख्छ अनि छिमेकीसँग झूट बोल्छ। अनि यसरी ठगेको अथवा धोका दिएको अथवा अपहरण गरेकोमा आफू निर्दोष हुन झूटो स्वीकार गर्दैन। यदि एउटा व्यक्तिले यसरी यी कुराहरू गर्छ तब त्यो मानिस पापको दोषी हुनेछ। त्यो मानिसले सबै कुराहरू ल्याउनु पर्नेछ जे जति उसले चोरेको थियो, अथवा जे जति उसले ठगेर लगेको छ, अथवा जे जति अर्को मानिसले उसलाई उसको निम्ति समाल्न दिएका थिए अथवा जे जति उसले पायो अनि यस विषयमा झूट बोल्यो। जे जति उसले झूटा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ। उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निष्खोट भेंडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ। अनि पूजाहारीले परमप्रभुअघि उसलाई शुद्ध पारिदिनेछन् अनि तिनी कुनै पनि काम गर्दा जो दोषी हुन्छ यस्तो दोषबाट उसलाई मुक्त गर्नेछन्।”

गलाती 5:2-6

सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) फर्कन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न। फेरि म प्रत्येकलाई चेताउनी दिन्छु यदि खतना गर्न राजी छौ भने तिमीहरूले मोशाको सबै व्यवस्था पालन गर्न वाध्य हुनेछौ। यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ। हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी पर्खिरहेका छौं। कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफैं प्रकट हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International