Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 119:1-8

अलिफ्

119 शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्।
    ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।
परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्।
    तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्।
ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्,
    तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्।
परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो
    अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो।
परमप्रभु, यदि सधैँ तपाईंको
    विधिहरू पालन गरें भने,
तब म कहिल्यै पनि लज्जित हुने छैन
    जब म तपाईंको आज्ञाहरू पालन गर्छु।
जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु
    म साँच्चो रूपमा तपाईंको सम्मान गर्नेछु।
परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु,
    कृपया मलाई नत्याग्नु होस्!

व्यवस्था 30:1-9

इस्राएलीहरू आफ्नो भूमिमा फर्कन्छन्

30 “मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ। त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ। तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ। यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ। जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।

“अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको शत्रुहरूमाथि यी सबै सरापहरू ल्याउनु हुनेछ। किनभने तिनीहरूले तिमीहरूलाई घृणा गरे अनि तिमीहरूमाथि आक्रमण गरे। अनि फेरि तिमीहरूले परमप्रभुको आज्ञा मान्ने छौ र जुन म आज तिमीहरूलाई बताई रहेछु, पालन गर्नेछौ। परमप्रभु तिम्रा परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्रो सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फूलहरूमा बृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्रा पिता-पुर्खाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ।

मत्ती 15:1-9

परमेश्वरको र मानिसको व्यवस्था

(मर्कूस 7:1-23)

15 त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यरूशलेमबाट आएका थिए तिनीहरूले भने, “तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।”

येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्दछौ? परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’(A) फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’(B) तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ। तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ। तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए:

‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन्
    तर तिनीहरूको हृदय मदेखि टाढा छ।
तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ।
    तिनीहरूले आफैंले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।’”(C)

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International