Revised Common Lectionary (Complementary)
अलिफ्
119 शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्।
ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।
2 परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्।
तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्।
3 ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्,
तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्।
4 परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो
अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो।
5 परमप्रभु, यदि सधैँ तपाईंको
विधिहरू पालन गरें भने,
6 तब म कहिल्यै पनि लज्जित हुने छैन
जब म तपाईंको आज्ञाहरू पालन गर्छु।
7 जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु
म साँच्चो रूपमा तपाईंको सम्मान गर्नेछु।
8 परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु,
कृपया मलाई नत्याग्नु होस्!
34 “तिमीहरूको देश खाली पारेर तिमीहरूलाई शत्रुको देशमा लगिनेछ जसले गर्दा तिमीहरूको देशले पूर्ण आराम पाउनेछ र देशले पनि आरामको समयको आनन्द लिनेछ। 35 जमीन खाली हुनेछ अनि जमीनले विश्राम पाउनेछ जो तिमीहरू त्यहाँ हुँदा यसले पाएको थिएन। 36 बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस्न साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उढाएको पत्कर झैं यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झैं भागिरहने छन् र लड्ने छन्। 37 कसैले नखेदे पनि तिनीहरू कसैले तरवारलिएर खेदे झैं भागेर एकअर्कामा ठोकिंदै लड्नेछन्।
“तिमीहरू शत्रुहरूको सामुन्ने उभिने साहस पाउने छैनौ। 38 तिमीहरू अर्काको देशमा नष्ट हुनेछौ। 39 यसर्थ ती बाँकी बाँचेकाहरू पनि शत्रुहरूको देशमा आफ्नो पापहरूका लागि सडेर जानेछन्। तिनीहरूका पुर्खाहरू जसरी सडेर गए त्यसरी नै तिनीहरू पनि शत्रुहरूको मुलुकमा सडेर शेष हुनेछन्।
यहाँ जहिले पनि आशा छ
40 “तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे, 41 यदि तिनीहरूले म तिनीहरूको शत्रु भएको र शत्रुहरूको देशमा पठाएको सत्य स्वीकारे अनि तिनीहरू मेरो निम्ति विदेशीहरू झैं भए पनि यदि तिनीहरूको दुष्ट हृदयलाई नम्र पारी आफ्नो पापको दण्ड भोग्छन् भने, 42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु।
43 “जमीन रित्तो रहनेछ र त्यसले विश्रामहरूको आनन्द लिनेछ। ती बाँकी बाँचेकाहरूले[a] तिनीहरूले गरेको पापको दण्ड ग्रहण गर्नेछन्, तिनीहरूले मेरो विधिहरू घृणा गरेको र विधिहरू मान्नु अस्वीकार गरेको कारण नै तिनीहरूले सजाय भोगेको हो भनी बुझे भने, 44 तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजें म तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण म आफ्नो करार विर्सने छैन। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। 45 तिनीहरूको निम्ति म तिनीहरूका पिता-पुर्खाहरूसित गरेको करार सम्झनेछु। तिनीहरूका पिता-पुर्खाहरूलाई मैले मिश्रबाट बाहिर ल्याएँ र म तिनीहरूको परमेश्वर बनिएको सत्य अन्य जातीहरूलाई थाहा छ। म परमप्रभु हुँ।”
46 परमप्रभुले इस्राएलका मानिसहरूलाई दिएको विधि-विधानहरू, नियमहरू र शिक्षाहरू यी नै हुन् र यी विधिहरू नै परमप्रभु अनि इस्राएलका मानिसहरूमाझ भएको करार हो। परमप्रभुले सीनै पर्वतमा यी विधिहरू मोशालाई भन्नुभयो अनि उनले तिनीहरू इस्राएलका मानिसहरूलाई दिए।
येशूले भन्नु भयो अरूलाई प्रेम गर
7 मेरा प्रिय मित्रहरू, म तिमीहरूको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरूले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरूले अघि नै सुनिसकेको शिक्षा हो। 8 तर पनि म तिमीहरूको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरू स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ।
9 एक व्यक्तिले भन्ला, “म प्रकाशमा छु।” तर यदि त्यो व्यक्तिले आफ्ना भाइहरूलाई घृणा गर्छ भने त्यो अझ अन्धकारमा छ। 10 जसले आफ्ना भाइ अनि बहिनीहरूलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन। 11 तर मानिस जसले आफ्ना भाइहरूलाई घृणा गर्छ तब ऊ अन्धकारमा हुन्छ। त्यस मानिस अंन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन। किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ।
12 प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु,
किनभने तिमीहरूका पापहरू ख्रीष्टद्वारा क्षमा गरिएका छन्।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु,
किनभने तिमीहरू उहाँलाई चिन्दछौ, जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु
किनभने तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।
14 बालकहरू, म तिमीहरूलाई लेख्दैछु,
किनभने तिमीहरू पितालाई चिन्दछौ।
पिताहरू, म तिमीहरूलाई लेख्दैछु,
किनभने तिमीहरू उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु,
किनभने तिमीहरू बलियो छौ,
अनि परमेश्वरको वचन तिमीहरूमा बस्छ,
अनि तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।
15 संसारलाई अथवा संसारमा भएका कुराहरूलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन। 16 संसारमा भएका नराम्रा कुराहरू यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरूको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरूको चाहाना गर्नु, हामीसित भएका कुराहरूप्रति घमण्ड गर्नु। तर ती कुराहरू पिताबाट आएका होइनन्। ती सबै कुराहरू संसारबाट आएका हुन्। 17 मानिसहरूको इच्छा अनुसारको चीजहरू लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैँको निम्ति रहन्छ।
© 2004, 2010 Bible League International