Revised Common Lectionary (Complementary)
नुन्
105 हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन्
जसले मेरो बाटोहरू उज्यालो पार्छन्।
106 तपाईंको नियमहरू असल छन्।
म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।
107 हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु।
कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुन:र्जिवित पार्नु होस्!
108 हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्।
अनि तपाईंका नियमहरू सिकाउनु होस्।
109 मेरो प्राण अनवरत विपदमा परेको छ
तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन।
110 दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे।
तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ।
111 हे परमप्रभु, म सधैँ तपाईंको करार पत्र पालन गर्नेछु।
यसले मलाई खुशी पार्दछ।
112 म मेरो जीवनको अन्त सम्म नै,
सकेसम्म तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।
अल्छी हुँदा खतरा
6 हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक। 7 कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन। 8 तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, खाना जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।
9 हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ। 10 अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।” 11 अनि उसकोमा गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।
दुष्ट मानिस
12 एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि 13 उसले मानिसहरूलाई छक्याउनँ आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औलाद्वारा इशारा गर्छ। 14 उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ। 15 तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।
सातवटा कुराहरू जुन परमेश्वर घृणा गर्नुहुन्छ
16 परमेश्वरले सातवटा कुराहरूलाई घृणा गर्नुहुन्छ,:
17 आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ,
जिब्राहरू जसले झूटो बोल्छ,
हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ,
18 हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन्
गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।
19 त्यो मानिस जसले अदालतमा झूटो बोल्छ।
त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा़़ लगाउँछ।
20 हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर। 21 उनीहरूले भनेका वचनहरू सधैँ हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख। 22 जब तिमी अगि बढ्ने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।
23 किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँड्न तिमीलाई प्रशिक्षण दिनेछन्।
येशू, संसारको ज्योति
12 त्यसपछि, येशू फेरि मानिसहरूसँग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्दछ।”
13 तब फरिसीहरूले येशूलाई भने, “तपाईं आफैं आफ्नु गवाही दिइरहनु भएकोछ। यसर्थ तपाईको गवाही अमान्य ठहरिन्छ।”
14 येशूले जवाफ दिनुभयो, “हो, मैले यी कुराहरू आफ्नै विषयमा भनिरहेको छु। तर मैले भनेका कुरा सत्य हुन्। किनभने म जान्दछु म कहाँबाट आएको हुँ र कहाँ जान्छु। म तिमीहरू जस्तो होइन। तिमीहरू जान्दैनौ म कहाँबाट आएँ र कतातिर गइरहेछु। 15 तिमीहरूले मलाई अन्य मानिसलाई सरह न्याय गर्दैछौ। म कुनै मानिसलाई न्याय गर्दिनँ। 16 तर यदि मैले न्याय गरें भने, मेरो न्याय सत्य हुनेछ। किनभने जब म न्याय गर्दछु म एक्लो हुन्न। पिता जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। 17 तिमीहरूको आफ्नै व्यवस्था छ कि यदि दुइ जना गवाहीले एउटै कुरा भन्यो भने तिमीहरूले स्वीकार गर्नैपर्छ। 18 म त्यस्तै एक गवाही हुँ जसले आफ्नै विषयमा भन्दछ। अनि पिता जसले मलाई पठाउनु भयो उहाँ अर्को गवाही हुनुहुन्छ।”
19 मानिसहरूले सोधे, “तपाईंको पिता कहाँ छ?”
येशूले जवाफमा भन्नुभयो, “तिमीहरूले मलाई अथवा मेरो पितालाई चिन्दैनौ। यदि तिमीहरूले मलाई चिन्दछौ भने, तिमीहरूले मेरो पितालाई पनि चिन्दछौ।” 20 येशूले यी कुराहरू मन्दिरमा सिकाई रहनु भएको बेलामा भन्नुभयो। उहाँ त्यस ठाउँको छेऊमा हुनुहुन्थ्यो जहाँ सबै जना मानिसहरू भेटी चढाउन आउँथे। तर कुनै मानिसले पनि उहाँलाई पक्रेनन्। येशूको ठीक समय अझ आइपुगेको थिएन।
येशूको विषयमा यहूदीहरूले बुझेनन्
21 फेरि, येशूले मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई छोडेर जानेछु। तिमीहरूले मलाई खोज्ने-छौ, तर तिमीहरू आफ्नै पापले मर्नेछौं। जहाँ म गइरहेछु त्यहाँ तिमीहरू आउन सक्तैनौ।”
22 तब यहूदीहरूले आपसमा सोधे, “के येशूले आफैंलाई मार्नेछ? के यसको अर्थ यो हो जब उहाँले भन्नु भयो, ‘जहाँ म गइरहेको छु त्यहाँ तिमीहरू आउन सक्तैनौ’?”
23 तर येशूले ती यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ तलबाट आएका हौ। तर म माथिबाट आएको हुँ। तिमीहरू यस संसारका हौ, तर म यस संसारको होइन। 24 मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”
25 यहूदीहरूले सोधे, “तब तिमी को हौ?”
येशूले जवाफ दिनुभयो, “शुरुदेखि नै मैले तिमीहरूलाई जे भनिरहेछु म त्यही हुँ। 26 तिमीहरूका विषयमा मलाई धेरै कुराहरू भन्नु छ। तिमीहरूलाई म न्याय गर्न सक्थें, तर उहाँ एक जसले मलाई पठाउनु भयो सत्य उहाँ नै हुनुहुन्छ। उहाँबाट जे कुरा मैले सुने ती कुराहरू बोल्छु।”
27 येशू कुन विषयमा कुरा गरिरहेछन् भनेर मानिसहरूले बुझ्दैनन्। येशूले तिनीहरूलाई पिताको विषयमा भनिरहनु भएको थियो। 28 यसैले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले मानिसको पुत्रलाई उठाउनेछौ त्यतिबेला मात्र म उही हुँ भनेर तिमीहरू जान्नेछौ। तिमीहरूले जान्नेछौ कि जुन कुराहरू म गरिरेहछु त्यो मेरो आफ्नै अधिकारबाट गरेको होइन। तिमीहरूले जान्नेछौ कि मैले जे जति कुराहरू भन्दैछु त्यो पिताबाट मैले जानेको हो। 29 परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। म सधैँ त्यही कुरा गर्दछु जसले उहाँलाई खुशी दिँदछ। यसैले उहाँले मात्र मलाई एकलै छोडनु भएन।” 30 जब येशूले यी कुराहरू गरिरहनु भएको थियो, धेरौ मानिसहरूले उहाँलाई विश्वास गरे।
© 2004, 2010 Bible League International