Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 40:6-17

परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः
    तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न।
    तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।
यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु,
    जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ।
हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु।
    म तपाईंको व्यवस्था जान्दछु।
मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ।
    अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!
10 हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ,
    मैले ती कुराहरू हृदयमा लुकाई राखिनँ।
परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्।
    मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइनँ।
11 यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्!
    तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।”

12 दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्।
    तिनीहरू अनगन्ती छन्!
मेरा पापहरूले मलाई पक्रियो,
    अनि म तिनीहरूबाट भाग्न सक्तिन।
तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्।
    मैले मेरो आँट हराएको छु।
13 हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्!
    हे परमप्रभु, चाँडै आउनुहोस् र मलाई साथ दिनुहोस्!
14 ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्।
    हे परमप्रभु, ती मानिसहरूलाई लज्जित
    र निराश बनाई दिनुहोस्।
तिनीहरूले मलाई कष्ट दिन चाहन्छन्,
    तिनीहरूलाई लज्जित बनाएर भगाउनु होस्!
15 ती दुष्ट मानिसहरूले मलाई लज्जित पार्छन्।
    तिनीहरू बोल्नलाई पनि संकोच होस्!
16 तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन् तिनीहरू आनन्दित र खुशी होऊन।
    तपाईंको प्रेमलाई प्रेम गर्नेहरूले सधैँ यसो भन्‌न, “परमप्रभु महान् हुनुहुन्छ।”

17 हे स्वामी, म दुःखी अनि असहाय मानिस हुँ,
    मलाई सहायता गर्नुहोस्।
मलाई रक्षा गर्नु होस्।
    हे मेरो परमेश्वर, विलम्ब नगर्नु होस्!

यशैया 48:12-21

12 “हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्।
    इस्राएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु।
    यसैले मलाई ध्यान दिएर सुन्।
म नै आदि हुँ,
    र म नै अन्त हुँ।
13 मैले पृथ्वीलाई मेरो आफ्नै हातले बनाएँ।
    मेरो दाहिने हातले आकाश बनाएँ,
अनि यदि मैले तिनीहरूलाई बोलाएँ भने,
    तिनीहरू एकैसाथ मेरो समक्ष आउनेछन्।

14 “तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन।
    के कुनै झूटो देवताले यी कुराहरू घट्नेछन् भनी भने? अँहँ।
त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ,
    उसले जे मन पर्छ त्यही गर्छ।”

15 परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई भनें, ‘म उसलाई बोलाउनेछु
    अनि म उसलाई ल्याउँनेछु।
    म उसलाई सफल तुल्याउनेछु।’
16 यहाँ आऊ र मलाई ध्यान दिएर सुन्।
    म त्यहाँ थिएँ जब बाबेल एक राष्ट्र सरह भएको थियो
अनि आदिदेखि नै मैले स्पष्ट रूपले बोले,
    यसकारण ती मानिसहरूले जान्न सकोस मैले के भनें।”

त्यस पछि यशैयाले भने, “अहिले परमप्रभु मेरो मालिकले मलाई पठाउनु हुन्छ अनि उहाँको आत्माले यी कुराहरू भन्नु हुन्छ, 17 ‘परमप्रभु, तिम्रो उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ,

“‘म तिम्रो परमप्रभु परमेश्वर हुँ।
    म तिमीहरूलाई ती कुराहरू सिकाउँछु जुन लाभदायक छ।
    म तिमीहरूलाई ती बाटोहरू लानेछु जहाँ तिमीहरू जानुपर्छ।
18 यदि तिमीले मेरो कुरा मानेको भए,
    तिमीहरूकहाँ पूर्ण रूपमा
    बगीरहेको पानी सरह शान्ति आउने थियो।
असल कुराहरू घरिघरि आउने समुद्रका छालहरू सरह,
    तिमीहरूकहाँ आउने थियो।
19 यदि तिमीहरूले मेरो कुराहरू मानेको भए,
    तिमीहरूले धेरै छोरा छोरीहरू पाउने थियौ।
    तिनीहरू बालुवाका कणहरू जस्ता हुने थिए।
यदि तिमीले मेरा आज्ञा पालन गरेको भए,
    तिमीहरू नाश हुने नै थिएनौ। तिमीहरू लगातार मसँग नै हुने थियौ।’”

20 मेरा मानिसहरू बाबेल त्याग।
    मेरा मानिसहरू, कल्दीहरूबाट भाग।
आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन।
    यो सन्देशहरू पृथ्वीको टाढा ठाउँहरूमा फैलाऊ।
मानिसहरूलाई भन,
    “परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।”
21 परमप्रभुले मरुभूमिबाट भएर मानिसहरूलाई डोर्याउनु भयो,
तर तिनीहरू कहिल्यै तिर्खाएनन्।
    किनभने आफ्ना मानिसहरूका निम्ति
चट्टानबाट बगाएर उहाँले पानी बनाउनु भयो।
    उहाँले चट्टान फोर्नु भयो र पानी बगाउनु भयो।

मत्ती 9:14-17

येशू अरू यहूदीहरू जस्तो हुनुहुन्न

(मर्कूस 2:18-22; लूका 5:33-39)

14 त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”

15 येशूले भन्नुभयो, “विवाहको बेलामा जो दुलहासँग हुन्छन्, तिनले दुःख मान्दैनन् तर त्यस्तो समय आउँछ जब तिनीहरूबाट दुलहालाई अलग गरिन्छ। तब तिनीहरू दुःखी बन्छन् र तिनीहरू उपवास लिन्छन्।

16 “कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ। 17 कसैले पनि नयाँ दाखरसलाई छालाको पुरानो थैलाहरूमा हाल्दैन। पुरानो थैलीमा कसैले नयाँ दाखरस हाल्यो भने, त्यो थैली फाट्छ र दाखरस पनि नष्ट हुन्छ। यसकारण मानिसहरूले नयाँ थैलाहरूमा नयाँ दाखरस हाल्दछन्। यसरी दाखरस र थैलाहरू दुवै सुरक्षित रहन्छन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International