Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन।
68 हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्र-तत्र छरिदिनु होस्।
उहाँका शत्रुहरू उहाँलाई देखेर भागुन्।
2 हावाले धूवाँलाई फुके जस्तै
तपाईंको शत्रुहरू यत्र-तत्र छरिनु परोस्।
मैन अगोमा पग्लिए जस्तै
तपाईंको शत्रुहरू नष्ट होऊन्।
3 तर धर्मी मानिसहरू सुखी छन्,
धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुनेसँगै आनन्दमा छन्।
धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्।
4 उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ।
परमेश्वरको निम्ति बाटो तयार पार।
उहाँले आफ्नो रथ मरुभूमि तिर उडाउनुहुन्छ
उहाँको नाउँ “याह”[a] हो उहाँको नाउँको प्रशंसा गर!
5 उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ,
उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।
6 परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ।
उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिर ल्याउनुहुन्छ।
तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।
7 हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो।
तपाईं मरुभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो।
8 हे परमप्रभु इस्राएल का परमेश्वर, जब सीनैपर्वतमा आउनु भयो,
तब पृथ्वी काम्यो अनि आकाश पग्लियो।
9 हे परमेश्वर, तपाईंले बर्षा पठाउनु भयो,
क्लान्त, वृद्ध धर्तीलाई फेरि बलियो भूमि बनाउन।
10 तपाईंका पशुहरू फर्केर त्यही भूमिमा आए।
हे परमेश्वर, तपाईंले गरीब दुःखीहरूलाई धेरै राम्रा चीजहरू दिनुभयो।
19 परमप्रभुको प्रशंसा गर!
प्रत्येक दिन उहाँले हाम्रो बोझ उठाउनु हुन्छ।
जुन हामी आफैंले उठाउनु पर्ने हो परमेश्वरले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।
20 उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ।
उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ।
परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।
यिप्तहको भाकल
29 तब परमप्रभुको आत्मा यिप्तह माथि आयो। यिप्तह गिलाद अनि मनश्शेका क्षेत्रबाट पार भए। तिनी गिलादको मिस्पा शहर तिर गए। गिलादको मिस्पा शहरदेखि यिप्तह अम्मोनी मानिसहरूका भूमि भएर पार भए।
30 यिप्तहले परमेश्वरसँग एउटा प्रतिज्ञा गरे। तिनले भने, “यदि तपाईंले मलाई अम्मोनी मानिसहरू माथि पराजित गर्न दिनुभयो भने, 31 म तपाईंलाई त्यो प्रथम बस्तु प्रदान गर्नेछु जुन बस्तु विजय प्राप्त गरेर म फर्केको बेला मेरो घरबाट निस्कन्छ। परमप्रभुलाई म त्यो होमबलिको रूपमा अर्पण गर्नेछु।”
32 तब यिप्तह अम्मोनी मानिसहरूको देशमा गए। यिप्तह अम्मोनी मानिसहरूसित लडे। परमप्रभुले तिनलाई तिनीहरूमाथि पराजित गर्नमा सहायता प्रदान गर्नु भयो। 33 तिनले तिनीहरूलाई अरोएर शहरदेखि मिन्नीत शहरसम्म पराजित गरे। यिप्तहले बीसवटा शहरहरू कब्जा गरे। त्यसपछि तिनी अम्मोनी मानिसहरूसित अबेल-करामीकमा लडे। इस्राएलका मानिसहरूले अम्मोनी मानिसहरूलाई पराजित गरे। अम्मोनी मानिसहरूको निम्ति एक भयानक पराजित थियो।
34 यिप्तह मिस्पा फर्केर गए। यिप्तह आफ्ना घर गए अनि उसकी छोरी तिनलाई भेट्न घरबाहिर निस्की। तिनी खैंजडी बजाउँदै अनि नाच्दै थिईन्। तिनी उसकी एउटै छोरी थिईन्। यिप्तहले उसलाई अत्यन्तै प्रेम गर्थे। यिप्तहका अरू छोरा-छोरी थिएनन्। 35 जब यिप्तहले आफ्नो घरबाट पहिला आफ्नै छोरीलाई निस्केको देखे तिनले आफ्नो अफसोस जनाउन आफ्ना बस्त्रहरू च्याते। जब तिनले भने, “हे, मेरी छोरी! तैंले मलाई शेष पारिस्। तैंले मलाई अति भन्दा अति अफसोसमा पारिस्। मैले परमप्रभुसित एउटा भाकल गरेको थिएँ अनि त्यसलाई म परिवर्तन गर्न सक्दिनँ!”
36 तब उसकी छोरीले यिप्तहलाई भनी, “बाबु, तपाईंले परमप्रभुसित भाकल गर्नुभयो। यसर्थ तपाईंको भाकल पूरा गर्नुहोस्। तपाईंले के गर्छु भन्नु भएको थियो त्यही गर्नुहोस्। आखिरमा, परमप्रभुले तपाईंका शत्रुहरू, अम्मोनी मानिसहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।”
37 तब यिप्तहकी छोरीले आफ्ना बाबुलाई भनी, “तर पहिला मेरो निम्ति यो काम गरिदिनु होस्। मलाई दुइ महीनासम्म एक्लै छाडिदिनु होस्। मलाई पहाड-पर्वततिर जान दिनुहोस्। म विवाह गर्ने छैन् अनि नानीहरू जन्माउने छैन, यसर्थ मलाई अनि मेरी साथीहरूलाई जान दिनुहोस् अनि रून-कराउन दिनुहोस्।”
38 यिप्तहले भने, “जा अनि त्यसो गर।” यिप्तहले उसलाई दुइ महीनाका निम्ति पठाइदिए। यिप्तहका छोरी अनि उनका साथीहरू पहाड पर्वतमा बसे। तिनीहरू उसको निम्ति रोए-कराए किनभने तिनले विवाह गर्ने छैन अनि नानीहरू जन्माउने छैन।
39 दुइ महीनाको अन्तमा यिप्तहकी छोरी आफ्ना पिता कहाँ फर्की। यिप्तहले परमप्रभुसित जे भाकल गरेका थिए सो पूरा गरे। यिप्तहको छोरीले कहिले पनि कसैसित शारीरिक सम्बन्ध गरेकी थिइन। यसर्थ इस्राएलमा यो एउटा परम्परा बन्यो। 40 हरेक बर्ष इस्राएली स्त्रीहरूले गिलादका यिप्तहकी छोरीलाई स्मरण गर्थे। इस्राएलका स्त्रीहरू हरेक साल चारदिन यिप्तहकी छोरीका निम्ति विलाप गर्थे।
पत्रुस भूलमा थिए भन्ने पावलले औंल्याउँछन्
11 जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए। 12 यो कसरी भयो भनेः जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित सँगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे। 13 त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पत्रुसको कपटीपनमा साथ दिए। बर्णाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे। 14 मैले यी यहूदीहरूको मन विचारें। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाउँछौ?”
© 2004, 2010 Bible League International