Revised Common Lectionary (Complementary)
17 केही समयपछि स्त्रीको छोरा बीरामी भयो। ऊ साह्रै नै भयो। अन्तमा उसले सास फेर्नै छोड्यो। 18 तब त्यस स्त्रीले एलियालाई भनिन्, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”
19 एलियाले उनलाई भने, “तिम्रो छोरा मलाई देऊ।” एलियाले तिनीबाट बालकलाई लिए अनि बोकेर त्यसलाई माथिल्लो तलामा लगे। उनले कोठामा ओछ्यान माथि उसलाई सुताए जहाँ उनी बस्ने गर्दथे। 20 त्यसपछि एलियाले प्रार्थना गरे, “परमप्रभु मेरा परमेश्वर! यी विधवाले आफ्नो घरमा बस्न दिएकी छिन्। के तपाईं उसका लागि अशुभ घटना गर्नु हुन्छ त? के उनको छोरालाई मर्न दिनु हुन्छ?” 21 तब एलिया आफैं बालकमाथि तीन पल्ट पस्रिए। एलियाले प्रार्थना गरे, “हे परमप्रभु मेरो परमेश्वर। यस बालकलाई फेरि जीवन दिनु होस्!”
22 परमप्रभुले एलियाको प्रार्थनाको उत्तर दिनुभयो। बालक फेरि सास फेर्न थाल्यो। ऊ जीवित भयो! 23 एलियाले बालकलाई बोकेर तल्लो तलामा ल्याए। एलियाले बालकलाई तिनकी हातमा सोम्पीदिए र भने, “हेर, तिम्रो छोरा जिउँदो छ!”
24 स्त्रीले भनिन्, “अहिले मलाई थाह भयो तपाईं साँच्चै नै परमेश्वरबाटको मानिस हुनुहुन्छ। परमप्रभु तपाईं मार्फत बोल्नुहुँदो रहेछ मलाई थाह भयो!”
मन्दिर समर्पणकोलागि दाऊदको एउटा भजन।
30 हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो।
तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन।
यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें
र मलाई निको पार्नु भयो।
3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो।
मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।
4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ!
उहाँको पवित्र नाउँको प्रशंसा गर!
5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।
तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो।
म राती रोइरहें,
अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
6 जब म जोगिएँ र सुरक्षित भएँ,
सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!
7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो
मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन!
जब तपाईंले मबाट मुख फर्काएर जानुभयो,
म डराएँ र कामे।
8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईंसँग प्रार्थना गरें।
मैले तपाईंलाई दयाको बिन्ती गरें।
9 मैले भने, “परमेश्वर के यदि म मरें,
अनि चिहानभित्र गएँ भने राम्रो हुन्छ र?
मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्!
तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्।
कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौं।
तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्!
हे परमप्रभु, मलाई साथ दिनुहोस्!”
11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो!
तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो।
तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो
र खुशीयालीले मलाई ढाकिदिनु भयो।
12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन,
अनि म सधैँ तपाईंको प्रशंसा गर्छु।
पावलको अधिकार परमेश्वरबाट हो
11 दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचर मैले प्रचार गरें त्यो मानिसले बनाएको होइन। 12 मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैंले मलाई यो प्रकट गर्नु भएको हो।
13 मेरो बितेको जीवन बारे तिमीहरूले सुनिसकेका छौ। म यहूदी धर्म मान्ने थिएँ। मैले परमेश्वरको मण्डलीलाई खुबै सताँए। म मण्डलीलाई भत्काउने कोशिश गर्थैं। 14 म यहूदी धर्ममा विश्वास गर्थें। म यहूदी धर्मको नेता बन्न लागेको थिएँ। मैले मेरा समकालीन नव युवक यहूदीहरूलाई उछिनेको थिएँ। पुराना रीति-थिति मान्न म अरूभन्दा ज्यादै जोशीलो थिएँ। ति सब रीति-रिवाजहरू हामीले आफ्ना पुर्खाहरूबाट पाएका थियौं।
15 तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए। 16 परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ। 17 न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आएँ।
18 तीन वर्षपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थें। पत्रुससित म पन्ध्र दिन बसे। 19 मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्। 20 परमेश्वर जान्दछन् मैले लेख्न लागेका यी कुराहरू झूटा होइनन्। 21 तब म सिरिया र सिलिसिया गएँ।
22 यहूदियामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्। 23 मेरो बारेमा तिनीहरूले खालि यति सुनेका थिएः “यस मानिसले हामीलाई खुब सताउने गर्थ्यो तर उही नै अहिले मानिसहरूलाई त्यही विश्वासका कुराहरू गरिहिंडछ जुन विश्वासलाई ऊ नष्ट गर्ने प्रयास गर्थ्यो।” 24 यी विश्वासीहरूले मेरै कारणले परमेश्वरको धेरै प्रशंसा गरे।
येशूद्वारा एकजना मानिसले जीवन पाउँदछ
11 अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ सँगै गहरहेका थिए। 12 जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासँग थिए। 13 जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।” 14 येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।” 15 त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो।
16 सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”
17 उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिँजियो।
© 2004, 2010 Bible League International