Revised Common Lectionary (Complementary)
पहिलो भाग
(भजनसंग्रह 1–41)
1 यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,
पापीहरूको जस्तो जीवन बिताउँदैन,
अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
2 धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ।
ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
3 यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ
ऊ ठीक समयमा फल दिने रूख सरह हो।
ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन
उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।
4 तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।
दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।
5 यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्,
तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्।
ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
6 किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,
तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
असल र खराब नेभाराहरू
24 परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। (मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।) 2 एउटा डालोभित्र धेरै असल नेभाराहरू थिए। ती नेभाराहरू त्यस्ता थिए जुन समय अघाडि नै पाकेका थिए। तर अर्का डालोमा कुहेको नेभाराहरू थिए। तिनीहरू खान लायकका थिएनन्।
3 परमप्रभुले मलाई सोध्नु भयो, “तिमीले के देख्दै छौ यर्मिया?”
मैले जवाफ दिएँ, “डालोमा म नेभाराहरू देख्दै छु। एउटा डालोमा नेभाराहरू एकदमै असल छन् अनि अर्को डालोमा एकदमै नराम्रा नेभाराहरू छन् जो खान लायक छैनन्।”
4 तब परमप्रभुको यो सन्देश मकहाँ आयो 5 परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ, “यहूदाका मानिसहरूलाई आफ्ना देशबाट कैदी झैं लगियो। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बाबेलमा लगे। तिनीहरू असल नेभाराहरू जस्ता छन्। 6 म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहूदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिँदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस्। 7 म तिनीहरूलाई म नै परमप्रभु हुँ भनेर चिन्ने योग्यता दिन्छु। तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुँ, किनभने तिनीहरू पूर्ण-हृदयहरूले म तर्फ फर्कनेछन्।
8 “तर यहूदाका राजा सिदकियाह कुहेको नेभारा जस्तौ हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरेका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्। 9 म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराम्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउँनेछु। 10 म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”
अरू विश्वासीहरूकोलागी संग्रह
16 अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः 2 प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन। 3 जब म आउँला म कसैलाई तिमीहरूको दान यरूशलेम लैजान पठाउँला। ती मानिसहरू तिमीहरू सबैले पठाउनु खोजेकै मानिस हुनेछ। म तिनीहरूलाई परिचय-पत्रहरू सहित पठाउनेछु। 4 अनि यदि उचित ठहरिए, तिनीहरू मसँगै जानेछन्।
पावलको योजना
5 म्यासिडोनिया भएर जाँदा तिमीहरूकहाँ आउने मेरो योजना छ। किनभने म्यासिडोनिया भएर मेरो यात्रा गर्ने इच्छा छ। 6 यदि सम्भव हुन सके, केही दिन म तिमीहरूसित बसुँला। म हिउँद भरि पनि तिमीहरूसित बस्न सक्छु। तब जहाँ-जहाँ म जान्छु तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक्छौ। 7 तिमीहरूलाई भेट्न म यात्री जस्तो आउँन चहाँदिन। यदि प्रभुको अनुमति भए, मेरो तिमीहरूसँग लामो समय सम्म बस्ने इच्चाछ 8 तर म एफिससमा पेन्तिकोस सम्म बस्नेछु। 9 किनभने त्यहाँ प्रभावपूर्ण कार्यको एउटा विशाल मौका हात लाग्नेवाला छ। अनि धेरैजना त्यस कार्यको विरोधमा पनि काम गर्दैछन्।
10 तिमोथी तिमीहरूकहाँ आउन सक्लान्। तिमीहरूसित त्यँहा बस्दा उसलाई केही आराम अनुभव होस्। तिनी पनि मैले गरे जस्तै प्रभुको काममा व्यस्त छन्। 11 यसकारण तिमोथीलाई स्वीकार गर्नु तिमीहरू कसैले आनाकानी गर्ने छैनौ। उनलाई शान्तिसित यात्रा गर्न सघाउनु जसमा कि उनी मकहाँ आउन सकुन्। उनी भाइहरूका साथमा आउन भनी म आपेक्षा गरिरहेछु।
12 अब हाम्रा भाइ अपोल्लोसको बारेमाः मैले उनलाई अरू भाइहरूसित तिमीहरूकहाँ जान उत्साहित पारेकोछु। अहिले उनी आउने कुरामा पक्का छन्। तर मौका पाए भने उनी तिमीहरूकहाँ आउनेछन्।
© 2004, 2010 Bible League International