Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 113

113 परमप्रभुको प्रशंसा गर!

परमप्रभुका दासहरू उहाँको प्रशंसा गर!
    परमप्रभुको नाउँको प्रशंसा गर।
परमप्रभुको नाउँ अहिले
    र सदा-सर्वदालाई धन्य बनी रहोस्।
परमप्रभुको नाउँको प्रशंसा
    पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ।
    उहाँको महिमा माथि स्वर्ग सम्म जान्छ।
कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।
    परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ।
    उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो।
    परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो।
    परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
एउटी स्त्रीको नानीहरू नहुन सक्लान
    तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!

परमप्रभुको प्रशंसा गर!

उत्पत्ति 30:1-24

30 राहेलले अनुभव गरिन् उनले याकूबको निम्ति कुनै नानी जन्माउनु सकेकी थिइन। यसर्थ ऊ आफ्ना दिदीसित डाही भई। यसर्थ राहेलले याकूबलाई भनी, “मलाई नानी दिनु होस् नत्र म मर्नेछु।”

याकूब राहेलसित साह्रै क्रोधित भयो। उनले भन्यो, “म परमेश्वर होइन। परमेश्वर नै एकजना हुनहुन्छ जसले तिमीलाई बाँझी बनाउनु भयो।”

त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”

यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे। बिल्हा गर्भवती भइन् अनि याकूबको निम्ति एउटा छोरो जन्माई।

राहेलले भनी, “परमेश्वरले मेरो प्रार्थना सुन्नु भयो र उहाँले मलाई एउटा छोरो दिने निर्णय गर्नु भयो।” यसर्थ राहेलले छोरोको नाउँ दान राखीन्।

बिल्हा फेरि गर्भवती भइन् अनि याकूबको अर्को छोरो जन्माई। राहेलले भनीन्, “मैले मेरी दिदीसित साह्रै कठिन प्रतियोगिता गर्नु पर्यो अनि अन्तमा मैले उसलाई जितें।” यसर्थ उनले त्यस छोरोको नाउँ नप्तालि राखीन्।

लेआले थाहा पाइन, उनले नानी पाउन छोडिन। यसर्थ उनले याकूबलाई आफ्नी नोकर्नी जिल्पा दिइन्। 10 तब जिल्पाले एउटा छोरो जन्माई। 11 लेआले भनीन्, “म भाग्यमानी हुँ।” यसर्थ उनले छोरोको नाउँ गाद राखीन्। 12 लेआकी कमारी जिल्पाले फेरि अर्को छोरो पाई। 13 लेआले भनीन्, “म एकदमै खुशी छु, अब स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसर्थ उनले त्यस छोरोको नाउँ आशेर राखीन्।

14 गहूँको फसल काट्ने समयमा रूबेन खेतमा गए अनि विशेष प्रकारको फूलहरू[a] पायो। उसले ती फूलहरू आफ्नी आमा लेआका लागि ल्यायो। तर राहेलले लेआलाई भनी, “तिम्रो छोरोले ल्याएको केही फूलहरू मलाई देऊ।”

15 लेआले भनीन्, “तिमीले पहिले मेरा पतिलाई लगिसकेकी छौ, अब मेरो छोरोको विशेष फूलहरू लिने चेष्टा गरिरहेकी छौ।”

तर राहेलले उत्तर दिई, “यदि तिमीले मलाई तिम्रो छोरोले ल्याएको विशेष फूलहरू दियौ भने तिमी आज राती याकूबसित सुत्न सक्छौ।”

16 त्यस राती याकूब खेतबाट घरमा फर्कियो। लेआले उसलाई देखिन् अनि भेट्न गइन्। उनले भनिन्, “तपाईं आज राती मसित सुत्नु पर्छ। म तपाईंसित सुत्नु पूर्ण तयार भएकी छु। मैले मेरो छोराले ल्याएको फूलहरू राहेललाई दिएकी छु।” यसर्थ याकूब त्यस राती लेआसित सुते।

17 तब परमेश्वरले लेआलाई फेरि गर्भवती हुन दिनु भयो, उनले पाँचौं छोरो जन्माइन्। 18 लेआले भनिन्, “परमेश्वरले मलाई इनाम दिनु भएकोछ कारण मैले मेरा पतिलाई आफ्नी कमारी दिएकीछु।” यसर्थ लेआले आफ्नो त्यो छोरोको नाउँ इस्साखार राखीन्।

19 लेआ फेरि गर्भवती भइन् अनि छैटौं छोरो जन्माइन्। 20 लेआले भनिन्, “परमेश्वरले मलाई एकदम अमूल्य उपहार दिनु भयो। अब निश्चय याकूबले मलाई ग्रहण गर्नेछन् कारण उनलाई मैले छवटा छोराहरू जन्माइदिएँ।” यसर्थ उनले त्यस छोरोको नाउँ जबूलून राखीन्।

21 पछि लेआले एउटी छोरी जन्माई अनि त्यस छोरीको नाउँ दीना राखीन्।

22 त्यसपछि परमेश्वरले राहेलको प्रार्थना सुन्नु भयो अनि राहेललाई नानीहरू जन्माउनु सम्भव गराई दिनु भयो। 23 राहेल गर्भवती भई अनि एउटा छोरो जन्माई। राहेलले भनिन्, “परमेश्वरले मेरो अपमान हटाइ दिनुभयो अनि मलाई एउटा छोरो दिनु भयो।” 24 यसैकारण राहेले उसको नाउँ यूसुफ यसो भन्दै राखीन, “परमेश्वरले मलाई अझै अर्को छोरो दिऊन्।”

रोमी 8:18-30

हामीले भविष्यमा महिमा पाउने छौ

18 अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन। 19 परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठूलो उत्सुकताको साथ त्यस समयलाई पर्खिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ। 20 प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः 21 परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।

22 हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। 23 यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पर्खिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक पर्खिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पर्खिरहेकाछौं। 24 हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्। 25 तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठूलो धैर्यसित त्यो पर्खिरहेका छौं।

26 आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन। 27 परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ।

28 हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो। 29 यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो। अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो। 30 परमेश्वरले ती मानिसहरूलाई आफ्नै पुत्र जस्तै होउन् भन्ने योजना गर्नुभयो। अनि परमेश्वरद्वारा बोलइएका तिनीहरूलाई पनि धर्मी बनाइयो। अनि परमेश्वरद्वारा धर्मी बनाइएका तिनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International