Revised Common Lectionary (Complementary)
2 परमेश्वरले मलाई बचाउनु हुन्छ।
म उहाँमाथि भरोसा गर्दछु, म डराउने छैन्।
परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ।
उहाँले मलाई बचाउनु हुन्छ,
अनि म उहाँको महिमाको गुणगान गर्नेछु।”
3 तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ।
तब तिमीहरू आनन्दित हुनेछौ।
4 त्यसपछि तिमीहरू भन्नेछौ,
“परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर!
उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन!
र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
5 परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ।
किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ!
परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ।
यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्।
6 हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ!
इस्राएलका परमपवित्र परमेश्वर
तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
त्यसैले आनन्दित होऊ!
इस्राएलबाट राम्रो समय लिइनेछ
6 हाय! तिमीहरू आफैंलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरू,
अनि सामरिया पर्वत माथि बचाउको अनुभव गरिरहेकाहरू।
तिमी “महत्वपूर्ण मानिस” जसकहाँ “इस्रएलका राजपरिवार”
सल्लाहको लागि जान्छन्, तिमीहरूका निम्ति अनिष्ठ हुनेछ।
2 कल्नेह, हमात अनि पलिश्ती शहर र गात शहर हेर,
के इस्राएल यी शहरहरू भन्दा राम्रोछ? अँहँ, छैन।
के यी शहरहरूका सिमाना,
इस्राएलका सिमाना भन्दा ठूलाछन्? अँहँ, छैन।
3 हाय! तिमीहरू आफैंलाई हेर, तिमीहरू जसले खराब दिन जम्मा गर्छौ
अनि हिंसाको दिन नजिक ल्याउँछन्।
4 हाय! हेर तिमीहरू आफैंलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ
अनि सोफामा आफैं तन्कन्छौ।
यिनीहरू नै हुन् जो बथानवाट थुमाहरू खान्छन्
र गाईको बथानबाट बाछो खान्छन्।
5 तिमीहरू गरीबका दयनीय अवस्थाको वास्ता गर्दैनौ।
तिमीहरू अल्छिगरि वीणा बजाउँछौ,
तिमीहरू दाऊद जस्तै आफ्नै निम्ति वाद्यहरूको आकार बनाउँछौ[a]
जसमा आफ्ना गीतहरू बजाउँछौ।
6 तिमीहरू सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ।
तिमीहरू उच्चस्तरीय तेलले आफू मालिस गर्छौ।
अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि
यूसुफ को परिवार नष्ट गरिंदैछ भन्ने।
7 यसकारण तिनीहरू निस्कासित हुनेछन्। हो, तिनीहरू बन्द बनाई लगिनेहरूमा प्रथम हुनेछन्। तिनीहरू मर्नेमा पहिलो हुनेछन्। तिनीहरूका भोजहरू र मोजमज्जाको अन्तहुनेछन्। 8 परमप्रभु मेरो मालिकले उहाँले आफ्नो नाउँ सर्वशक्तिमान परमेश्वर भनेर यो प्रतिज्ञा गर्नुभयो,
“म यो कुरालाई घृणा गर्छु, जसमा याकूबले घमण्ड गर्छ।
म उसको अट्टालिकाहरूलाई घृणा गर्छु।
यसकारण शत्रुलाई शहर र यसमा भएको,
प्रत्तेक कुरा लिन दिनेछु।”
ख्रीष्टिय दान
8 अनि अब दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरूलाई अनुग्रह बारे जनाउनु चाहन्छौं जुन परमेश्वरले म्यासिडोनियामा त्यहाँका मण्डलीहरूलाई दिनुभयो। 2 ती विश्वासीहरूलाई अत्यन्तै कष्ट दिएर परीक्षा लिइन्थ्यो। 3 ती साह्रै गरीब मानिसहरू थिए। तथापि ठूलो हर्षसाथ तिनीहरूले मुट्ठी खोलेर दिए। म भन्न सक्छु आफ्नो गच्छेले पुगेसम्म तिनीहरूले दिए। ती विश्वासीहरूले, आफूले दिन सक्ने भन्दा पनि धेरै नै दिए। उनीहरूले उदारतापूर्वक दिए। कसैले तिनीहरूलाई त्यसो गर्न भनेका थिएन। 4 तर तिनीहरूले हामीलाई घरि-घरि सोध्थे परमेश्वरका मानिसहरूको यस सेवामा भागीदार बन्न पाऊँ भनेर हामीलाई विन्ती गर्थे। 5 अनि तिनीहरूले यस प्रकारले दिए कि जुन हामीले आशै गरेका थिएनौं। तिनीहरूले आफ्नो दान दिनु अघि नै आफैं प्रभुमा पहिले समर्पण भए। यो नै परमेश्वर चाहनुहुन्छ। 6 यसैले यो विशेष पूनित कार्य सिद्धयाउन हामीले तितसलाई र तिमीहरूलाई सघाइ माग्यौ। तितस नै एकजना हुन् जसले यो काम शुरू गरे। 7 तिमीहरू हरेक कुरामा धनी छौ-विश्वासमा, वचनमा, सहायता गर्ने चाहनामा अनि हामीबाट सिकेको प्रेम गर्नमा। र त्यसैले दान दिने काममा पनि तिमीहरू महान बन भन्ने हामी इच्छा गर्छौं।
8 मैले दिनु भनेर तिमीहरूलाई आज्ञा गरिरहेको छैनँ। तर तिमीहरूको प्रेम सत्य प्रेम नै रहेछ कि भन्ने हेर्न खोज्दैछु। अरू मानिसहरूर मद्दत गर्न इच्छुक छन् भन्ने देखाउन मात्र म यी कुराहरू गर्छु। 9 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।
10 अनि त्यस विषयमा मैले मेरो राय दिएँ अनि यो मैले भनें किनभने म विश्वास गर्छु कि यो तिमीहरूको लागि राम्रो हो। पोहोर साल दान दिन इच्छा गर्नेहरूमा तिमीहरू प्रथम थियौ। साँच्चै नै तिमीहरू दान दिनमा प्रथम थियौ। 11 यसर्थ तिमीहरूले शुरू गरेको काम अब पूरा गर। तब मात्र तिमीहरूको “गर्ने इच्छा” अनि तिमीहरूको “कर्म” समतुल्य हुनेछ। तिमीहरूसित जे छ त्यहीबाट दान देऊ। 12 तिमीहरू दिन चाहन्छौ भने मात्र तिमीहरूको दान थापिन्छ। र तिमीसित भएकोबाट तिम्रो दान जाँचिन्छ, तर तिमीहरूसँग नभएकोबाट होइन। 13 जब अरूहरू सुखी रहाँदा तिमीहरूलाई चाँहि कष्टमा होऊ भन्ने हामी चाहँदैनौं। हामी सबथोक बराबरी होस् भन्ने चाहन्छौं। 14 यसधरि तिमीहरूसित प्रशस्त छ। तिमीहरूसित भएका यी कूराले अरू मानिसहरूलाई खाँचो परेको कुरो टार्न मद्दत पुग्नेछ। अनि पछि जब उनिहरूसित प्रशस्त हुन्छ उनीहरूले तिमीहरूको खाँचो टारिदिन सक्छन्। तब सबै बराबर हुनेछन्। 15 धर्मशास्त्रमा यस्तै लेखिएको छः
“जसले धेरै बटुल्यो उसको धेरै रहेन,
जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।”(A)
© 2004, 2010 Bible League International