Revised Common Lectionary (Complementary)
यात्रा स्तुतिगान, दाऊदको भजन।
131 हे परमप्रभु, म अहङ्काकारी छैन।
म आफूलाई महत्व दिने काम गर्दिनँ।
म महानकार्य गर्ने कोशिश गर्दिनँ
म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।
2 म चुपचाप छु, मेरो प्राण शान्त छ।
आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो
मेरो प्राण चुपचाप र शान्त छ।
3 हे इस्राएली हो परमप्रभुमाथि भरोसा गर।
उहाँलाई अहिले भरोसा गर अनि उहाँलाई सधैँ भरोसा गर।
परमेश्वरप्रति स्तुति-गान
26 त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछन:
परमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ।
हामीसँग बलियो शहर छ, हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्।
2 प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्।
ती मानिसहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्।
3 परमप्रभु तपाईंले मानिसहरूलाई साँच्चो शान्ति दिनुभयो
जो तपाईंमाथि आश्रित छन्
जसले तपाईंलाई विश्वास गर्दछन्।
4 यसकारण, सधैँ परमप्रभुमा भरोसा राख।
परमप्रभु परमेश्वरमा नै, सदा-सर्वदा तिमीहरूको सुरक्षा छ!
5 तर परमप्रभुले अंहकारी शहरहरू नष्ट गर्नुहुनेछ।
अनि त्यहाँ बसिरहेका मानिसहरूलाई दण्ड दिनुहुनेछ।
परमप्रभुले, त्यो उच्च शहरलाई भूईंमा झारि दिनुहुनेछ
यो धुलोमा खस्ने छ।
6 तब गरीब र साधरण मानिसहरू त्यो भग्नावशेष माथि हिँड्ने छन्।
25 इपाफ्रोडाइटस ख्रीष्टमा हुने मेरा भाइ हुन्। ख्रीष्टको दलमा उनी पनि मसित काम र सेवा गर्छन्। जब मलाई सहायताको खाँचो परेको थियो, तिमीहरूले उसलाई मकहाँ पठाइदियौ। अब उसलाई तिमीहरू भएकोमा नै पठाइदिनु पर्छ भन्ने विचार गर्दैछु। 26 म उसलाई यसकारण पनि पठाउनेछु कि तिमीहरूलाई भेट्न उनी पनि खुबै व्याकुल छन्। जब तिमीहरूले उनी बिमार छन् भन्ने सुने देखि उनी चिन्तित थिए। 27 हो, उनी साँच्चै बिमारी थिए मृत्युकै मुखमा पुगेका थिए। परमेश्वले उनीमाथि मात्र दया नगरेर ममाथि पनि गर्नुभयो, ताकि मैले धेरै चिन्ता लिनु परेन। 28 यसैकारणले उसलाई पठाउन म खुबै इच्छुक छु। उसलाई देखे पछि तिमीहरू पनि खुशी हुनेछौ र मैले तिमीहरूको फिक्री गरिरहनु पर्दैन। 29 प्रभुमा उसलाई महा आनन्दमा स्वागत गर। इपाफ्रोडाइटस जस्तो मानिसलाई आदर गर्नु पर्छ। 30 ख्रीष्टको कामका निम्ति उसको झण्डै मृत्यु भयो। मेरो सहायता गर्नुमा उनले आफ्नो प्राण नै सङ्कटमा पारे। त्यस्तो सहायता दिन तिमीहरूले सकेनौ।
© 2004, 2010 Bible League International