Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 27

दाऊदको भजन।

27 हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ,
    मैले कोहीसँग पनि डराउनु पर्दैन!
मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ!
    यसैले म कोसैसँग डराउने छैन।
दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्।
    तिनीहरूले मलाई तरवारले काट्न सक्छन्।
मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्,
    अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्।
तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन।
    यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन।
    किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।

परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः
    “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ,
परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ
    अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”

परमप्रभुले मलाई बचाउँनु हुन्छ।
    जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ।
    उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
मेरा शत्रुहरूले मलाई घेरेका छन्।
तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ।
    त्यसपछि म उहाँको पालमा बलि चढाउने छु।
    म आनन्दको जयकार सहित बलिदान गर्नेछु,
    म परमप्रभुको सम्मानमा भजन गाउनेछु।

हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्।
    मलाई जवाफ दिनुहोस्।
    मलाई कृपादान गर्नुहोस्।
हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु।
म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु।
    म तपाईं समक्ष बोल्न आएँ।
हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्,
    मलाई साथ दिनुहोस्।
    मलाई टाढा नधकेल्नुहोस्,
मलाई नत्याग्नु होस्,
    मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।
10 मेरो माता-पिताले मलाई छोडी गए।
    तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो।
11 हे परमप्रभु, मेरा शत्रुहरू छन्।
यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्।
    मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।
12 मेरा शत्रुहरूले ममाथि आक्रमण गरे।
    मलाई अरूले चोट पुर्याओस् भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्।
    परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्।
13 मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
14 परमप्रभुको सहयोगलाई पर्ख,
    बलियो र साहसी होऊ,
    अनि परमप्रभुको सहयोग पर्ख।

यशैया 4:2-6

त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर गर्वित हुनेछन्। त्यतिबेला अझ सियोन र यरूशलेममा बसिरहेका मानिसहरू सबैले पवित्र मानिसहरू भनी मान्नेछन्। यी नाउँहरू खास सूचीमा दर्ता भएका मानिसहरूका निम्ति हुनेछ; सूचीमा दर्ता भएका मानिसलाई सधैँ बस्ने अनुमति दिइनेछ।

परमप्रभुले सियोनका स्त्रीहरूको रगत धोई दिनुहुनेछ। परमप्रभुले यरूशलेमबाट सबै रगत धोई पखाली[a] दिनुहुनेछ। परमेश्वरले न्यायिक स्वभाव प्रयोग गरी निष्पक्ष न्याय गर्नुहुनेछ। अनि उहाँको अग्नि स्वभावले सम्पूर्ण कुराहरू शुद्ध पार्नु हुनेछ। तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसँगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्। प्रत्येकमाथि सुरक्षाको घेरा हुनेछ। यो सुरक्षाको ठाउँ हुनेछ। त्यस व्यवस्थाले मानिसहरूलाई घामको तापबाट जोगाउने छ। त्यो व्यवस्थाले प्रत्येक बाढी र बर्षाबाट मानिसहरूलाई लुकाउने ठाउँ हुनेछ।

प्रेरित 11:1-18

पत्रुस यरूशलेम फर्कन्छन्

11 यहूदियामा प्रेरितहरू र दाज्यू-भाइहरूले गैर यहूदीहरूले पनि परमेश्वरको शिक्षालाई स्वीकार गरेको थाहा पाए। तर जब पत्रुस यरूशलेम फर्किए कतिपय यहूदी विश्वासीहरूले उनीसँग त्यस विषयमा बहस गरे। तिनीहरूले भने, “तपाईं ती गैर-यहूदीहरूका घर जानुभयो। तपाईंले त्यस्ता मानिसहरूसँग बसेर भोजन सम्म गर्नुभयो!”

पत्रुसले तिनीहरूलाई सम्पूर्ण कथा विस्तार गरेर बताए। उनले भने, “म जोप्पा शहरमा थिएँ। मैले प्रार्थना गरिरहेको बेला एउटा दर्शन पाएँ। त्यस दर्शनमा मैले ठूलो लुगा जस्तो केही आकाशबाट तल ओर्लिरहेको देखे। त्यसलाई त्यसको चारै कोणबाट समातिएको थियो। त्यो म भएकोमा आयो। जब मैले भित्र हेर मैले त्यहाँ चारखुट्टे स्थलचर पशुहरू जंगली जनावर घस्रने सर्प जातिय प्राणि अनि आकाशका चराचुरूङ्गीहरू देखें। तब मैले एउटा आवाजले मलाई भनिरहेको सुने, ‘उठ पत्रुस! कुनै पनि जीवित प्राणी मार र खाऊ!’

“तर मैले भने, ‘म कदापि त्यसो गर्ने छैन, प्रभु! मैले त्यस्तो कुनै चीज खाएको छैन जुन अपवित्र अथवा अशुद्ध हो।’

“तर आकाशबाट आएको आवाजले फेरि भन्यो, ‘परमेश्वरले घोषणा गर्नुभयो कि यी सबै चीजहरू शुद्ध छन। यसर्थ तिमी तिनीहरूलाई अपवित्र नसोच!’

10 “यस्तो तीनपल्ट भयो। त्यसपछि सम्पूर्ण थोक आकाश तिरै लगियो। 11 त्यसै समयमा म बसिरहेको घरमा तीनजना मानिहरू आए। ती तीनजना मानिसहरूलाई सिजरिया शहरबाट मेरो निम्ति पठाइका थिए। 12 आत्माले मलाई नहिच्किचाइ कन जाऊ भन्नुभयो। यी छः जना दाज्यू-भाइहरू पनि मसँग आए। हामी कर्नीलियसको घरमा गयौं। 13 कर्नीलियसले घरमा उभिरहेको स्वर्गदूतलाई देखेको कुरा गरे। स्वर्गदूतले उनलाई भने, ‘केही मानिसहरू जोप्पातिर पठाऊ अनि शिमोन पत्रुसलाई आउनु भन्ने निमन्त्रन गर। 14 उनले तिमीहरूलाई ती कुरा भन्नेछन् जसले तिमीलाई अनि तिम्रा घरमा बस्ने सबै मानिसहरूलाई बचाउँनेछन्।’

15 “जब मैले भाषण शुरू गरें, पवित्र आत्मा तिनीहरूमा त्यसरी नै आउनु भयो जसरी प्रारम्भमा हामीकहाँ आउनु भएको थियो। 16 तब मलाई प्रभु येशूको वचनको सम्झना भयो। प्रभुले भन्नुभएको थियो, ‘यूहन्नाले मानिसहरूलाई पानीले बप्तिस्मा गरे, तर तिमी पवित्र आत्माद्वारा बप्तिस्मा हुनेछौ।’ 17 प्रभुले ती मानिसहरूलाई त्यही उपहार दिनु भयो जुन हामीलाई दिनुभएको थियो जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरे। तब म को हुँ परमेश्वर को काम बन्द गर्ने?”

18 जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले तर्क गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International