Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 70

प्रमुख संगीतकारलाई: मानिसहरूलाई सम्झना गराउन, दाऊदको भजन।

70 हे परमेश्वर, मलाई बचाउनु होस्!
    हे परमेश्वर, मलाई सहायता गर्नलाई आत्तुरी गर्नुहोस्।
मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
    तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्।
    तिनीहरूलइ अपमानित पार्नुहोस्।
मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्।
    तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ।
मानिसहरूले मलाई हाँसोको पात्र बनाए।
    ज-जसले मेरो निन्दा गरे जुन कुराको निम्ति तिनीहरू योग्य छन् तिनीहरूले त्यो पाउन सकुन्।
ज-जसले तपाईंको उपासना गर्छन,
    तिनीहरू खुबै खुशी होऊन्।
जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन्
    सधैँ तपाईंको प्रशंसा गरून्।

हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हुँ।
    हे परमेश्वर! चाँडो आएर मलाई बचाउनु होस्!
हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ!
    अझ विलम्ब नगर्नुहोस्!

आमोस 1:1-2:5

परिचय

आमोसको वचन! आमोस तको देशको एकजना भेंडा़ गोठालो थिए। यहूदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामा भुईँचालोको दुइ बर्ष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए।

अरामको निम्ति दण्ड़

आमोसले भने,
“परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ।
    परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ।
यस समयमा गोठालाहरूको हरियो मैदान सुक्नेछ।
    यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।”

तिनीहरूले धेरै अपराधहरू गरेको कारण, “म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किनभने तिनीहरूले गिलाद का मानिसहरूलाई फलामको दाँदेले धुलोपारेको छ। यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरू भष्म पार्नेछ।

“म दमीशकका बलिया ढोकाहरू पनि भाँचिदिनेछु र आवेनको सिंहासनमा बस्ने मानिसलाई पनि नष्ट पारिदिनेछु। अनि बेथ-एदेनमा राजदण्ड लिने राजालाई पनि नष्ट पारिदिन्छु। अरामका मानिसहरू पराजित हुनेछन्। अनि उनिहरूलाई बन्दीबनाएर किर देशमा लगिनेछ।” यो सबै परमप्रभुले भन्नु भएको हो।

पलिश्तीहरूले सजाय पाउनेछन्

परमप्रभु भन्नुहुन्छ, “म गाजाका बासिन्दाहरूलाई उनीहरूले गरेको अपराध को विरूद्ध निश्चय नै सजाय दिनेछु। किनभने उनीहरूले सम्पूर्ण देशको बासिन्दाहरूलाई कैद गरेर दासहरू बनाएर एदोमको हातमा सुम्पि दिए। यसकारण म गाजा देशको पर्खालहरूमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबै किल्लाहरू जलाइ दिनेछ। म अश्दोदबाट राज सिंहासनमा बस्ने मानिसलाई नष्ट गरिदिनेछु। म अश्कलोनबाट राजदण्ड लिने राजालाई पनि ध्वंश पारिदिनेछु, म, एक्रोन का मानिसहरूलाई सजाए दिनेछु। अहिले सम्म बाँचेका पलिश्तीहरू मर्नेछन्।” परमप्रभु परमेश्वरले यो सबै कुरा भन्नुहुन्छ।

फनूशियालाई सजाय

परमप्रभुले यी सबै कुरा भन्नुहुन्छ, “म यो सोरका मनिसहरूलाई तिनीहरूले गरेको अपराधका निम्ति निश्चय नै सजाय दिनेछु। किनभने तिनीहरूले देशका सम्पूर्ण मानिसहरूलाई कैद गरी एदोम को दास बनाएर पठाई दिए। तिनीहरूले तिनीहरूको दाजू-भाइहरूसँग गरेको सम्झौताको सम्झना पनि गरेनन्। 10 त्यस आगोले सोरको किल्लाहरू पनि ध्वंश पार्नेछ।”

एदोमको निम्ति सजाए

11 परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरूलाई तिनीहरूले गरेको अपराधको निम्ति निश्चय नै सजाए दिनेछु। किनकि एदोमले आफ्नो दाजू-भाइ इस्राएललाई पछाडिबाट तरवारले रोपेकोछ। एदोमले अलिकति पनि दया देखाएन। एदोम रिसाइनै रह्यो अनि केहि पनि सहानुभुति देखाएन। ऊ जङ्गली जनावरहरू सरह लगातार इस्राएललाई च्यातिरह्यो। 12 यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरू पनि ध्वंश पार्नेछ।”

अम्मोनियाको निम्ति सजाए

13 परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरूलाई तिनीहरूले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किनकि तिनीहरूले गिलादमा आफ्नोलागि अधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरूलाई मारे। 14 यसकारण, अब म रब्बाको पर्खालमा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ। कष्ट तिनीहरू माथि आँधी बेरी जस्तै तिनीहरूको देशमा आइपर्नेछ। 15 त्यस समय तिमीहरू को राजा कैदमा पर्नेछ, राजा र भारदारहरू एकै साथ बन्दी बनाइनेछ।” परमप्रभुले यी सबै कुरा भन्नुभयो।

मोआबको निम्ति दण्ड़

परमप्रभुले यी कुरा भन्नुहुन्छ, “म मोआबका मानिसलाई तिनीहरूले गरेको अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किनभने मोआबको राजाले एदोमको राजाको हड्डी जलाएर चुना बनायो। यसकारण अब म मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियोतका पर्खालहरू भस्म पार्नेछु। र त्यहाँ खैला-बैला, चिच्याइ र तुरहीको आवाज आउँनेछ अनि मोआब मर्नेछ। यसकारण म मोआबका राजालाई उसको सबै अगुवाहरूसितै मार्नेछु।” परमप्रभु यसो भन्नुहुन्छ।

यहूदाको निम्ति दण्ड़

परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरूले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किनभने तिनीहरूले परमप्रभुको आज्ञा मान्न अस्वीकार गरे। तिनीहरू आफ्ना बाबुहरूले मानेका झूटो देवताहरूलाई मानेर पथ-भ्रष्ट भएकाछन्। यसैकारण म यहूदामा आगो लगाइदिनेछु अनि त्यो आगोले यरूशलेमको किल्लाहरूलाई खरानिमा परिणत गर्नेछ।”

प्रकाश 8:6-9:12

सात स्वर्गदूतहरूले तुरही बजाए

तब सात तुरही साहितका ती सात-स्वर्गदूतहरू आफ्ना तुरहीहरू बजाउन तयार भए।

पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरू अनि एक-तिहाइ रुखहरू जले।

दोस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब आगोले जलेका पहाड जस्तै केही समुद्र तर्फ फ्याँकियो। अनि समुद्रको एक-तिहाई अंश रगत बन्यो। अनि एक-तिहाइ समुद्रका प्राणीहरू मरे, अनि एक-तिहाइ जहाजहरू नष्ट भए।

10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झर्यो। त्यो तारा एक-तिँहाईँ अंश नदीहरू अनि पानीको मुलमा खस्यो। 11 त्यो ताराको नाउँ “नागदौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धेरै मानिसहरू मरे।

12 चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरूमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अँध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो।

13 जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरूलाई जो पृथ्वीमा बस्छन्, तिनीहरूलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरूले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”

पाँचौं तुरही बज्छ

पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ। अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र आकास अँध्यारो भयो।

तब त्यो धुँवाबाट सलहहरू पृथ्वीतिर आए। तिनीहरूलाई विच्छीहरूले जस्तै चिल्ने शक्ति दिइएको थियो। ती सलहहरूलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरूले ती मानिसहरूलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अङ्कीत थिएन।

ती सलहहरूलाई, मानिसहरूलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरूलाई मानिसहरूलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरूले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो। ती दिनहरूमा मानिसहरू मर्ने उपाय खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन्। तिनीहरू मर्न चाहन्छन् तर मृत्यु तिनीहरूदेखि लुक्नेछ।

ती सलहहरू युद्धका निम्ति तयार गरिएका घोडाहरू जस्तै देखिन्थे। तिनीहरूको शिरमा तिनीहरूले सुनको मुकुटहरू जस्तै देखिने लगाएका थिए। तिनीहरूको अनुहार मानवको जस्तै देखिन्थ्यो। तिनीहरूको केश स्त्रीहरूको केश जस्तै थियो। तिनीहरूका दाँत सिंहका जस्तै थिए। तिनीहरूका छाती फलामका कवच जस्तै देखिन्थे। तिनीहरूको पखेंटाले उत्पन्न गरेको आवाज युद्धतर्फ हत्तारिएका धेरै रथहरूले उत्पन्न गरोका आवाज जस्तै थिए। 10 ती सलहहरूको पुच्छर विच्छीका जस्ता खिलहरू भएका थिए। मानिसहरूलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरूको पुच्छरमा थियो। 11 ती सलहहरूका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्रू भाषामा उसको नाउँ एबिड्डोन[a] थियो। यूनानी भाषामा त्यसको नाउँ अपोल्लियोन थियो।

12 पहिलो महाकष्ट पार भयो। अझ दुइ अन्य महाविपतहरू आउनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International