Revised Common Lectionary (Complementary)
106 परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ।
परमेश्वरको प्रेम अनन्त छ!
2 कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्।
कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।
3 मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्।
ती मानिसहरूले सधैँभरि असल कामहरू गर्दछन्।
4 हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ।
मलाई पनि बचाउनु पर्छ भन्ने सम्झनु होस्।
5 हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस्
जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो।
मलाई तपाईंका मानिसहरूसित प्रफुल्लित हुन दिनुहोस्।
मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।
6 हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए।
हामी अन्योलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!
7 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्य कामहरूबाट
मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्।
त्यहाँ लाल समुद्रद्वारा, हाम्रा पुर्खाहरू
तपाईंका विरूद्ध उपस्थित भए।
8 तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।
9 परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो।
परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरुभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।
10 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो!
परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।
11 परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो।
तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।
12 तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे।
तिनीहरूले उहाँप्रति गुण-गान गरे।
परमप्रभु अमर सृष्टिकर्ता हुनुहुन्छ
41 परमप्रभुले भन्नुहुन्छ,
“टाढामा भएका देशहरू, शान्त बन र मकहाँ आऊ।
जातिहरू बालवान होऊ।
मकहाँ आऊ र बोल।
हामी साथ-साथै भेट्नेछौं,
अनि को ठीक हो भनेर निर्णय गर्नेछौं।
2 जो मानिस पूर्वबाट आइरहेको छ उसलाई कसले जगायो?
उसले धार्मिकतालाई उसँग हिँड्न बोलाउँछ।
उसले आफ्नो तरवार चलाउँछ र जातिहरू परास्त गर्छ।
तिनीहरू धूलो जस्ता हुन्छन्।
उसले आफ्नो धनु चलाउँछ र राजाहरूलाई जित्छ
अनि तिनीहरू हावाले पराल उडाए झैं भाग्दछन्।
3 उसले सैन्यहरूको खेदो गर्दछ र कहिल्यै घाइते हुँदैन्।
ऊ कहिल्यै नपुगेका ठाउँहरू पुग्दछ।
4 कसले यी कुराहरू हुने गरायो, कसले यो गर्यो?
कसले प्रारम्भदेखि सारा मानिसहरूलाई बोलायो?
म, परमप्रभुले, यी कुराहरू गरें।
म, परमप्रभु नै प्रथम मानिस हुँ,
अनि जब पृथ्वीमा सारा थोकहरू समाप्त हुन्छन् म यहाँ हुनेछु।
5 तिमीहरू सबै सुदूर ठाउँहरू हेर, अनि डराऊ।
तिमीहरू सबै सुदूर ठाउँहरू,
पृथ्वीमाथि डरले कम्पित हौ।
यहाँ मकहाँ आऊ र ध्यान दिएर सुन्।”
अनि तिनीहरू आए।
6 “कर्मीहरू एकार्कामा सहयोग गर्छन् आपस साथ निभाउँदछन्। तिनीहरू बलियो हुनलाई परस्परमा प्रेरणा दिन्छन्। 7 एकजना कर्मीले मूर्ति बनाउनलाई काठ काट्छ। त्यस मानिसले सुनारलाई प्रेरणा दिन्छ। अर्को एकजना कर्मीले मार्तोल पिटेर धातुलाई चिल्लो पार्दछ। त्यसपछि त्यस कर्मीले लीही चलाउनेलाई प्रेरित गर्दछ। यो अन्तिम कर्मीले भन्दछ, ‘यो काम असल हो, धातु आउने छैन।’ त्यसपछि भूईँमा नखसोस् भनेर त्यसलाई काँटी ठोकेर दरिलो बनाउँदछ ताकि त्यो कहिल्यै नढलोस्। अनि त्यो कहिल्यै नहल्लियोस्।”
परमप्रभुले मात्र हामीलाई बचाउन सक्नु हुन्छ
8 परमप्रभु भन्नुहुन्छ “तिमी इस्राएल मेरो दास हौ,
याकूब मैले तिमीलाई रोजें।
तिमी आब्राहाम परिवारका हौ।
अनि म आब्राहामलाई प्रेम गर्दछु।
9 तिमी टाढा देशमा थियौ,
तर म तिमीकहाँ पुगें,
मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाएँ।
मैले भने, ‘तिमी मेरो दास हौ।’
तिमीलाई रोजें।
अनि मैले तिमीलाई रद्ध गरिनँ।
10 सुर्ता नगर, म तिमीसितै छु।
नडराऊ, म तिम्रै परमेश्वर हुँ।
म तिमीलाई बलियो बनाउनेछु।
म तिमीलाई सहायता दिनेछु,
म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
11 हेर, कतिपय मानिसहरू तिमीसँग रिसिएका छन्।
तर तिनीहरू लज्जित हुनेछन्।
तिम्रा शत्रुहरू हराउनेछन् र विलाई जानेछन्।
12 तिमीले ती मानिसहरूलाई खोज्नेछौ जो तिम्रो विरोधीहरू थिए,
तर तिमीले तिनीहरूलाई भेट्टाउनँ सक्ने छैनौ।
ती मानिसहरू जो तिम्रो विरूद्ध लडे
तिनीहरू पूर्ण रूपमा बिलाई जानेछन्।
13 म परमप्रभु तिम्रो परमेश्वर हुँ।
मैले तिम्रो दाहिने हात समाति रहेकोछु।
अनि म तिमीलाई भन्दछु नडराऊ।
म तिम्रो साथमा हुनेछु।
येशू सोध्नुहुन्छ सबभन्दा महान को हो?
(मर्कूस 9:33-37; लूका 9:46-48)
18 त्यसैबेला चेलाहरू येशूकहाँ आए र सोधे, “स्वर्गको राज्यमा सबभन्दा महान को होलान्?”
2 येशूले एकजना सानो बालकलाई आफूकहाँ बोलाउनुभयो। अनि चेलाहरूको अघि त्यो बालकलाई उभ्याउनु भयो। 3 अनि भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ। 4 जसले आफूलाई यो सानो बालक झैं आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उही महान हुन्छ।
5 “यदि कुनै मानिसले मेरो नाममा यो बालकलाई ग्रहण गर्छ भने, उसले मलाई ग्रहण गरेको हुनेछ।
© 2004, 2010 Bible League International