Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 145:1-8

दाऊदको स्तुतिको भजन।

145 म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु।
    म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
    म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्,
    उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति
    मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।
तपाईंको शाही र महिमा अश्चर्यजनक छन्
    म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्।
    म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्।
    मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।

परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
    परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।

सपन्याह 2:13-15

13 अनि परमप्रभुले उत्तर पट्टि आफ्नो हात बढाउनु हुनेछ र अश्शूरलाई दण्ड दिनुहुनेछ। उहाँले नीनवे शहरलाई नष्ट पार्नुहुनेछ, त्यो शहर केवल सुख्खा उजाड मरुभूमि जस्तै हुनेछ। 14 भेंडा़ अनि जङ्गली जनावरहरू मात्र त्यो जमीनमा बस्नेछन्। लाटोकोसेरोहरू अनि कागहरू त्यो किल्लाहरूमा बस्नेछन् जुन बेकामे भएका छन्। तिनीहरूको स्वर खिड्कीबाट आए जस्तो सुनिने छ। कागहरू ढोकामा बस्नेछन्। कालो चरा ती खालि घरहरूमा बस्नेछन्। 15 नीनवे अहिले एकदमै घमण्डी भएकोछ। यो यस्तो आनन्दित शहरहो, मानिसहरू सम्झन्छन् कि तिनीहरू सुरक्षीत छन्। तिनीहरू सम्झन्छन् कि नीनवे एकदमै ठूलो शहर हो। तर त्यो शहर नष्ट गरिनेछ। यो उजाड हुनेछ। जहाँ खालि जङ्गली जनावरहरूले मात्र बास गर्ने छन्। जब मानिसहरू यो बाटो भएर जान्छन् त्यति बेला तिनीहरूले देख्ने छन् कि कति नराम्रो प्रकारले शहर नष्ट गरिएकोछ, तब तिनीहरू टाउको हल्लाउँदै खुट्टा ठटाउँनेछन्।

मत्ती 19:23-30

23 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। एउटा धनी मानिसलाई स्वर्गको राज्यमा पस्न खुबै कठिन हुन्छ। 24 धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नु भन्दा बरू ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो पर्नेछ।”

25 जब चेलाहरूले यस्ता कुरा सुने, तिनीहरू खूबै चकित भए। तिनीहरूले सोधे, “यदि यस्तो भए कसले उद्धार पाउन सक्छ त?”

26 येशूले चेलाहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूको निम्ति यो असम्भव छ। तर परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ।”

27 पत्रुसले येशूलाई भने, “हामीले आफूसित भएका प्रत्येक कुरा त्यागेर तपाईंको पछि लाग्यौं। त्यसो भए हामीले के पाउनेछौ।”

28 येशूले चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ। 29 अनि ती जस-जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, बाबु-आमा, छोरा-छोरीहरू, अनि जग्गा-जमीनहरू छोडेका छन् तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्। तिनीहरूले अनन्त जीवन पाउनेछन्। 30 अहीले उच्च ओहोदामा पुगेकाहरू सबैले भविष्यमा होचो स्थान पाउनेछन्। धेरै जसो जो निम्न स्थानमा परेका छन् भविष्यमा उच्च ओहोदामा पुग्नेछन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International