Revised Common Lectionary (Complementary)
दाऊदको स्तुतिको भजन।
145 म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु।
म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
2 म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
3 परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्,
उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
4 परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति
मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।
5 तपाईंको शाही र महिमा अश्चर्यजनक छन्
म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
6 हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्।
म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
7 मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्।
मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।
8 परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
3 ती सैनिकहरूको ढालहरू राताछन्।
तिनीहरूको पोशाक रातो चम्किलो छ।
उनीहरूको रथहरू लडाईंको पंक्तिमा राखिएकाछन्
अनि आगोको ज्वाला झैं चम्किरहेकाछन्।
तिनीहरूका भालाहरू ठाडो राखिएकाछन्।
4 तिनीहरूका रथहरू बाटोमा अत्यन्तै बेगसित दौडन्छन्।
तिनीहरू खूल्ला मैदानमा यताउता गरिरहन्छन्।
तिनीहरू बलिरहेको राँको जस्तै,
ठाउँ-ठाउँबाट बिजुली चम्किरहे जस्तै देखिन्छन्।
5 शत्रुले आफ्नो सर्वोत्तम सेनाहरूलाई बोलाइरहेका छन्।
तर जब तिनीहरू बाटोमा कदम मिलाएर अघि बढ्छन्,
तब तिनीहरू धर्मराउँछन्।
तिनीहरू भित्तातिर आतुरिंदै अघि बढ्छन्।
अनि तिनीहरूको रक्षा ढाल भित्ता भत्काउने यन्त्रमाथि राख्छन्।
6 तर बाढीका फाटकहरू खुल्लाछन्।
शत्रुहरू बाढी झैं भित्र पसिरहेकाछन्,
अनि राजाको महल ध्वंश पारिंदैछ।
7 हेर, शत्रुहरूले रानीलाई लाँदैछन्,
अनि तिनका नोकर्नीहरू छात्ती पिट्दै,
ढुकुर झैं विलाप गर्दैछन्।
8 निनवे पानीको तलाऊ जस्तैछ
जसको पानी बगेर गइरहेकोछ।
मानिसहरू चिच्याउँदै भन्दैछन्,
“पर्ख! पर्ख! भागेर नजाऊ।”
तर न त कोही रोकिए,
न त कसैले त्यसको वास्ता नै गरे।
9 हे, सैनिकहरू ज-जसले निनवेको नष्ट गरिरहेका छौ,
तिमीहरूले चाँदी लैजाऊ।
तिमीहरूले सुन लैजाऊ।
यहाँ सुन र चाँदीका धेरै वस्तुहरू छन्।
यहाँ धेरै बहुमूल्य वस्तुहरूछन्।
10 अब निनवे रित्तियो।
प्रत्येक चिज चोरियो।
शहरको बिनाश भयो।
मानिसहरूको साहस हरायो
तिनीहरूको हृदय डरले गलेकोछ।
तिनीहरूको घुँडाहरू काम्दैछन्,
तिनीहरूको शरीर काम्छ,
तिनीहरूको अनुहार डरले पहेंलो भएकाछन्।
11 सिंहहरूको गुफा अब खोई?
जहाँ सिंह अनि सिंहिनी बस्दथिए।
उनीहरूको डम्मरूहरू निर्भय साथ रहन्थे।
12 जुन सिंहहरूले आफ्ना डम्मरूहरू,
र सिंहिनीहरूको निम्ति कति शिकार मारेको थियो,
अनि आफ्नो गुफा भरेको थियो।
त्यसले आफ्नो ओढारमा शिकार गरेर ल्याएका पशुहरूले
र चिथोरेका मासुहरूले भरपुर पार्थ्यो।
13 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“निनवे म तिम्रो बिरूद्धमा छु।
म तिम्रो रथहरू जलाई दिनेछु।
म तिम्रो जवान सिंहहरूलाई तरवारले मारिदिनेछु।
तिमाले कसैलाई पनि पृथ्वीमा शिकार गर्नेछैनौ।
मानिसहरूले कहिल्यै पनि तिम्रो बारेमा नराम्रो समचारहरू सुन्ने छैनन्।”
5 तिमी आफैंलाई नियालेर हेर। तिमीहरू विश्वासमा बाँचेकाछौ कि छैनौ, जाँच गर। येशू ख्रीष्ट तिमीहरूमा छन् भन्ने कुरो जान्दछौ। तर त्यो जाँचमा सफल भएनौ भने ख्रीष्ट तिमीहरूका अन्तरमा हुनु हुन्न। 6 तर म आशा गर्छु, तिमीहरूले जान्ने छौ कि हामी यस जाँचमा विफल बनेका छैनौं। 7 परमेश्वरलाई हाम्रो प्रार्थना छ, तिमीहरूले कुनै नराम्रो काम गर्ने छैनौ। हामी जाँचमा सफल बनेको अरू मानिसहरूले देखुन् भन्ने कुरो हाम्रा होइन। तर ठूलो कुरो त यो छ कि यदि परीक्षमा हामी आफैं असफल भएको मानिसहरूले सोचे पनि जुन असल हो तिमीहरू त्यही काम गर। 8 सत्यको विरूद्ध हामी केही गर्न सक्दैनौं। हामी सत्यका निम्ति जे छ त्यो गर्न मात्र सक्छौं। 9 तिमीहरू दरिलो बन्यौ भने हामी दुर्वल हुनुमा खुशी छौं। हाम्रो प्रर्थाना छ तिमीहरू दिरिलो बन्दै जानेछौ। 10 तिमीहरूसित नहुँदा म यी कुराहरू लेख्दैछु जसमा कि आउँदा खेरि मैले मेरो अधिकार कड़ासँग प्रयोग गर्न नपरोस्। तिमीहरूलाई विनाश गर्ने होइन तर बलियो बनाउने त्यो शक्ति प्रभुले मलाई दिनुभयो।
© 2004, 2010 Bible League International