Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
103 मेरो आत्मा, परमप्रभुको प्रशंसा गर!
प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।
2 हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर
अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।
3 परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ।
उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।
4 परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ
अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।
5 परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ।
उहाँले हाम्रो जवानीलाई
गरूड़ जस्तो नयाँ तुल्याउनुहुन्छा।
6 परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ,
जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ।
7 परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो।
परमेश्वरले उहाँको शक्तिशाली कामहरू इस्राएल का मानिसहरूलाई देखाउनु भयो।
8 परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ।
परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ।
9 परमप्रभुले सधैँ आलोचना गर्नु हुन्न
परमप्रभु सधैँ हामीसँग क्रोधित भएर बस्नु हुन्न।
10 हामीले परमेश्वरको विरूद्ध पाप गर्यौं।
तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन,
जसको लागि हामी योग्य थियौं।
11 परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा
पृथ्वीदेखि आकाशको उचाई जस्तै अग्लो छ।
12 अनि परमेश्वरले हाम्रो पापहरू
पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
13 परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ,
जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।
अनिकालको समय शुरू हुन्छ
53 सात बर्षसम्म मानिसहरूले जति चाहान्थे खाने अन्न पाए तर त्यसपछि ती बर्षहरू बिते। 54 अनि यूसुफको भविष्यवाणी अनुसार नै सात बर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अंञ्चलहरूमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचूर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए। 55 जब अनिकाल शुरू भयो मिश्रका मानिसहरूले फिरऊनलाई अन्नको दावी गरे अनि तिनले आफ्नो देशका मानिसहरूलाई भने, “यूसुफकहाँ जाऊ अनि सोध के गर्नु पर्छ।”
56 प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो। 57 प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो।
सपना साँच्चो भयो
42 कनानमा पनि खराब प्रकारले नै अनिकाल लाग्यो। तर याकूबले मिश्र देशमा अन्न छ भनी थाहा पाए। यसर्थ याकूबले आफ्नो छोराहरूलाई भने, “हामी यहाँ किन यसरी बसिरहेका छौं। 2 बेच्नको निम्ति मिश्र देशमा अन्न राखिएको छ भनी मैले सुनेको छु। यसर्थ अन्न किन्नको निम्ति हामी त्यहाँ जाऊँ जसले गर्दा हामी आफैंलाई अनिकालबाट बचाउनेछौं।”
3 यसर्थ मिश्रमा अन्न किन्न यूसुफका दाजुहरू मध्ये दश जना गए। 4 याकूबले बिन्यामीनलाई पठाएनन्। (यूसुफका भाइहरूमा बिन्यामीन मात्र आफ्नै भाइ हो।) बिन्यामीनलाई केही नराम्रो होला भनेर याकूब डराए।
5 कनानमा अनिकाल औधी नै लगेको थियो, मिश्र देशमा अन्न किन्न जानेहरूमा कनानबाट धेरै मानिसहरू थिए। तिनीहरू मध्ये इस्राएलका छोराहरू पनि थिए।
6 त्यस समयमा मिश्र देशका प्रशासक यूसुफ थिए। त्यहाँ यूसुफ मात्र एकजना मानिस थिए, जसले मिश्र देशमा मानिसहरूलाई अन्न बेच-बिखन गरिएको निरीक्षण गर्थे। यसर्थ तिनका दाज्यू-भाइहरू तिनीकहाँ आए अनि शिर निहुर्याएर नमस्कार गरे। 7 यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई देखे अनि चिने। तर तिनले आफ्नो दाज्यू-भाइहरूलाई नचिने झैं गरे। तिनले तिनीहरूसित निष्ठूरतापूर्ण शब्दहरूमा कुरा गरे। तिनले भने, “तिमीहरू कहाँबाट आएका हौ?”
ती दाज्यू-भाइहरूले उत्तर दिए, “हामी कनान देशबाट आएका हौं। यहाँ हामी अन्न किन्न् आएका हौं।”
8 यूसुफले चिने तिनीहरू तिनका दाज्यू-भाइहरू हुन् तर तिनी को हुन् तिनीहरूले चिनेनन्। 9 यूसुफले आफ्नो दाज्यू-भाइहरूको विषयमा देखेको सपना सम्झे।
यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई भने, “तिमीहरू जासूसहरू हौ, अन्न किन्न आएकाहरू होइनौ। हामी कहाँ दुर्बल छौं त्यो जान्न आएका हौ।”
10 तिनीहरूले उत्तर दिए, “हे महाशय तपाईंका सेवकहरू यहाँ खाद्यान्न किन्न मात्र आएका छन्। 11 हामीहरू सबै दाज्यू-भाइहरू हौं, हामी सबैका बाबु एउटै हुन्। हामी ईमानदार मानिसहरू हौं। हामी खाली अन्न किन्न आएका छौं।”
12 तब यूसुफले तिनीहरूलाई भने, “होइन। हामी कहाँ दुर्बल छौं त्यो जान्न तिमीहरू आएका हौ।”
13 अनि तिनीहरूले उत्तर दिए, “होइन, हामी सबै दाज्यू-भाइहरू हौं। हाम्रो परिवारमा हामी बारह्रजना दाज्यू-भाइहरू छौं। हामीहरू सबैको एकजना बुबा हुनुहुन्छ। हाम्रो कान्छो भाइ घरमा बुबासित छ। एकजना भाइ धेरैअघि मर्यो। हामी, तपाईंका दासहरू, कनानको भूमिबाट आएका हौं।”
14 तर यूसुफले भने, “होइन। म बुझ्नसक्छु म भूलमा छैन। तिमीहरू जासूसहरू हौ। 15 तर म तिमीहरूलाई आफू सत्य भएको प्रमाण गर्ने मौका दिन्छु। म राजा फिरऊनको नाउँमा शपथ खान्छु जबसम्म तिमीहरूको कान्छो भाइ यहाँ आउँदैन त्यतिञ्जेलसम्म तिमीहरूलाई जान दिने छैन। 16 तिमीहरू मध्ये एक कान्छो भाइलाई यहाँ म भएकोमा ल्याउन जान दिन्छु अनि अरू दाज्यू-भाइहरूलाई झ्यालखानमा राख्नेछु। तिमीहरूले साँचो कुरो गरेको हो होइन हामी हेर्नेछौं तर म विश्वास गर्छु तिमीहरू जासूसहरू हौ।” 17 त्यसपछि यूसुफले तिनीहरूलाई तीन दिनसम्म झ्यालखानमा राखे।
9 “त्यसपछि ती पिताहरू यूसुफसँग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसँग परमेश्वर हुनुहुन्थ्यो। 10 यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए। 11 तर सम्पूर्ण मिश्रदेश र कनानमा अनिकाल लागेको थियो। यसले मानिसहरूलाई अत्यन्त यातना भोगायो। हाम्रा पुर्खाहरूले खाने-कुरा केही पाउन सकेनन्।
12 “तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो। 13 पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए। 14 तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)। 15 यसकारणा याकूब मिश्र देश आए। याकूब र हाम्रा पुर्खाहरू नमरून्जेल सम्म त्यहाँ बसे। 16 त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।
© 2004, 2010 Bible League International