Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 119:33-40

हेथ्

33 हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्,
    अनि म होशियारीसित तिनीहरूको अनुशरण गर्नेछु।
34 मलाई बुझ्न सहायता गर्नु होस्
    अनि म तपाईंको व्यवस्था पालन गर्ने छु।
35 हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्।
    म साँच्चो रूपले त्यो जीवन शैली अपनाउने छु।
36 मलाई धनाढ्य हुनुको सट्टामा
    तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्।
37 परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्।
    तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।
38 त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो
    ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्।
39 हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु
    त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्।
40 हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु।
    तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।

इजकिएल 24:1-14

भाँडो अनि मासु

24 परमप्रभु मेरो मालिकको वचन मकहाँ आयो। त्यो दिन देशबाट निकालिएको नवौं बर्षको दशौं महीनाको दशौं दिन थियो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! आजको दिन र आजैको दिनको नाम लेखिराख ‘आजै बाबेलको राजाको सेनाले यरूशलेमलाई घेर्यो।’ यो कुरा त्यो घरानालाई (इस्राएल) भन जुन परिवार आज्ञा पालन गर्न अस्वीकार गरिरहेछ। उसलाई यो कुराहरू भन। ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:

“‘भाँडा आगोमाथि राख,
    भाँडा राख अनि त्यसमा पानी हाल।
त्यसमा राम्रो-राम्रो टुक्राहरू हाल,
    फिला अनि कुमको मासुको टुक्राहरू हाल।
भाँडा सर्वोत्तम हड्डीहरूले पूरा भर।
    बगालको राम्रो-राम्रो पशुहरू मार,
भाँडाको तल पूरा आगो लगाऊ,
    अनि मासुको टुक्राहरू पकाऊ।
सुरूवालाई त्यस बेला सम्म पकाऊ,
    जब सम्म हड्डीहरू राम्रोसँग पाक्दैन!’

“‘यसर्थ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
यो यरूशलेमको निम्ति नराम्रो हुन्छ।
    यो हत्याराहरूले भरिएको शहरका निम्ति नराम्रो हुन्छ।
यरूशलेम त्यो भाँडा जस्तै हो जसमा खियाको दाग छ,
    अनि त्यो खियाको दाग जब सम्म हट्दैन,
त्यो भाँडा शुद्ध हुँदैन यसकारण मासुको प्रत्येक टुक्रा,
भाँडाबाट बाहिर निकाल! त्यो मासु नखाऊ।
    पूजाहारीलाई त्यो बेकामको मासुबाट एउटा टुक्रा पनि छान्न नदेऊ!
यरूशलेम त्यो कलंकित दाग लागेको भाँडा जस्तै हो।
    किनकि त्यसले बगाएको रगत त्यहाँ अहिले सम्म छ!
उसले खुल्ला चट्टानमा रगत हाली।
    उसले रगत भूईंमा पोखाई अनि त्यसलाई धूलोले छोपीदिई।
मैले त्यसको रगत खुल्ला चट्टानमा हालें।
    यसकारण यो नछोपियोस्।
मैले यसो गरें जसबाट मानिसहरू क्रोधित होउन्,
    अनि उसले निर्दोष मानिसहरूलाई हत्याको दण्ड दिओस्।

“‘यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
हत्याराहरूले भरिएको यो शहरमा नराम्रो हुनेछ।
    म आगोको लागि दाउराको थुप्रो लगाई दिन्छु।
10 भाँडाको मुनि धेरै दाउरा लगाऊ।
    आगो बाल राम्रोसँग मासु पकाऊ।
मसला मिलाऊ अनि हड्डीहरू बेस्सरी पकाऊ,
    जब सम्म ती हड्डीहरू गल्दैनन्।
11 तब भाँडालाई खाली कोईलामा छोडीदेऊ।
    यसलाई यति तातो हुनु देऊ कि
यसको दाग पनि डडोस्।
    त्यहाँबाट अपवित्रता पूरै जाओस् अनि खिया नाश होस्।

12 “‘यरूशलेमले आफ्नो दागलाई धनुको लागि,
    कठोर परिश्रम गर्न सक्छ
तर त्यो ‘खिया’ जाँदैन।
    आगोले (दण्डले) मात्र त्यो खिया हटाउनु सक्छ!

13 “‘तिमीले मेरो विरूद्ध पाप गर्यौ,
    अनि पापले कलंकित भयौ मैले तिमीलाई नुहाई दिन खोजें,
अनि तिमीलाई शुद्ध बनाउन चाहें।
    तर दाग बाहिर आएन।
म तिमीलाई फेरि नुहाई दिन चाहाँदिन।
    जब सम्म मेरो तातो क्रोध तिमी प्रति समाप्त हुँदैन।

14 “‘म परमप्रभु हुँ। मैले भनें, तिमीले दण्ड पाउनेछौ, अनि म यो गराउँछु। म दण्ड रोक्ने छैन। म तिम्रो निम्ति दु:खीत हुने छैन। म तिमीलाई अपवित्र कामहरूको निम्ति दण्ड दिन्छु, जो तिमीले गर्यौ। परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।’”

2 कोरिन्थी 12:11-21

कोरिन्थिका ख्रीष्टयन प्रति पावलको प्रेम

11 म मूर्ख जस्तो बोल्दै छु। तर यसो गर्न मलाई तिमीहरूले नै लगायौ। तिमीहरूले मेरो विषयमा राम्रो भन्नु पर्छ। म केही पनि होइन, तर ती “महान् प्रेरितहरू” कुनै खण्डमा पनि म भन्दा श्रेष्ट होइनन्। 12 जब म तिमीहरूसित थिएँ मैले त्यस्तो कार्य गरें जसबाट प्रमाण भयो कि म एक प्रेरित थिएँ। मैले चिन्हहरू, आश्चर्यकर्महरू र अलौकि कार्यहरू देखाएँ। एकदमै धैर्यसित मैले ती कार्यहरू सम्पन्न गरें। 13 कुन विषयमा तिमीहरू अन्य मण्डलीहरू भन्दा निम्न स्तरका थियौ? यसमा मात्र नत्र अन्य कुनै कुरोमा म आफैं तिमीहरूकोलागि भार भइनँ। यस विषयमा म तिमीहरू भन्दा तल भए मलाई क्षमा देऊ।

14 तेस्रो पल्ट म तिमीहरूकहाँ आउन तयार छु। म तिमीहरूको भार हुने छैन। तिमीहरूसित भएको कुनै कुरोमा मेरो कुनै चासो छैन। मेरो चासो केवल तिमीहरू मात्र हौ। आफ्नो आमा बाबुहरूकोलागि जोगाड गर्नु केटा-केटीहरूको कर्त्तव्य होइन तर आमा-बाबुले नानीहरूको निम्ति जगेरा गर्नु पर्छ। 15 यसकारण मसँग भएको सबै तिमीहरूलाई दिन म खुशी छु। तिमीहरूका निम्ति म आफैंलाई पनि सुम्पन्छु। यदि मैले तिमीहरूलाई अत्यन्तै माया गरें भने के तिमीहरूले मलाई कम्ती माया गर्छौ?

16 यो प्रष्ट छ कि म तिमीहरूको भार भइदिएको छैन। तर तिमीहरू भन्न सक्छौ कि म यति चलाख कि तिमीहरूलाई फँसाउन मैले धूर्त्यंईं प्रयोग गरें। 17 तिमीहरूकहाँ पठाइएको ती मानिसहरूद्वारा मैले तिमीहरूबाट शोषण गरें? तिमीहरू जान्दछौ, मैले तिमीहरूलाई शोषण गरिन। 18 मैले तितसलाई तिमीहरूकहाँ पठाएँ अनि उनीसित हाम्रा भाइ पठाएँ। तीतसले तिमीहरूबाट लाभ उठाएनन्। उनले उठाए? अँहँ तिमीहरू जान्दछौ तितस र मैले यी कुराहरू एउटै मनसायले गर्यौं।

19 के यतिन्जेल हामीले यी सब आफ्नै बचाउको लागि भन्दैथ्यौं? होइन। म परमेश्वर अघि अनि प्रभुको अघि भन्छु। तिमीहरू हाम्रा प्रिय मित्रहरू हौ। अनि जति हामी गर्छौं, तिमीहरूलाई दरिलो बनाउन गर्छौं। 20 म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ तर्क, डाह, रिस, झगड़ा, ठूल्ठूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला 21 मलाई डर छ, म तिमीहरूकहाँ फेरि आउँदा मेरो परमेश्वले मलाई तिमीहरूका सामु लन्जित पार्नु हुनेछ। धेरै जना ज-जसले पहिले पाप गरेका थिए तर आफ्नो अनैतिकता, यौन पाप अनि लाजमर्दो कर्मको निम्ति पछुतो गर्न, आफ्नो हृदय परिवर्त्तन गरेका छैनन् र मैले तिमीहरूको लागि शोक गर्नु पर्ला।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International