Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 26:1-8

दाऊदको भजन।

26 हे परमप्रभु मेरो न्याय गर्नुहोस्।
म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्।
    म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।
हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्।
    मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्।
मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन,
    अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।
म ती व्यर्थका मानिसहरू मध्येको होइनँ।
    म दुष्टहरूका संगतलाई घृणा गर्छु।
म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु।
    म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैनँ।

हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस्,
    म तपाईंको वेदीको वरिपरि हिँड्न सकुँ।
हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु।
    म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।
हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु।
    म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

यर्मिया 15:1-9

15 परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दु:खी हुने थिइनँ। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन। ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ:

“‘मैले कसैलाई मर्नको लागी छानेको छु,
    ती मर्नु पर्नेहरू मरून्,
जसलाई मैले तरवारले मारिन छानेको छु,
    तिनीहरू तरवारले नै मारिउन,
अनिकालमा पर्नु पर्नेहरू अनिकालमा नै परून्,
    अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।
म चार प्रकारको बिनासकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’
    यो परमेश्वरबाट आएको सन्देश हो।
‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु।
    तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु।
म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर
    आकाशका चराहरू र जानवरहरू पठाउनेछु।
यहूदाका राजा हिजकियाहका छोरो
    मनश्शेले यरूशलेममा जे गरेको छ।
त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति
    यहूदाका मानिसहरूलाई
म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’

“यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दु:खी हुने छैन।
    कुनै मानिस पनि तिम्रो निम्ति दु:खी साथै रूने छैन
    कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन्।
यरूशलेम, तिमीले मलाई त्याग्यौ।”
    यो सन्देश परमप्रभुबाट आएको छ।
“तिमी जाऊ।
    यसकारण म तिमीलाई नष्ट पार्छु।
    तिमीलाई दया देखाउँदा देखाउँदा म थाकिसकें।
म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले
    यस ठाउँको शहरका फाटकहरूमा
तितर-बितर पारिदिनेछु।
    मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु।
    म तिनीहरूका नानीहरू लैजानेछु।
धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्।
    त्यहाँ बेशी विधवाहरू हुनेछन्
म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु,
    त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ।
म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु,
    म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।
शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ,
    अनि मानिसहरूलाई मार्ने छ।
तिनीहरूले यहूदाका बाँकी रहेकाहरूलाई मार्नेछ।
    सातजना छोराहरूकी आमा थकित हुन्छे अनि मर्छे।
उसका निम्ति मध्यदिनमा सूर्य अस्ताउँछ।
    उसलाई अपमानित र लज्जित पारिनेछ।
बाँकी रहेका मानिसहरू शत्रुहरूको अघि युद्धमा मारिनेछन्,”
परमप्रभु भन्नुहुन्छ।

2 थिस्सलोनिकी 2:7-12

पापको गुप्ती शक्तिले अहिले पनि संसारमा काम गरिरहेकै छ। तर एक शक्ति छ जसले त्यो दुष्टको शक्तिलाई रोकिराखेको छ। र त्यसलाई बाटोदेखि नपन्छ्याइन्जेल सम्म त्यसलाई यसरी नै रोकेरै राखिनेछ। त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ। त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ। 10 दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन् किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।

11 तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भड्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्। 12 त्यसकारण जस-जसले सत्यमा विश्वास गर्दैनन् तिनीहरू दण्डित हुन्छन्। तिनीहरूले सत्यता स्वीकारेनन् तर तिनीहरू दुष्टाँई कर्महरूमा आनन्दित भए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International