Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 138

दाऊदको भजन।

138 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
    सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
    म तपाईंको नाउँको प्रशंसा गर्छु,
    तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
    अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
    अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।

हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
    पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
    किनभने परमप्रभुको महिमा महान् छ।
परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
    तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
    तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
    यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
    परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
    परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

इजकिएल 31:15-18

15 परमप्रभु मालिक भन्नुहुन्छ, “त्यस दिन जब त्यो रूख चिहानमा गयो, मैले मानिसहरूलाई शोक मनाउँन लाएँ। मैले त्यो रूखलाई गहिरो पानीमा चोपिदिएँ। मैले रूखको नदीहरू रोकिदिएँ अनि रूखकोलागि पानी बग्नु पनि रोकिदिएँ। मैले लबानोनलाई यसको निम्ति शोक मनाउन लगाएँ। खेतको सबै रूख यो ठूलो रूखको शोकले रोगी भए। 16 मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे। 17 हो, त्यो रूख पनि ठूलो रूखसँग मृत्युको चिहानमा गयो। तिनीहरू ती मानिसहरूसँग जम्मा भए, जो युद्धमा मारिएका थिए। त्यो ठूलो रूखले अरू रूखहरूलाई शक्तिशाली बनायो। त्यो रूख राष्ट्रमा, त्यो ठूलो रूखको छाँयामा बस्थ्यो।

18 “यसकारण, त्यहाँ अदनमा धेरै ठूला-ठूला अनि शक्तिशाली रूखहरूछन्। कुन रूखसँग मैले तिम्रो तुलना गर्नु? तिमी अदनको रूखसँग पाताल लोक जानेछौ। तिमीहरू खतना नभएका मानिसहरू अनि ती मृत्यु युद्ध भूमिमा मारिएकाहरूसित सम्मिलित हुनेछौ।

“हो, यो फिराऊन अनि उसको सबै मानिसहरूसँग हुनेछ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो!

2 कोरिन्थी 10:12-18

12 हामी आफैंलाई त्यस्ता मानिसहरूको स्तरमा राख्ने आँट गर्दैनौं जो आफूलाई खुबै महत्वपूर्ण सम्झन्छन्। हामी आफूलाई तिनीहरूसित दाँज्दैनौं। तिनीहरू आपसमा आफू आफैं तुलना गर्छन्, तुलनाको स्तर तिनीहरू आफैं हुन् औ तुलनाको नापदण्ड आफैंलाई बनाउँछन्। यसले तिनीहरू केही जान्दैनन् भन्ने देखाउँछ।

13 तर हामी सीमा नाघरे गर्व गर्दैनौ, हाम्रो गर्वको सीमा परमेश्वरले हामीलाई अह्राएको काम सम्म हुनेछ। यो काम हाम्रो तिमीहरूसिंतको काम अन्तर्गत पर्छ। 14 हामी ज्यादा गर्व गर्दैनौ। यदि हामी तिमीहरू भएकोमा अहिले सम्म नपूगेको भए, हामी निकै गर्व गर्थ्यौं। तर हामी वास्तवमा तिमीहरूकहाँ आउपुगेकाछौं हामी तिमीहरूकहाँ ख्रीष्टको सुसमाचार लिएर आयौं। 15 हामी आफ्नै कार्य क्षेत्रमा मात्रै आफ्नो गर्वलाई सीमित राख्छौं। अरूले गरेको काममा गर्व गर्दैनौं। हामी आशा गर्छौं, तिमीहरूको विश्वास बढ़छ, तिमीहरूले हाम्रो कामको क्षेत्र अझै व्यापक बनाउनमा सहायता गर्नेछौ। 16 हामी तिमीहरूको शहर बाहिरी क्षेत्रमा पनि सुसमाचार प्रचार गर्न चाहन्छौं। अर्को इलाकामा अघि नै भइसकेको काममा हामी गर्व गर्दैनौं। 17 तर “जसले गर्व गर्छ उसले प्रभुमा गर्व गर्नु पर्छ।”(A) 18 किनभने असल मानिस उसलाई मानिन्छ जसलाई प्रभुले ग्रहण गर्नु भएको छ, तर उसलाई होइन जसले आफैंलाई असल मान्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International