Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
138 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
2 हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
म तपाईंको नाउँको प्रशंसा गर्छु,
तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
3 हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।
4 हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
5 तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
किनभने परमप्रभुको महिमा महान् छ।
6 परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
7 परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
8 परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!
11 परमप्रभु मेरो मालिकको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 12 “हे मानिसको छोरो, टायरको राजाको विषयमा दु:खपूर्ण गीत गाऊ। उसलाई भन, ‘मेरो स्वामी परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
“‘तिमी आदर्शवाद मानिस थियौं,
तिमी बुद्धिले परिपूर्ण थियौं, तिमी पूर्णत सुन्दर थियौ।
13 तिमी अदनमा थियौं, परमेश्वरको बगैंचामा,
तिमीसँग प्रत्येक बहुमूल्य रत्न थियो,
माणिक, लालमणि, पुष्पराज, पन्ना, पीनमणि, हीरा, फिरोजा,
गोमेद, आनिकस, जस्पर नीलम, हरितमणि अनि नीलमणि,
अनि हेरक रत्नमा सुन जडिएको थियो।
तिनीहरूलाई यो सुन्दरता दिएको थियो
जुन दिन तिम्रो सृजना गरिएको थियो,
तिनीहरू तिम्रो लागि तयार गरिए।
परमेश्वरले तिमीलाई बलियो बनाउनुभएको थियो।
14 तिमी चुनिएका करूब स्वर्गदूत थियौं।
तिम्रो पखेंटा मेरो सिंहासन सम्म फैलिएको थियो
अनि मैले तिमीलाई परमेश्वरको पवित्र पर्वतमा राखें।
तिमी त्यो रत्नको बीचमा हिँड्यौ जुन आगो जस्तै दन्किरहेको थियो।
15 तिमी असल अनि ईमान्दार थियौं जब मैले तिमीलाई बनाएँ।
तर त्यसपछि तिमीमा दुष्ट कुरो पाइयो।
16 तिम्रो व्यापारले तिमीकहाँ धेरै सम्पत्ति ल्यायो
तर त्यसले तिमीभित्र क्रुरता उत्पन्न गरायो अनि तिमीले पाप गर्यौं।
यसकारण मैले तिमीसँग यस्तो व्यवहार गरें,
मानौं तिमी अपवित्र चीज हौ।
मैले तिमीलाई परमेश्वरको पर्वतमा फ्याँकिदिएँ।
तिमी विशेष करूब स्वर्गदूतहरू मध्ये एक थियौ
तिम्रो पखेंटा मेरो सिंहासनमा फैलिएको थियो,
तर मैले तिमीलाई आगो जस्तो चम्किने रत्नहरू छोड्न बाध्य गराएँ।
17 तिमी आफ्नो सुन्दरताको कारण घमण्डी भयौं,
तिम्रो घमण्डले तिम्रो बुद्धि नष्ट पार्यो,
यसैकारण मैले तिमीलाई तल जमीनमा ल्याएँ
अनि राजाहरूको अघि फ्याँकें ताकि तिनीहरू तिम्रो विनाश देख्न सकुन्।
18 तिमीले धेरै नराम्रो काम गर्यौ,
तिमी अत्यन्तै कपटी व्यापारी थियौ।
यसप्रकारले तिमीले पवित्र स्थानहरू अपवित्र बनायौ,
यसैकारण मैले तिमीभित्र आगो ल्याई दिए,
यसकारण तिमीलाई आगोले जलायो,
अनि तिमी जमीनमा खरानी भयौं।
अब प्रत्येकले तिम्रो लाज देख्नेछन्।
19 “‘अरू देशको सबै मानिसहरू,
तिमीमाथि जे घट्यो, त्यसको लागि शोक ग्रस्त थिए।
तिमीमाथि जे घट्यो त्यो देखेर मानिसहरू भयभीत भए।
तिम्र अन्त भयो।’”
ख्रीष्टियनहरूमाझ न्यायको समस्या
6 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा भएको छ, भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्यसले आँट गर्छ? 2 के तिमीहरूलाई थाहा छैन परमेश्वरका मानिसहरू संसारकै न्याय गर्छन्? यदि तिमीहरूले संसारको न्याय गर्दैछौ भने तिमीहरूको आपसको सानो कलह किन मिलाउदैनौ? 3 तिमीहरू जान्दछौ भविष्यमा हामी स्वर्गदूतहरूको न्याय गर्ने छौं। तब हामी राम्ररी यस्ता दैनिक जीवनका विषयका कुराहरू न्याय गर्न सक्छौं। 4 यसर्थ न्याय गरिनु पर्ने त्यस्ता मतभेद भए त्यसलाई किन बाहिरका मानिसहरूकहाँ लैजान्छौ? मण्डलीका निम्ति तिनीहरू कोही पनि होइनन्।
5 म तिमीहरूलाई शर्ममा पार्न यो भन्छु। तिमीहरूका समूहमा, कोही न कोही ज्ञानी जनहरू अवश्यै होलान् जसले दुइ भाइहरूको माझको कलह न्याय गर्न सक्लान्। 6 तर अहिले, एउटा भाइ अर्को भाइको विरूद्धमा अदालत जान्छ। अझ यो भन्दा खराब त तिनीहरू यस्ता मानिसहरूलाई अपील गर्छौ जो विश्वासीहरू होइन।
7 एका अर्कोको विरुद्धमा मामला लाउनु नै तिमीहरूको हार हो। बरू अन्याय किन नसहनु? बरू किन आफैंँ ठगिदैनौ? 8 तिमी आफैं गल्ती गर्छौ अनि अरूलाई ठग्छौ। अनि त्यो पनि आफ्नै ख्रीष्टको दाज्यू-भाइहरू माझ!
9-10 अन्याय गर्नेहरूले परमेश्वरको राज्य पाउने छैनन् भन्ने कुरा तिमीहरू अवश्यै जान्दछौ। आफैं धोका नखाऊ। जसले अनैतिक गर्छ, जसले मूर्ति पूजा गर्छ, जो यौन व्याभिचार, जो पुरूषगामी, समलिंगी गमन, जसले चोरी गर्छ, जो स्वार्थी छ, जो मात्छ, जसले अर्काको निन्दा गर्छ र अरूलाई ठग्छ त्यस्ताहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्। 11 अघि तिमीहरू पनि कतिपय यस्तै थियौ। तर अब तिमीहरू धोइएका छौ, पवित्र बनाइएका छौ अनि हाम्रा प्रभु ख्रीष्टको नाउँमा अनि हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरको निम्ति धार्मिक बनाइएका छौ।
© 2004, 2010 Bible League International