Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 87

कोरह परिवारहरूको एउटा भजन-स्तुतिगान।

87 परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।
    परमप्रभुले इस्राएलका अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मनपराउनु हुन्छ।

परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।
परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ।
    ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्।
    ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए।
परमेश्वरले सियोनमा जन्मेका
    प्रत्येक मानिसलाई चिन्नु हुन्छ।
    सर्वोच्च परमेश्वरले त्यो शहर बनाउनुभयो।
परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ।
    तिनीहरू कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ।

परमेश्वरका मानिसहरू खास छुट्टीहरू मान्नलाई यरूशलेम जाँदछन्,
र सुखी छन्, तिनीहरू गाइरहेछन् र नाचिरहेछन्,
    तिनीहरू भन्दछन्, “प्रत्येक असल कुराहरू यरूशलेमबाट आउँदछ।”

यशैया 43:8-13

परमेश्वर भन्नुहुन्छ, “जसका आँखाहरू छन् तर तिनीहरू अन्धा छन् भने, ती मानिसहरू मकहाँ ल्याऊ। ती मानिसहरू मकहाँ ल्याऊ जसका कानहरू छन् तर बहिरा छन्। सबै मानिसहरू र जाति-जातिहरू राष्ट्र एकैसाथ भेला हुनुपर्छ। हुन सक्छ तिनीहरूका झूटा देवताहरू मध्ये एकजनाले प्रारम्भमा के भएको थियो बताउन चाहन्छ। तिनीहरूले आफ्ना कुरालाई प्रमाणित पार्नलाई साक्षीहरू पनि ल्याउनु पर्छ। साक्षीहरूले साँच्चो कुरा बोल्नु पर्छ। तब तिनीहरू ठीक रहेछन् भन्ने साबित हुनेछ।”

10 परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो साक्षी हौ। मैले चुनेका दास तिमी हौ। मैले तिमीहरूलाई छानें ताकि तिमीहरूले मानिसहरूलाई मप्रति विश्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि ‘म नै उही हुँ’ म नै साँचो परमेश्वर हुँ। मभन्दा पहिल्ये त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पश्चात पनि कोही परमेश्वर हुने छैन। 11 म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही पनि मुक्तिदाता छैन। 12 म एकजना हुँ जसले तिनीहरूसित बोल्यो। मैले तिमीलाई बचाएँ, मैले ती कुराहरू भनें। त्यो तिमीसित जो थियो नयाँ वस्तु होइन। तिमी म साक्षी हौ अनि मेरो तिम्रो परमेश्वर हुँ।” परमप्रभु आफैंले यी कुरा भन्नुभयो, 13 “म सधैँ नै परमेश्वर रहेको छु। जब म कुनै काम गर्छु, कसैले पनि त्यो मैले गरेको कुरा बद्लिन सक्तैनँ। अनि कसैले पनि मानिसहरूलाई मेरो शक्तिबाट बचाउनँ सक्तैन।”

रोमी 11:13-29

13 अब म तिमीहरूसँग बोलिरहेछु जो यहूदीहरू होइनौ। म गैर-यहूदीहरूको प्रेरित हुँ। यसैले जति बेला मसँग त्यो कर्म हुन्छ, म यथासक्य असल गर्छु। 14 म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु। 15 परमेश्वर यहूदीहरूसँग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ।

16 यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्।

17 भद्रक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियौ। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौ। 18 यसैले भाँचिएका हाँगाहरू भन्दा ठूला बन्ने घमण्ड नगर। तिमीहरूले घमण्ड गर्ने कुनै कारण छैन। किन तिमीहरूले त्यो जरामा प्राण भर्दैनौं? त्यो जराले पो तिमीहरूलाई प्राण दिन्छ। 19 तिमीहरूले भन्नेछौ, “हागाँहरू भाँचिएर गए जसमा कि म रूखमा कलमी बनाउन सकुँ।” 20 त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन। 21 परमेश्वरले प्राकृतिक हाँगाहरूलाई नजोगाए जस्तै यदि तिमीहरूले विश्वास गरिरहेनौ भने उहाँले तिमीहरूलाई जोगाउनु हुने छैन।

22 यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभित्र रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौ भने तिमी रूखका हाँगाहरू काटिए झौं, काटिने छौ। 23 अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए 24 एउट असल भद्राक्षको रूखमा जंगली भद्राक्ष का हाँगाहरू कलम सार्नु प्राकृति कुरो होइन। तर तिमी गैर-यहूदीहरू जङ्गली भद्राक्ष रूखका हाँगाहरू जस्ता हुन्। यसकारण निःसन्देह तिनीहरू मूल रूखमा कलमी सार्न सकिन्छ।

25 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अ-यहूदीहरू परमेश्वरकहाँ आउँदछन्। 26 अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः

“उद्धारक सियोनबाट आउनु हुनेछ;
    उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ।
27 अनि म तिनीहरूसँग यो वाचा गर्नेछु
    जब तिनीहरूका पापहरू म हरण गर्नेछु।”(A)

28 यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो। 29 परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International