Revised Common Lectionary (Complementary)
सारा जातिहरूले परमप्रभुलाई पछ्याउने छन्
56 परमप्रभुले यी कुराहरू भन्नुभयो, “सबै मानिसहरूसित न्यायपूर्वक व्यवहार गर। ठीक कुराहरू मात्र गर। किनभने मेरो मुक्ति तिमीहरूमा हुनेछ। मेरो धार्मिकता संसारभरि चाँडै प्रकट हुनेछ।
6 “कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुशरण गर्नेछन्। 7 परमप्रभु भन्नुहुन्छ, ‘म ती मानिसहरूलाई मेरो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा खुशी पार्नेछु। तिनीहरूले चढाएका होमबलि र बलिदानहरूले मलाई खुशी पार्नेछ। किनभने मेरो मन्दिर सबै जातिहरूका निम्ति प्रार्थनाको घर हुनेछ।’” 8 परमप्रभु मेरो मालिकले ती कुराहरू इस्राएलका मानिसहरूलाई भन्नुभयो।
जसलाई आफ्नो देश छोड्न बाध्य गराइयो। तर परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गर्नुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई फेरि एकपल्ट भेला गर्नेछु।”
प्रमुख संगीतकारलाई: वाद्य-वादन सहित। एउटा स्तुतिगान।
67 हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस् र आशीर्वाद दिनुहोस्।
कृपया हामीलाई ग्रहण गर्नुहोस्!
2 म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन्।
प्रत्येक जातिले देखुन् कि तपाईंले मानिसहरूलाई कसरी बचाउँनु हुन्छ।
3 हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।
4 प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकुन्।
किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ।
अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।
5 मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
हे परमेश्वर! प्रत्येक मानिसले तपाईंको गुण गाउन सकून्।
6 हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्।
हाम्रो खेतले विस्तृत फसल दिओस्।
7 हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्।
अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरको डर मानुन् आदर गरून्।
आफ्ना मानिसहरूलाई परमेश्वरले बिर्सनुभएन
11 तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ। 2 तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए,
29 परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन। 30 एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्। 31 अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो। 32 सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।
10 येशूले मानिसहरूलाइ आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ। 11 जे-जति कुरा मुखभित्र पस्छ, त्यसले मानिसहरूलाई अशुद्ध गराँउदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसहरूलाई अशुद्ध तुल्याउँछ।”
12 तब चेलाहरू येशूकहाँ आएर उहाँलाई भने, “के तपाईंलाई थाहा भयो कि तपाईंले भन्नुभएको कुराबाट फरिसीहरू रिसाए भने तपाईंले थाहा पाउनुभयो?”
13 येशूले भन्नुभयो, “स्वर्गको मेरा पिताले नरोपेको प्रत्येक बोट उखेलिनेछ। 14 फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”
15 पत्रुसले भने, “अघि तपाईंले मानिसहरूलाई भन्नु भएको कुराको हामीलाई व्याख्या गर्नुहोस्।”
16 येशूले सोध्नुभयो, “के तिमीहरूलाई पनि यो कुरा बुझ्न अझ कठिन परिरहेको छ? 17 तिमीहरू जान्दैनौ कि मुखबाट खाएको खानेकुरा पेटमा पुग्दछ। अनि त्यसपछि शरीरदेखि जे कुरा बाहिर जान्छ। त्यो काम नलाग्ने हुन्छ। 18 मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ। 19 किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्। 20 यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँछन। तर हात नधोइ खानाले मानिसलाई अशूद्ध तुल्याउँदैन।”
येशूबाट कनानी स्त्रीहरूलाई सहायता
(मर्कूस 7:24-30)
21 येशू त्यो ठाउँ छोडेर जानु भयो अनि टायर र सिडोनका क्षेत्रतिर जानुभयो। 22 त्यस क्षेत्रकी कुनै एउटी कनानी स्त्री येशूकहाँ आई। तिनले रूँदै भनिन्, “परमप्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले सताएको छ ऊ साह्रै यातनामा छे।”
23 तर येशूले त्यस स्त्रीलाई जवाफ दिन एउटा शब्द पनि भन्नु भएन। अनि चेलाहरू उहाँकहाँ आएर बिन्ती गर्न लागे, “कृपया यो स्त्रीलाई पठाइदिनु होस, यसले हाम्रो पिछा गर्दै कराइरहेकी छे।”
24 येशूले भन्नुभयो, “इस्राएलका हराएको भेंडा़को निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।”
25 त्यो स्त्री फेरि येशूकहाँ आई। येशूको अघि घोप्टो परेर त्यसले भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्।”
26 उहाँले जवाफ दिनु भयो, “नानीहरूको रोटी कुकुरलाई दिनु असल हुन्छ त?”
27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले आफ्नो मालिकको टेबलबाट झरेको रोटीका टुकाहरू खान्छन्।”
28 तब येशूले भन्नुभयो, “हे नारी तिमीमा ठूलो विश्वास रहेछ। तिमी जे चाहान्छौ म गर्नेछु।” अनि त्यसको छोरी त्यसैबेला निको भइहाली।
© 2004, 2010 Bible League International