Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: वाद्य-वादन सहित। एउटा स्तुतिगान।
67 हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस् र आशीर्वाद दिनुहोस्।
कृपया हामीलाई ग्रहण गर्नुहोस्!
2 म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन्।
प्रत्येक जातिले देखुन् कि तपाईंले मानिसहरूलाई कसरी बचाउँनु हुन्छ।
3 हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।
4 प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकुन्।
किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ।
अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।
5 मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
हे परमेश्वर! प्रत्येक मानिसले तपाईंको गुण गाउन सकून्।
6 हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्।
हाम्रो खेतले विस्तृत फसल दिओस्।
7 हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्।
अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरको डर मानुन् आदर गरून्।
परमप्रभुले प्रमाणित गर्नुहुन्छ, कि उहाँ मात्र एक परमेश्वर हुनुहुन्छ
20 “त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला होऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। (जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्। 21 यी मानिसहरूलाई भन, मकहाँ आऊ। तिनीहरूका आफ्ना मामला प्रस्तुत गर्दै ती कुराहरूका छलफल तिनीहरूलाई देऊ।)
“कसले तिमीहरूलाई ती कुराहरू बताए जुन धेरै बर्ष अघि घटेका थिए? कसले धेरै बर्षहरूदेखि यी कुराहरू लगातार भने? म, परमप्रभुले, मात्र यी कुराहरू भनें। म मात्र परमेश्वर हुँ। त्यहाँ के म जस्तो अन्य कोही देवता छ? के त्यहाँ अन्य असल देवता छ? के त्यहाँ अन्य कोही देवता छ जसले आफ्ना मानिसहरूलाई बचाउँदछ? अँह! त्यहाँ अन्य देवता छैन्। 22 टाढामा भएका सारा मानिसहरूले ती झूटा देवताहरू पछ्याउन छोड्नु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।
23 “मेरो आफ्नै शक्तिद्वारा यो प्रतिज्ञा गर्छु। अनि जब प्रतिज्ञा सत्य हो। जुन कुरा विषयमा म वचन दिँन्छु त्यो हुने नै छ। अनि म वचन दिँदछु कि प्रत्येक मानिस मेरो समक्ष झुक्नेछ। अनि प्रत्येक मानिसले मलाई पछ्याउने प्रतिज्ञा गर्नेछ। 24 मानिसहरूले भन्नेछन्, ‘धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।’”
कतिपय मानिसहरू परमप्रभुसित कोधित छन्। तर परमेश्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्। 25 असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्।
आखिरी महामारीहरू सहित स्वर्गदूतहरू
15 तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरू थिए। ती अन्तिम विपत्तीहरू थिए। किनभने यी विपत्तीहरू पछि परमेश्वरको क्रोध समाप्त हुनेछ।
2 मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरू जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरूमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरूसित वीणा थियो जो परमेश्वरले दिएका थिए। 3 तिनीहरूले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए:
“परमप्रभु-परमेश्वर, सर्व-शक्तिमान्,
तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्।
राष्ट्रहरूका राजा,
तपाईंका विचार सबै सही अनि सत्य छन्।
4 हे परमप्रभु, समस्त मानिसहरू तपाईंसित भयभीत हुनेछन्।
सबै मानिसहरूले तपाईंको नाउँको स्तुति गर्नेछन्।
किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ।
सम्पूर्ण मानिसहरू आउनेछन् अनि तपाईंको सामुन्ने प्रशंसा गर्नेछन्,
किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।”
© 2004, 2010 Bible League International