Revised Common Lectionary (Complementary)
आसापको “मस्किल” भन्ने भजन।
78 मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन।
मैले भनेका कुराहरूमा ध्यान देऊ।
2 म तिमीहरूलाई यो कथा भन्ने छु।
म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
3 हामीले ती कथाहरू सुन्यौं, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौं।
हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
4 अनि हामी त्यो कथा भुल्ने छैनौं।
हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।
हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौं,
अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।
5 परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो।
परमेश्वरले इस्राएल लाई नियम दिनुभयो।
परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो।
उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि,
ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।
6 अनि आउने भावि सन्तानहरूले पनि यो नियमको बारेमा जान्नेछन्
र तिनीहरू आफ्ना नानीहरूलाई सिकाउन सक्षम हुनेछन्।
7 यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्।
तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्।
तिनीहरूले परमेशवरको आज्ञा अनुसार उहाँको नियमहरू पालन गर्नेछन्।
8 यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका,
आज्ञाहरूको विषयमा बताए भने तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्।
तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए,
र उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे ती मानिसहरू हठ्ठी थिए।
तिनीहरू परमेश्वर प्रति विश्वासी थिएनन्।
17 तर मानिसहरूले उहाँकै विरूद्ध लगातार पाप गरिरहे।
मरुभूमिसम्म तिनीहरू सर्वशक्तिमान् परमेश्वरको विरूद्ध नै उठे।
18 तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्ने फैसला गरे,
र तिनीहरूले परमेश्वरलाई खाना मागे।
19 तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने,
“के मरुभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?
20 जब उहाँले चट्टानमा हिर्काउनुभयो,
तेजले पानी बाहिर आयो, र खोलाहरू बढेर आए।
निःसन्देह उहाँले हामीलाई केही रोटी र मासु दिन सक्नु हुन्छ!”
21 परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो।
परमेश्वर याकूबमाथि क्रोधित हुनुहुन्थ्यो।
इस्राएल का मानिसहरूसँग क्रोधीत हुनुहुन्थ्यो।
22 किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्।
तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्।
23-24 ता पनि परमेश्वरले माथि बादलहरूलाई आज्ञा गर्नुभयो,
अनि तिनीहरूको निम्ति खानाको रूपमा मन्ना बर्षाउनु भयो।
आकाश ढोकाहरू जस्तै खोलियो
अनि आकाशका भण्डारबाट अन्न बर्षाउनु भयो।
25 मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए।
परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो।
26 परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो।
उहाँले तिनीहरूमाथि आकाशबाट मासु बर्षाउनु भयो।
27 अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे,
तिनीहरू समुद्रको बालुवा जस्तै थिए।
28 ती मानिसहरूका छाउनीका वरिपरि
र छाउनीको माझमा चराहरू झरे।
29 तिनीहरूलाई खाना प्रशस्त थियो,
तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।
2 इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरुभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे। 3 मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस् त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरुभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”
4 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु। 5 छैटौं दिनमा जब मानिसहरूले तिनीहरूको भोजन तयार गर्छन, तिनीहरूले दुइ दिनको निम्ति प्रशस्त पुग्ने भोजन तयार गर्नु पर्छ।”
6 तब मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “साँझ सम्ममा तिमीहरूले जान्ने छौ परमप्रभुले नै तिमीहरूलाई मिश्र बाहिर ल्याउनु भएको हो। 7 तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसँग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।”
8 अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हारून, र मलाई गन-गन गरिरहेका छौ। हुनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बुझ तिमीहरू हारून, र मेरो विरूद्धमा होईन तर परमप्रभुको विरूद्धमा गन-गन गरिरहेका छौ।”
9 तब मोशाले हारूनलाई भने, “इस्राएली मानिसहरूसँग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुकहाँ सँगै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।’”
10 हारून इस्राएलका मनिसहरूसँग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरुभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।
11 परमप्रभुले मोशालाई भन्नुभयो, 12 “मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।’”
13 त्यस रात बट्टाई चराहरू छाउनी वरिपरि आए। बिहान त्यहाँतिर सबै छाउनी वरिपरि शीत पारेको थियो। 14 जब शीत सुक्यो भुइँमा पातलो तुसारोको पलाक जस्तो थियो। 15 इस्राएलीहरूले यी सबै देखेर एक अर्कामा सोधे, “यो के हो?”[a] तिनीहरूले सोधे किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। तब मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनु भएको भोजन हो!
31 इस्राएलीहरूले त्यस विशेष भोजनलाई “मन्न”। भन्न थाले। मन्न मसिनो धनियाँको बिऊ जस्तो सेतो थियो अनि खाँदा मह मिसाएर बनाएको पातलो रोटी जस्तै स्वादिलो थियो। 32 मोशाले भने, “परमप्रभुले भन्नु भयो, ‘तिमीहरूका सन्तानको निम्ति एक ओमेर खाद्य जोगाएर राख। मैले तिमीहरूलाई मिश्रबाट लिएर आउँदा मरुभूमिमा दिएको खाद्य भनी तिनीहरूले हेर्न सक्छन्।’”
33 अनि मोशाले हारूनलाई भने, “एउटा भाँडो ल्याऊ र त्यसमा एक ओमेर मन्न भरेर परमप्रभुकोअधि राख। आफ्नो सन्तानको निम्ति जोगाऊ।” 34 परमप्रभुले मोशालाई आज्ञा गरे जस्तै नै हारूनले गरे। हारूनले मन्नको भाँडा लगे अनि करार सामुने राखे। 35 इस्राएलीहरू 40 बर्षसम्म मन्न खाँदै बसे। तिनीहरूले तबसम्म मन्न खाए जबसम्म तिनीहरू जुन भूमिमा बस्नु थियो त्यहाँ आई पुगेनन्। तिनीहरूले कनान प्रदेश नजिकै नपुगुन्जेल मन्न खाए।
येशूले चार हजारभन्दा धेरै मानिसहरूलाई खुवाउनु भएको
(मर्कूस 8:1-10)
32 येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, “यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। अहिले तिनीहरू मसँग तिनदिनदेखि छन्, अनि तिनीहरूको खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्न घर जाने बाटोमा तिनीहरू मुर्छा पर्न सक्छन्।”
33 चेलाहरूले येशूलाई सोधे, “यी मानिसहरूलाई खुवाउन यति विघ्न भोजन हामी कहाँ पाउन सक्छौं? शहरदेखि हामी धेरै टाढा छौं।”
34 येशूले जवाफ दिनु भयो, “तिमीहरूसित कतिवटा रोटी छन्?”
चेलाहरूले जवाफ दिए, “हामीसित सातवटा रोटी र केही ससाना माछा छन्।”
35 येशूले सबैलाई भूईंमा बस्न भन्नुभयो। 36 येशूले सातवटा रोटी र केही माछा लिनुभयो। अनि भोजनकोलागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले ती रोटीलाई भाँचेर चेलाहरूलाई दिनुभयो। तिनीहरूले मानिसहरूलाई बाँडिदिए। 37 सबै मानिसहरू खाए र तृप्त भए। चेलाहरूले उब्रेका रोटीको टुक्राहरू बटुले ती सात टोकरीभरि भए। 38 त्यहाँ प्राय चार हजार मानिसहरू थिए। जसले खाए। त्यसमा स्त्री र बालकहरू पनि थिए। 39 जब तिनीहरूले खाए येशूले तिनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो अनि उहाँ एउटा डुङ्गामा चढेर मग्दानको क्षेत्रमा जानुभयो।
© 2004, 2010 Bible League International