Revised Common Lectionary (Complementary)
आसापको “मस्किल” भन्ने भजन।
78 मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन।
मैले भनेका कुराहरूमा ध्यान देऊ।
2 म तिमीहरूलाई यो कथा भन्ने छु।
म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
3 हामीले ती कथाहरू सुन्यौं, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौं।
हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
4 अनि हामी त्यो कथा भुल्ने छैनौं।
हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।
हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौं,
अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।
5 परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो।
परमेश्वरले इस्राएल लाई नियम दिनुभयो।
परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो।
उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि,
ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।
6 अनि आउने भावि सन्तानहरूले पनि यो नियमको बारेमा जान्नेछन्
र तिनीहरू आफ्ना नानीहरूलाई सिकाउन सक्षम हुनेछन्।
7 यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्।
तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्।
तिनीहरूले परमेशवरको आज्ञा अनुसार उहाँको नियमहरू पालन गर्नेछन्।
8 यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका,
आज्ञाहरूको विषयमा बताए भने तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्।
तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए,
र उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे ती मानिसहरू हठ्ठी थिए।
तिनीहरू परमेश्वर प्रति विश्वासी थिएनन्।
17 तर मानिसहरूले उहाँकै विरूद्ध लगातार पाप गरिरहे।
मरुभूमिसम्म तिनीहरू सर्वशक्तिमान् परमेश्वरको विरूद्ध नै उठे।
18 तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्ने फैसला गरे,
र तिनीहरूले परमेश्वरलाई खाना मागे।
19 तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने,
“के मरुभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?
20 जब उहाँले चट्टानमा हिर्काउनुभयो,
तेजले पानी बाहिर आयो, र खोलाहरू बढेर आए।
निःसन्देह उहाँले हामीलाई केही रोटी र मासु दिन सक्नु हुन्छ!”
21 परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो।
परमेश्वर याकूबमाथि क्रोधित हुनुहुन्थ्यो।
इस्राएल का मानिसहरूसँग क्रोधीत हुनुहुन्थ्यो।
22 किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्।
तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्।
23-24 ता पनि परमेश्वरले माथि बादलहरूलाई आज्ञा गर्नुभयो,
अनि तिनीहरूको निम्ति खानाको रूपमा मन्ना बर्षाउनु भयो।
आकाश ढोकाहरू जस्तै खोलियो
अनि आकाशका भण्डारबाट अन्न बर्षाउनु भयो।
25 मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए।
परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो।
26 परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो।
उहाँले तिनीहरूमाथि आकाशबाट मासु बर्षाउनु भयो।
27 अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे,
तिनीहरू समुद्रको बालुवा जस्तै थिए।
28 ती मानिसहरूका छाउनीका वरिपरि
र छाउनीको माझमा चराहरू झरे।
29 तिनीहरूलाई खाना प्रशस्त थियो,
तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।
परमप्रभुको सम्झना
8 “आज म जुन आज्ञाहरू दिइरहको छु ती सब तिमीहरूले पालन गर्नुपर्छ तब मात्र तिमीहरू महान् राष्ट्रमा विकास हुन सक्छौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई वचन दिनु भएको भूमि तिमीहरूले पाउनेछौ। 2 अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरुभूमिमा चालीस बर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो। 3 परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्। 4 बितेको चालीस बर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो। 5 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।
6 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू अनुशरण गर्नुपर्छ। उहाँलाई अनुशरण गर अनि सम्झना गर। 7 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ। 8 त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। 9 त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने प्रत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ। 10 तिमीहरूले खान खोजेको सबै चीजहरू त्यहाँ पाउनेछौ र त्यस्तो सब चीजले भरिभराऊ भूमि तिमीहरूलाई दिइएकोमा परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा तिमीहरूले गर्नेछौ।
धन्यवादको प्रार्थना
8 सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशू ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्। 9-10 प्रत्येक समयमा म प्रार्थना गर्दछु र सधैँ सम्झना गर्दछु। प्रभुलाई यो सत्य हो भन्ने थाहा छ। परमेश्वर एक हुनुहुन्छ जसको सेवा म आफ्नो आत्मामा उहाँकै पुत्रको सुसमाचारको प्रचारद्वारा गर्छु। म प्रार्थना गर्छु कि मलाई तिमीहरूलाई भेट्ने अनुमति दिईयोस्। परमेश्वरले चाहनु भयो भने मात्र यी सबै हुनेछन्। 11 म तिमीहरूलाई हेर्न एकदमै इच्छुक छु। म तिमीहरूलाई कुनै आत्मिक उपहार दिन चाहन्छु जसले तिमीहरूलाई दरिलो बनाओस्। 12 मेरो भन्नुको तात्पर्य हामी प्रत्येकलाई विश्वासले परस्परमा प्रोत्साहन गरोस्। तिमीहरूको विश्वासले मलाई सहयोग गर्छ अनि मेरा विश्वासले तिमीहरूलाई सहयोग गर्छ।
13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरूले जान कि मैले धेरै पटक तिमीहरूकहाँ आउने योजना गरें। म तिमीहरूकहाँ आउन चाहन्थे ताकि तिमीहरूलाई आत्मिक तवरले सहायता पुर्याउन सकुँ। म तिमीहरूलाई अन्य गैर-यहूदीहरूलाई जस्तै सहयोग गर्न चाहन्छु।
14 मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू। 15 यसैले म रोममा हुने तिमीहरूलाई पनि सुसमाचार प्रचार गर्न इच्छुक छु।
© 2004, 2010 Bible League International