Revised Common Lectionary (Complementary)
8 परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
9 परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ।
परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ।
तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
11 तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ।
तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्।
मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।
13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।
14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
परमप्रभु अफ्ना मानिसहरूलाई फेरि फर्काउन चाहनु हुन्छ
1 बेरेक्याहका छोरा जकरियाले परमप्रभुबाट यो वचन प्राप्त गरे जुन फारसका राजा दाराको दोस्रो बर्षको आठौं महिनामा आएको थियो। (जकरिया बेरेक्याहका छोरा थिए। बेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) वचन यस प्रकार छः
2 परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूप्रति क्रोधित हुनुभयो। 3 यसर्थ तिमीहरूले मानिसहरूलाई यो सबै कुरा बताउनु पर्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म कहाँ आऊ अनि म फेरि तिमीहरूकहाँ फर्केर आउँनेछु।”
4 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाहरू जस्तो नबन बितेका समयमा अगमवक्ताहरू तिनीहरूसित कुरा गर्थे। तिनीहरूले भने, ‘तिमीहरूले आफ्नो नराम्रो कु-कर्महरू छोडिदेऊ।’ तर तिमीहरूका पुर्खाहरूले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
5 परमप्रभुले भन्नुभयो, “तिमीहरूका पिता-पुर्खाहरू मरिसके अनि अगमवक्ताहरू सधैँ बाँचिरहँदैनन्। 6 अगमवक्ताहरू मेरा सेवकहरू थिए। मैले उनीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूलाई मेरो व्यावस्था अनि शिक्षाहरूको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरूका पिता-पुर्खाहरूले शिक्षाहरू ग्रहण गरे। तिनीहरूले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरूले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”
विवाहबाट एउटा उदाहरण
7 दाज्यू-भाइ, दिदी-बहिनीहरू तिमीहरू सबैले मोशाको व्यवस्था बुझ्दछौ। यसकारण निःसन्देह, तिमीहरू जान्दछौ कि व्यवस्थाले कुनै पनि मानिसलाई उ बाँचुन्जेल मात्र आफ्नो अधीनमा राख्दछ। 2 म तिमीहरूलाई एउटा उदाहरण दिदँछुः एकजना पत्नी मानिस आफ्नो लोग्ने बाँचुन्जेल सम्म उसँगै बस्नु पर्दछ। तर यदि उसको लोग्ने मर्यो भने ऊ विवाहको निम्ति विवाह विधानबाट मुक्त हुन्छ। 3 तर यदि त्यस पत्नी मानिसले आफ्नो लोग्ने छँदाछँदै अर्को पुरुषसँग विवाह गरी भने त्यसलाई व्यभिचारिणी भनिन्छ। तर यदि उसको लोग्ने चाँहि मर्यो भने ऊ विवाहको विधानबाट मुक्त बन्छे अनि यदि आफ्नो लोग्ने मरे पछि उसले अर्को पुरुषसँग विवाह गरी भने, उसलाई व्यभिचारिणीको दोष लाग्दैन।
4 त्यस्तै प्रकारले, मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिम्रा पूराना स्वभावहरू मरिसकेकाछन् र तिमीहरू पनि ख्रीष्टका शरीरद्वारा व्यस्थाबाट मुक्त बन्यौ। अब तिमीहरू कसैको भयौ। तिमीहरू ख्रीष्टको भयौ जो मृत्युबाट जगाइनु भयो। हामी ख्रीष्टका छौं र हामी परमेश्वरको सेवामा हुनसक्छौं। 5 विगतमा हामी हाम्रा पापपूर्ण स्वभावले शासित थियौं। व्यवस्थाले हामीमा पापपूर्ण कार्यहरू गर्न इच्छा जगायो जसले हाम्रो शरीर अधीनमा राख्यो। यसकारण जुन कुराहरू हामीले गर्यौ त्यसले हाम्रो आत्मिक मृत्यु भयो। 6 विगतमा, व्यवस्थाले हामीलाई कैदी बनायो। तर हाम्रा पुराना स्वभावहरू मरेर गए अनि हामी व्यवस्थावाट मुक्त गरियौं। यसैले अब हामी परमेश्वरलाई आत्माको नयाँ ढाँचाले सेवा गर्दछौं, नियमहरूमा लेखिएको पुरानो ढाँचाले होइन। अब, हामी परमेश्वरलाई आत्माद्वारा नयाँ ढाँचाले पुज्दछौं।
© 2004, 2010 Bible League International