Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 40:1-8

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

40 मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो।
    उहाँले मेरा विलापहरू सुन्नुभयो।
परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो।
    उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो।
उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो
    अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।
परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।”
    धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्,
अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्।
    तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।
त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ।
    यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।
हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ!
    तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्।
कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्!
    म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।

परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः
    तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न।
    तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।
यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु,
    जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ।
हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु।
    म तपाईंको व्यवस्था जान्दछु।

होशे 8:11-14

इस्राएलले परमेश्वरलाई भूले र मूर्तिहरूलाई पूजे

11 “एप्रैमले पाप गर्नलाई वेदीको संख्या बढायो।
    ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भए।
12 मैले त्यसका निम्ति मेरो व्यवस्थामा,
लाखौं विधिहरू लेखें तापनि
    ती कुरा बीराना ठानिनेछन्।
13 मेरो भेटीको लागि तिनीहरूले
    मासु चढाउँछन् र खान्छन्,
तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न।
    अब उहाँले तिनीहरूलाई
तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ।
    तिनीहरूलाई मिश्रमा नै फर्काइँनेछ।
14 किनभने इस्राएलले आफ्ना सृष्टिकर्तालाई बिर्सेर महलहरू बनायो,
    औ यहूदाले चाँहि पर्खाल भएका शहरहरूको संख्या बढायो।
तर म तिनीहरूका शहरहरूमा आगो लगाइदिनेछु
    र त्यसले त्यसका महलहरू भस्म पार्नेछ।”

होशे 10:1-2

इस्राएलको सम्पत्तिले तिनीहरूलाई मूर्ति पूजा गरायो

10 इस्राएल त्यो दाख जस्तै छ
    जसले प्रशस्त मात्रमा फल दिन्छ।
तर इस्राएलले झूटा देवतारूको निम्ति
    विभिन्न प्रकारको वेदीहरू बनाइरह्यो।
भूमि जति राम्रो बनियो त्यति नै तिनीहरूले
    अपवित्र आफ्ना झूटो देवताहरूका निम्ति पत्थरहरू लगाए।
इस्राएलको मानिसहरूको हृदय झूटो छ।
    अब तिनीहरूले आफ्नो अपराधको दण्ड भोग्नै पर्छ।
परमप्रभुले तिनीहरूका स्मारक-ढुङ्गाहरू नाश पार्नु हुनेछ।
    उहाँले तिनीहरूका वेदीहरू भत्काउनु हुनेछ।

हिब्रू 13:1-16

13 ख्रीष्टमा तिमीहरू दाज्यू-भाइ र दिदी-बहिनीहरू जस्ता हौ र आपसमा प्रेम गर्न छोड्नु हुँदैन। मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे। जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफू पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दु:खमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ।

सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुइजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ। पैसाको मोहदेखि आफूलाई टाढ़ा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ,

“म तिमीलाई कहिल्यै छोड़दिनँ
म तिमीदेखि कहिल्यै भाग्दिनँ।”(A)

त्यसर्थ ढुक्कसित भनौ,

“प्रभु मेरा सहायक हुनुहुन्छ,
    मलाई केही डर हुने छैन।
कसैले मलाई केही अनर्थ गर्न सक्दैनन्।”(B)

आफ्ना अगुवाहरूलाई सम्झौं। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुशरण गर। येशू ख्रीष्ट हिजो, आज र सधैँ एक समान हुनुहुन्छ।

किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।

10 हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। 11 पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा-पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्। 12 त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो। 13 यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ। 14 यस धर्तीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं। 15 यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओंठबाट निस्केको प्रशंसा नै त्यो बलि हो। 16 अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International