Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
29 परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
उहाँको महिमा र शक्तिको प्रशंसा गर।
2 परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
आफ्ना खास पोशाक[a] लगाएर उहाँको उपासना गरौं।
3 परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
4 परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
5 परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
6 परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
सिरिओन हल्लिन्छ।
त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
7 परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
8 परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
9 परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।
10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।
13 “शतुरमुर्गा उत्तेजित भई आफ्ना पखेंटाहरू फरफराउँछ तर शतुरमुर्गा उड्न सक्तैन।
यसको पखेंटाहरू र प्वाँखहरू साँरसको जस्तो हुँदैन।
14 शतुरमुर्गाले भूइँमा अण्डाहरू पार्दछ
अनि बालुवामा न्यानो होस् भनि तिनीहरूलाई छोडिराख्छ।
15 शतुरमूर्गले कोही त्यसको फुलहरूमाथि हिँड्छ
अथवा कुनै पशु त्यसमाथि हिडेर फुटाई देला भनि कुनै पर्वाह नै गर्दैन।
16 शतुरमूर्गले आफ्ना चल्लाहरूलाई
आफ्नो होइन भने झैं त्याग्छे।
त्यसले आफ्नो महत्वपूर्ण परिश्रमको कुनै पर्वाह नै गर्दिन।
17 किनभने मैले शतुरमूर्गलाई बुद्धि दिइनँ।
शतुरमुर्गा लठेप्रो हुन्छ अनि त्यसलाई त्यस्तै लाटो बनाइदिएँ।
18 तर जब शतुरमूर्ग दगुर्नलाई उठ्छे, ऊ घोडा र घोड सवारलाई तुच्छ ठान्छ,
किनभने ऊ कुनै पनि घोडा भन्दा छिटो दर्गुछ।
19 “अय्यूब के तिमीले घोडालाई बल दियौ?
के तिमीले त्यसको घाँटीमाथि रौंहरू राख्यौ?
20 के तिमीले घोडालाई सलह जस्तो उफ्रेर टाढा जाने योग्य बनायौ?
घोडा जोडले हिन्हिनाउँछ अनि मानिसहरूलाई त्रसित पार्दछन्।
21 घोडा खुशी हुन्छ किनभने त्यो बलियो छ।
त्यसले आफ्नो खुट्टाले मैदानमा खोर्सिन्छ र युद्धभूमि तर्फ चाँडो दर्गुछ।
22 घोडाले डरको हाँसो उडाउँछ, त्यो डराउँदैन्।
त्यो युद्धभूमिबाट चम्पट लाउँदैन।
23 काँडको तरकस त्यसको छेउमा धर्रर आवाज गर्छ
र त्यहाँ भाला र हतियारहरू घाममा टल्किन्छन्।
24 घोडा एकदम उत्तेजित हुन्छ त्यो मैदानमा चाँडो दर्गुछ।
जब त्यसले बिगुल बजेको सुन्दछ त्यो रोकिन सक्तैन।
25 जब बिगुलको आवाज गुन्जिन्छ घोडा कराउँछ,
छिटो-छिटो उसले टाडैबाट युद्ध सुँध्ने गर्छ।
उसको कप्तानहरूले कराउँदै दिएको आदेशहरू अनि युद्धभूमिका अन्य सबै आवाजहरू सुन्दछ।
4 आत्मिक वरदानहरू थरिथरिका हुन्छन् तर ती सबै एउटै आत्माबाट हुन्छ। 5 सेवा गर्ने विभिन्न तरिकाहरू छन्। सबै ती उपायहरू एउटै उही प्रभुबाट हो। 6 अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ।
7 प्रत्येकमा आत्माको उपहार देख्न सकिन्छ। आत्माले सबैको भलोको निम्ति उपहार दिन्छ। 8 आत्माले एक मानिसलाई ज्ञानी कुरा गर्ने उपहार दिन्छ। अनि त्यही आत्माले अर्कोलाई बुद्धिमानी कुरा गर्ने वरदान दिन्छ। 9 त्यही आत्माले कसैलाई विश्वास दिलाउँछ। अनि त्यही एक आत्माले अरू कसैलाई रोग निको पार्ने वरदान दिन्छ। 10 त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शुद्ध र अशुद्ध आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ। 11 एउटै आत्मा, अनि त्यही आत्माले यी सब थोक गर्छ। प्रत्येकलाई के दिनु पर्ने त्यो आत्माले नै निर्णय गर्छ।
ख्रीष्टको शरीर
12 मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः 13 हामीहरूमा कति यहूदीहरू छौं र कति गैर-यहूदीहरू छौ। हामीहरूमा कति कमाराहरू छौं र कति मुक्त छौ। तर हामी सबै एउटै शरीर बनिनु बप्तिस्मा पाएका छौं। हामी सबैले त्यही एउटै आत्मा पाएका छौं।
© 2004, 2010 Bible League International