Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 100

धन्यवादको भजन।

100 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
परमप्रभुको सेवामा खुशी हौ!
    खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
    उहाँले हामीलाई बनाउनु भयो।
    हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं।
उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
    उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
    उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
परमप्रभु, भलो हुनुहुन्छ।
    उहाँको प्रेम अनन्त छ।
    हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!

इजकिएल 34:23-31

23 त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफैं खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ। 24 त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें।

25 “म आफ्नो भेंडा़हरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेंडा़हरू मरुभूमिमा सुरक्षित रहनेछ अनि जङ्गलमा सुत्नेछ। 26 म भेंडा़हरूलाई अनि आफ्नो पहाडको चारैतिरको ठाँउहरूलाई आशीर्वाद दिन्छु। म ठीक समयमा बर्षा गराउँछु। त्यो आशीर्वाद सहित बर्षा हुनेछ। 27 खेतमा उम्रिने बृक्षले आफ्नो फल दिन्छ। भूमिले आफ्नो फसल दिन्छ। यसकारण भेंडा़हरू आफ्नो प्रदेशमा सुरक्षित रहनेछन्। म तिनीहरूमाथि राखेको जुवा भाँचिदिन्छु। म तिनीहरूलाई ती मानिसहरूको शक्तिबाट बचाउँछु जसले तिनीहरूलाई दास बनाएकोछ। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ। 28 उनीहरू पशुहरू जस्तै भविष्यमा अन्य राष्ट्रहरूद्वारा बन्दी बनाईनेछन्। ती पशुहरूले तिनीहरूलाई खानेछैनन्। तर तिनीहरू अब भविष्यमा सुरक्षित रहनेछन्। कसैले उनीहरूलाई आतंकित पार्ने छैन। 29 म उनीहरूलाई कुनै यस्तो भूमि दिन्छु जसमा एउटा राम्रो बगैंचा हुन्छ। तब उनीहरू त्यस देशमा भोकले पीडित हुनेछैनन्। तिनीहरू भविष्यमा राष्ट्रहरूबाट अपमानित हुन पाउँदैनन्। 30 त्यसपछि उनीहरूले सम्झनेछन् कि म नै तिनीहरूका परमप्रभु परमेश्वर हुँ। तब उनीहरूले सम्झनेछन् कि म तिनीहरूसँग छु। इस्राएलका मानिसहरूले सम्झनेछन् कि ती मेरा मानिस हुन्!” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

31 “तिमी मेरो भेंडा़ हौ, मेरो खर्कका भेंडा़, तिमीहरू मेरा मानिसहरू हौ, अनि म तिम्रो परमेश्वर हुँ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

हिब्रू 13:20-21

20-21 म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेंडा़का ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International