Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 23

दाऊदको भजन।

23 परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
    मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
    उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
    उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
    डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
    तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
    अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।[a]
    मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
    अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।

प्रस्थान 3:16-22

16 परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इस्राएलका बूढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअघि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ। 17 उहाँले यसो भन्नु भयो तिमीहरूलाई मिश्रबाट बाहिर निकाल्नु हुनेछ, अनि विभिन्न जातिहरूको भूमिमा लानु हुनेछन् जस्तै कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू अनि दूध र मह बगिरहेको भूमिमा पुर्याउनु हुनेछ।’

18 “ती बूढा-प्रधानहरूले तिमीहरूको कुरा सुन्नेछन्। त्यसपछि तिमी र बूढा-प्रधानहरू मिश्रका राजा कहाँ जानेछौ। तिमीले राजालाई भन्ने छौ, ‘यहोवा हिब्रू मानिसहरूका परमेश्वर हुन्। हाम्रा परमेश्वर हामीकहाँ आउनु भयो अनि हामीलाई तीन दिनसम्म मरुभूमिमा यात्रा गर्न भन्नुभयो। हामीले हाम्रा परमेश्वर यहोवालाई त्यहाँ बलिहरू चढाउनु पर्नेछ।’

19 “तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महा-शक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ। 20 यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महा-शक्ति प्रयोग गर्नेछु। जब म महा-शक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोड्न बाध्य गर्नेछु। 21 अनि म मिश्रका मानिसहरूलाई इस्राएली मानिसहरूप्रति दयालु बनाउँनेछु। जब इस्राएलीहरूले मिश्र छाड्छन् तिनीहरू रित्तै हात जाने छैनन्।

22 “हिब्रू महिलाहरूले तिनीहरूका मिश्री छिमेकीहरूसित सुन र चाँदीको चीजहरू अनि लुगाहरू माग्ने छन्। तिमीहरूले ती चीजहरू तिमीहरूका छोरा-छोरीहरूलाई लगाईदिने छौ। यस प्रकार तिमीहरूले मिश्रबाट सम्पत्ति लिएर आउनेछौ।”

प्रस्थान 4:18-20

मोशा मिश्र फर्किन्छन्

18 तब मोशा आफ्नो ससूरा यित्रोकहाँ गए। मोशाले तिनलाई भने, “दया गरी मलाई मिश्र देश फर्किन दिनुहोस्। मेरा मानिसहरू अझै जीवित छन् कि? म भेट्न चाहन्छु।”

यित्रोले मोशालाई भन्यो, “अवश्य, तिमी शान्तिसित जान सक्छौ।”

19 जब, मोशा मिद्यानमा थिए, परमप्रभुले उनलाई भन्नुभयो, “अहिले तिमी मिश्रमा फर्केर जानु सुरक्षित छ। ती मानिसहरू जसले तिमीलाई मार्न चाहन्थे अहिले सबै मरिसकेका छन्।”

20 यसर्थ मोशाले आफ्नो नानीहरू र पत्नीलाई गधामाथि चढाए अनि मिश्र फर्के। तिनले परमेश्वरको शक्ति भएको आफ्नो लहुरो पनि साथै लगे।

1 पत्रुस 2:13-17

ठीक काम गर

13 प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्। 14 अनि राज्यपालहरूको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरू पठाइएका हुन्। 15 यसर्थ जब तिमीहरू असल कर्म गर्छौ, जसले तिमीहरूको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो। 16 मुक्त मानिसहरू जस्तै होऊ। तर तिमीहरूको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच। 17 सबै मानिसहरू प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरूलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International