Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 116:1-4

116 जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ,
    त्यो मलाई मन पर्दछ।
जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ,
    त्यो मलाई मन पर्छ।
म मर्न आटेको थिएँ, मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो।
    चिहान मेरो वरिपरि थियो
    म भयभीत र चिन्तित थिएँ।
तब मैले परमेश्वरको नाउँको पुकारा गरें।
    मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!”

भजनसंग्रह 116:12-19

12 म परमप्रभुलाई के दिन सक्छु र?
    ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो।
13 उहाँले मलाई बचाउनु भयो,
    यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु।
    अनि म परमप्रभुको नाउँ बोलाउनेछु।
14 परमप्रभुलाई प्रतिज्ञा गरेको कुराहरू म उहाँलाई दिनेछु।
    म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।

15 परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ।
    परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ।
16 हे परमप्रभु, म तपाईंको दास हुँ।
    म तपाईंकी एकजना सेविकाको बालक हुँ।
    परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो।
17 म तपाईंलाई धन्यवादको भेटी टक्र्याउँने छु।
    म परमप्रभुको नाउँ पुकार्नेछु।
18 आफूले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु।
    अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।
19 म यो सव यरूशलेमको मन्दिरमा गर्नेछु,
    र परमप्रभुको मन्दिरको आँगनमा गर्नेछु।

परमप्रभुको प्रशंसा गर!

यशैया 25:6-9

उहाँका सेवकहरूका निम्ति परमेश्वरको महाभोज

त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।

तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई “मृत्यु” भनिन्छ। तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।

त्यसबेला, मानिसहरूले भन्नेछन्,
    “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ,
जसलाई हामीले पर्खिरहेका थियौं।
    उहाँ हामीलाई बचाउन आउनु हुनेछ।
हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं।
    यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछ,
    हामी आनन्दित र खुशी हुनेछौं।”

लूका 14:12-14

तिमीहरूलाई इनाम मिल्नेछ

12 त्यसपछि येशूले तिनलाई निम्त्याउने फरिसीहरूलाई भन्नुभयो, “जब कुनै दिन तिमीहरूले बिहान वा बेलुकीको भोजन गराउन इच्छा गर्छौ त्यसबेला केवल आफ्ना साथीहरू, दाज्यू-भाइहरू, आफन्तहरू र धनी छिमेकीहरूलाई मात्र नबोलाउ। बद्लामा तिनीहरूले पनि तिमीहरूलाई खाना खान निम्तो दिन्छन् अनि तिम्रो इनाम पाइहाल्नेछौ। 13 यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौ, ती गरीब, कुँजो, लङ्गडा र अन्धाहरूलाई बोलाऊ। 14 त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपुर्ति गर्न तिनीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International