Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 114

114 इस्राएल ले मिश्र त्यागेर गए।
    याकूबले त्यो विदेशलाई त्यागेर गए।
यहूदा परमेश्वरको खास मानिस भए।
    इस्राएल उसको राज्य हुन गयो।
लाल समुद्रले यो देखेर भाग्यो,
    यर्दन नदी उल्टा बग्न थाल्यो।
पर्वतहरू भेंडाहरूझै वरिपरि नाच्न थाले।
    पहाडहरू भेंडाका पाठाहरू जस्तै उफ्रन थाले।

लाल समुद्र, तिमी किन भागेर गयौं?
    यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
हे पर्वतहरू! तिमीहरू भेंडाहरू झैं किन खुशीले उफ्रियौ?
    अनि पहाडहरू! तिमीहरू किन भेंडाका पाठाहरू झै बुथ्रुक-बुथ्रुक उफ्रियौ?

हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर
    स्वामीको सामने थरहरी होऊ।
परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो।
    परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।

योना 2

तब योनाले छुटकराको निम्ति प्रार्थना गरे

योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे। उनले भने,

“मेरो कष्टको कारणले
    मैले परमप्रभुलाई प्रार्थना गरें
    अनि उहाँले मलाई
उत्तर दिनुभयो।
    मृत्युको संसारदेखि म कराएँ,
    र तपाईंले मेरो बिन्ति सुन्नुभयो।

“तपाईंले मलाई गहिरो भित्र,
    समुद्रको मुटुमै फालिदिनुभएको थियो,
र मेरो चारैतिर छालहरू थिए।
    तपाईंका भयंकर छालहरूले मलाई डुबायो।
तब मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु,’
    तैपनि म फेरि तपाईंको पबित्र मन्दिरतिर हेर्नेछु।

“पानीले मलाई मेरो
    प्राण सम्मै घेर्यो,
    गहिरो सगर मेरो चारैतिर थियो,
मेरो टाउको भरि
    समुद्रका झ्याउहरू बेहेरिएका थिए।
म त समुद्रको फेद सम्मै पुगें।
    पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो।
तैपनि हे परमप्रभु! मेरा परमेश्वर,
    तपाईंले खाडलबाट उठाएर मलाई
जीवन दिनुभयो।

“मेरो प्राणले सबै आशा गुमायो।
    तब मैले परमप्रभुको सम्झना गरें।
परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें
    अनि तपाईंले मेरो प्रार्थना,
    तपाईंको पवित्र मन्दिरबाट सुन्नु भयो।

“ज-जसले ब्यार्थका मुर्तिहरूतिर मन लगाउँछन्
    तिनीहरूले गर्नु पर्ने साँच्चो भक्तिलाई त्याग्द छन्।
तर म धन्यवादको स्तुति सहित
    तपाईंमा बलिदान चढाउने छु,
मैले जेकुराको भाकल गरेको छु
    सो पुरा गर्नेछु।”
उद्धार परमप्रभुबाटै हुन्छ!

10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यले योनालाई किनारामा उगेलिदियो।

मत्ती 12:38-42

प्रमाणकालागि येशूसँग यहूदीहरूको सोधखोज

(मर्कूस 8:11-12; लूका 11:29-32)

38 तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।”

39 येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक। 40 तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ। 41 अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निनवेका मानिसहरू यस पुस्ताको साथमा खड़ा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बद्लेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ।

42 “न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International