Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 114

114 इस्राएल ले मिश्र त्यागेर गए।
    याकूबले त्यो विदेशलाई त्यागेर गए।
यहूदा परमेश्वरको खास मानिस भए।
    इस्राएल उसको राज्य हुन गयो।
लाल समुद्रले यो देखेर भाग्यो,
    यर्दन नदी उल्टा बग्न थाल्यो।
पर्वतहरू भेंडाहरूझै वरिपरि नाच्न थाले।
    पहाडहरू भेंडाका पाठाहरू जस्तै उफ्रन थाले।

लाल समुद्र, तिमी किन भागेर गयौं?
    यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
हे पर्वतहरू! तिमीहरू भेंडाहरू झैं किन खुशीले उफ्रियौ?
    अनि पहाडहरू! तिमीहरू किन भेंडाका पाठाहरू झै बुथ्रुक-बुथ्रुक उफ्रियौ?

हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर
    स्वामीको सामने थरहरी होऊ।
परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो।
    परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।

योना 1

परमेशवरको बोलावट अनि योनाको भगाई

परमप्रभु अमित्तैको छोरा योनासँग बोल्नुभयो। परमप्रभु भन्नुहुन्छ, “निनवे एउटा ठुलो शहर हो, त्यहाँका मानिसहरूले दुष्ट कर्महरू गरिरहेको बिषयमा मैले सुनेकोछु। यसकारण, तिमी त्यो शहरमा जाऊ, अनि त्यहाँका मानिसहरूलाई ती नराम्रा कामहरू छोडिदेऊ भनी भन।”

योनाले परमेश्वर को कुरा मानेनन्। यसकारण योना परमप्रभुबाट टाढा कतै भाग्ने प्रयास गरे। त्यसैले उनी यापो तिर गए। योना एउटा जहाजमा चढे जुन तर्शिशतिर जाँदै थियो। योनाले आफ्नो यात्राको निम्ति पैसा दियो अनि जहाजभित्र गएर बस्यो। योनाको इच्छा थियो कि उनी त्यो जहाजमा अरू मानिसहरूसितै तर्शिश जाने अनि परमप्रभुबाट कतै टाढा भाग्ने।

भयंकर तूफान

तर परमप्रभुले समुद्रमा भयानक तूफान उठाउनु भयो, समुद्रमा प्रचन्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तो भयो। मानिसहरू चाहन्थे कि त्यो जहाज बचाउनको निम्ति त्यसलाई हलुका बनाउँ, त्यसैले जहाजको सबै सामानहरू उठाएर समुद्रमा फ्याँक्न थाले। मल्लाहरू धेरै डराएका थिए, प्रत्येक मानिसहरूले आ-आफ्नो देवताहरूलाई प्रार्थना गर्न थाले।

योना जहाजको भित्रि भागमा गएर सुतिरहेका थिए। त्यसैले जहाजका कप्तानहरू तिनीकहाँ आएर भने, “ए सुतुवा, तिमी के गर्दैछौ? उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद परमेश्वले तिम्रो प्रार्थना सुन्नु हुन्छ र हामी नष्ट हुनेछैनौं।”

यो तूफान को कारण के हो?

अनि तिनीहरू आपस मा भन्नलागे, “कसको कारणले गर्दा यो आपद हामीमाथि आइपर्न लागेको होला त्यो चिठ्ठा हालेर हेरौं।”

यसो भनेर तिनीहरूले चिठ्ठाहालेर हेरे, चिठ्ठा योनाको नाउँमा पर्यो। मानिसहरूले योनालाई भने, “तिम्रो कारणले गर्दा यस्तो ठुलो आपद् हामीमाथि आयो! यसकारण हामीले के गर्यौं? तिम्रो काम केहो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? अनि तिमी कुन जातिका हौ?”

अनि योनाले मानिसहरूलाई भने, “म हिब्रू हुँ। स्वर्गका परमप्रभु परमेश्वरको आरधना गर्दछु। उहाँ परमेश्वर हुनुहुन्छ जसले समुद्र अनि पृथ्वी सृष्टि गर्नुभयो।”

10 योनाले मानिसहरूसँग भने, मानिसहरूले यो कुरा थाहा पाए कि तिनी परमप्रभुबाट टाढा भाग्दैछन्। तब तिनीहरू अत्यन्तै डराए। अनि मानिसहरूले योनालाई सोधे, “तिमिले आफ्नो परमेश्वरको बिरुद्धमा किन नराम्रो काम गर्यौ?”

11 उता आँधी तुफान र समुद्रको छाल झन्-झन् बढ्दै थियो। त्यसैकारण योनालाई मानिसहरूले भने, “हामीले आफ्नो सुरक्षाको निम्ति के गर्नु पर्छ? समुद्रलाई शान्तगर्न को निम्ति हामीले तिमीसँग के गर्नु पर्छ?”

12 योनाले मानिसहरूलाई भने, “म जान्दछु मेरो कारणले नै समुद्रमा तुफान आएको हो, यसकारण तिमीहरूले मलाई समुद्रमा फ्याँकिदेऊ अनि तूफान शान्त भइहाल्छ।”

13 तर मानिसहरूले योनालाई समुद्रमा फ्याँकन चाँहदैन थिए। उनीहरूले जहाजलाई किनारामा ल्याउन खुबै कोसिस गरे तर त्यो हुन सकेन। आँधी तूफान र समुद्रको छाल अझ बढ्दै गयो।

योनालाई दण्ड

14 यसकारण, मानिलहरूले परमप्रभुलाई पुकारे, “बिन्ती छ, हे परमप्रभु बिन्ति छ, यस मानिसको ज्यानको सट्टा हामी नष्ट हुन नपरोस्, र हामी निर्दोषमाथि हत्याको दोष नलागोस्, किनकि हे परमप्रभु! तपाईंलाई जस्तो इच्छा लागेको थियो, सो गर्नु भएको छ।”

15 तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए र समुद्र शान्त भयो। 16 तब ती मानिसहरूले परमप्रभुको अत्यन्तै डर मान्न थाले र परमप्रभुको निम्ति भाकल गरे अनि बलिदान चढाए।

17 अनि योनालाई निल्न परमप्रभुले एउटा ठुलो माछालाई खटाउनु भयो, र तिन दिन र तिन रात योना त्यस माछाको पेटभित्र रहे।

1 कोरिन्थी 15:19-28

19 यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौं।

20 तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ। 21 एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो। 22 आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं। 23 तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरीनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ। 24 अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सुम्पनु हुन्छ।

25 जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ। 26 नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ। 27 जस्तो धर्मशास्त्रामा छन्। भनिन्छ, “परमेश्वरले प्रत्येक थोक उहाँको अधीनमा गर्नुभयो।”(A) जब धर्मशास्त्रमा भनिन्छ कि “प्रत्येक” बस्तु उहाँको अधीनमा गराइयो स्पष्ट अर्थ लग्छ कि परमेश्वरलाई यसमा सम्मिलित गराइएन। उहाँ परमेश्वर नै हुनुहुन्छ जसले सबै थोक अधीनमा राख्नु भयो। 28 जब प्रत्येक थोक ख्रीष्टको अधीनमा राखिनु भयो। परमेश्वरनै एक हुनु हुन्छ जसले सब कुछ ख्रीष्टको अधीनमा राख्नु भयो। ख्रीष्ट तब पुत्र आफैं पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ, तब परमेश्वर सब कुराको पूर्ण शासक हुनु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International