Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 114

114 इस्राएल ले मिश्र त्यागेर गए।
    याकूबले त्यो विदेशलाई त्यागेर गए।
यहूदा परमेश्वरको खास मानिस भए।
    इस्राएल उसको राज्य हुन गयो।
लाल समुद्रले यो देखेर भाग्यो,
    यर्दन नदी उल्टा बग्न थाल्यो।
पर्वतहरू भेंडाहरूझै वरिपरि नाच्न थाले।
    पहाडहरू भेंडाका पाठाहरू जस्तै उफ्रन थाले।

लाल समुद्र, तिमी किन भागेर गयौं?
    यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
हे पर्वतहरू! तिमीहरू भेंडाहरू झैं किन खुशीले उफ्रियौ?
    अनि पहाडहरू! तिमीहरू किन भेंडाका पाठाहरू झै बुथ्रुक-बुथ्रुक उफ्रियौ?

हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर
    स्वामीको सामने थरहरी होऊ।
परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो।
    परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।

न्यायकर्ता 6:36-40

36 तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभयो कि तपाईंले मलाई इस्राएलका मानिसहरूलाई बचाउँन सहायता गर्नु हुनेछ। मलाई प्रमाण दिनु होस्। 37 म भेंडाको ऊन ढीकीमा[a] राख्नेछु। यदि भेंडाको ऊनमा मात्र शीत परेर सबै भूइँहरू सुख्खा रहेको भए म बुझ्ने छु कि तपाईंले भन्नु भए जस्तै इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति तपाईंले मेरो प्रयोग गर्नु हुनेछ।”

38 अनि ठीक त्यस्तै नै भयो। गिदोन भोलिपल्ट विहानै उठे अनि भेंडाको ऊन निचोरे। तिनले भेंडाको ऊनबाट एक कचौरा भरि पानी निकाले।

39 तब गिदोनले परमेश्वरलाई भने, “म प्रति क्रोधित नहुनुहोस्। मलाई अझ एउटा कुरा सोध्न दिनुहोस। यो भेंडाको ऊनद्वारा तपाईंलाई अझ एक पल्ट जाँचगर्न मलाई दिनुहोस्। यसपल्ट वरिपरिको भूमि शीतले भिज्दा यो भेंडाको ऊन सुख्खा रहोस्।”

40 त्यो रात परमेश्वरले त्यही कुरा गर्नुभयो। ठीकै भेंडाको ऊन सुक्खा थियो। तर त्यस वरिपरिको भूमि शीतले भिजेको थियो।

1 कोरिन्थी 15:12-20

हामी मृत्युबाट बौराइन्छौं

12 ख्रीष्ट मृत्यबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनरुत्थान भएको छैन? 13 यदि मानिसहरू मृत्युबाट कहिल्यै पुनरुत्थान हुँदैनन् भने, ख्रीष्ट पनि मृत्युबाट बौरिनु भएको थिएन। 14 यदि ख्रीष्ट नबौरिनु भएको भए, हाम्रो प्रचार व्यर्थ छ। अनि तिमीहरूको विश्वास व्यर्थ हुन्छ। 15 अनि ख्रीष्टलाई परमेश्वरले बौराई उठाउनु भएको थियो भन्ने प्रचारको लागि परमेश्वर समक्ष हामी दोषी बनिनेछौ। किनभने यदि मृत्युबाट पुनरुत्थान थिएन भने तब परमेश्वरले येशूलाई कदापि बौराउनु भएन। 16 यदि मानिस मृत्युबाट बौराइनु सकिदैन भने ख्रीष्ट पनि मृत्युबाट बौराइनु भएन। 17 अनि यदि ख्रीष्ट मृत्युबाट बोरिइनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थै हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ। 18 अनि ती ख्रीष्टमा मर्नेहरू पनि नष्टै भए। 19 यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौं।

20 तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International