Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 118:1-2

118 परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
    उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!
इस्राएल ले यसो भन्छ,
    “उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!”

भजनसंग्रह 118:14-24

14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ।
    उहाँले मलाई बँचाउनु हुन्छ।
15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ।
    परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे।
    परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।

17 म बाँच्ने छु मर्ने छैन
    अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
18 परमप्रभुले मलाई दण्ड दिनु भयो,
    तर उहाँले मलाई मर्न दिनु भएन।
19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो
    अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्।
    विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्छन्।
21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु।
    मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।

22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्।
    त्यही मूल ढुङ्गा[a] हुन गयो।
23 परमप्रभुले यस्तो बनाउनु भयो।
    अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं।
24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो।
    फेरि आज प्रफुल्लित र खुशी हौं!

प्रस्थान 15:1-18

मोशाको गीत

15 त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थालेः

“म परमप्रभुको निम्ति गाउनेछु!
    उहाँले महान कार्य गर्नु भयो।
उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा
    फ्याँकि दिनुभयो।
परमप्रभु मेरो शक्ति हुनुहुन्छ,
    उहाँले मलाई बचाउनु हुन्छ।
परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ,
    अनि म उहाँको स्तुति गर्छु।
परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ,
    अनि म उहाँको आदर गर्छु।
परमप्रभु एउटा योद्धा हुनुहुन्छ,
    उहाँको नाउँ परमप्रभु हो।
उहाँले फिरऊनका रथहरू,
    र सेनालाई समुद्रमा मिल्काई दिनु भयो।
फिरऊनका अत्यन्तै असल सैनिकहरू
    लाल समुद्रमा डुबे।
गहिरो पानीले तिनीहरूलाई डुबायो,
    अनि तिनीहरू ढुङ्गा झै गहिराईमा भासिए।

“तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ।
    हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।
आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो,
    जसले तपाईंको विरोध गरे।
तपाईंको रीसले परालको आगोले झैं
    तपाईंका शत्रुहरूलाई जलायो।
तपाईंको नाकबाट निस्केको सासले पानीलाई
    एक ठाउँमा थुपारी दियो।
बगिरहेको पानी पर्खाल झैं उभियो।
    समुद्रको गहिराइ सतहमा ठोस बनियो।

“शत्रुले भन्यो,
    ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु,
म तिनीहरूको सम्पूर्ण सम्पत्ति लुट्नेछु।
    म मेरो तरवार निकाल्नेछु
    र तिनीहरूलाई पराजित गर्नेछु।’
10 तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो
    अनि तिनीहरू समुद्रमा ढाकिए।
तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे।

11 “के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्?
अँह, तपाईं झैं अन्य देवता कतै छैनन्-
    तपाईं आश्चर्यपूर्ण र पवित्र हुनुहुन्छ!
    तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ!
    तपाईं अचम्मको काम गर्नुहुन्छ।
12 तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ,
    अनि पृथ्वीलाई नाश गर्नु हुन्छ।
13 तर आफूले बचाएका मानिसहरूलाई
    तपाईंको दयाले डोर्याउनु हुन्छ।
अनि आफ्नो क्षमताले तिनीहरूलाई
    पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ।

14 “अरू राष्ट्रहरूले यो कथा सुन्ने छन्
    र तिनीहरू डराउने छन्।
पलिश्तीका मानिसहरू डरले काम्ने छन्।
15 एदोमका प्रमुखहरू डरले काम्नेछन्,
मोआबका प्रमुखहरू डरले काम्नेछन्।
कनानीहरूले तिनीहरूको साहस हराउनेछन्।
16 जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन्
    तिनीहरू भयभीत हुनेछन्।
जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्,
    तिनीहरू चट्टान जस्ता हुनेछन्।
17 हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ।
    तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा
    तिनीहरूलाई तपाईंले बस्न दिनु हुनेछ।

18 “परमप्रभुले सदा-सर्वदाको निम्ति शासन गर्नुहुनेछ।”

कलस्सी 3:12-17

एक-अर्कामा तिमीहरूको नँया जीवन

12 परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन। 13 एक-अर्कामा सहनशील होऊ। यदि कसैको कसैमाथि नालिस भए उसलाई माफ देऊ। तिमीले अरूलाई क्षमा देऊ जसरी प्रभुले तिमीलाई क्षमा दिनु भयो। 14 यी सबै गर अनि सबभन्दा मुख्य कुरो एक-आपसमा प्रेम गर। यो प्रेम नै हो जेले तिमीहरूलाई पक्का एकतामा रहन एकत्रित गरायो। 15 ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमा[a] बोलाईएका छौ। सदा सर्वदा धन्य होऊ।

16 ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पूर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ। 17 तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International