Revised Common Lectionary (Complementary)
9 हे परमप्रभु, मसँग कैयौं दुःख-कष्टहरू छन्,
यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्।
यसैले म यति साह्रो उदास छु मेरा आँखाहरू बिझाउँदैछन्।
मेरो घोक्रो र भूँडीहरू दुखिरहेकोछ।
10 मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ।
मेरो उमेर नैराश्यमा बितिरहेछ।
मेरा सङ्कटहरूले मेरो शक्ति नाश गर्दै लाँदैछ।
मेरो शक्तिले मलाई छोड्दै गइरहेछ।
11 मेरा शत्रुहरूले मलाई हेला गर्छन्,
अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्।
सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्।
तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्,
तिनीहरू मलाई नदेखे झैं भान गर्छन्।
12 मानिसहरूले आफ्नो हराएको औजार जस्तै
पूर्ण प्रकारले मलाई बिर्सेकाछन्।
13 मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु।
तिनीहरू मेरा विरोधीहरू भए, तिनीहरूले मलाई मार्ने योजना गरे।
14 तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु।
तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।
15 मेरो जीवन तपाईंको हातमा छ,
मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्।
कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्।
मलाई तिनीहरूबाट बचाउनुहोस्।
16 कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्।
ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्!
55 हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें।
मैले खाडलको पींदबाट तपाईंलाई पुकारें।
56 तपाईंले मेरो आवाज सुन्नुभयो।
कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस्
अनि मलाई बचाउनु होस्।
57 मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो।
तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”
58 परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो।
तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।
59 हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ।
अब मेरो न्याय गरीदिनु होस्।
60 मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै
प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।
61 हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो।
मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।
62 मेरा शत्रुहरूका शब्द
र विचारहरू सारा समय मेरो विरूद्धछन्।
63 जब तिनीहरू उठ बस गर्छन।
हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।
64 हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्।
तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।
65 तिनीहरू माथि आफ्नो श्राप स्वरूप
कठोर हृदय दिनुहोस्।
66 तिनीहरूलाई क्रोधमा खेद्नु होस्, तिनीहरूको सर्वनाश गर्नुहोस्।
हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।
येशू आफ्नो मृत्युबारे फेरि चर्चा गर्नुहुन्छ
(मत्ती 20:17-19; लूका 18:31-34)
32 येशू साथमा भएका अरू मानिसहरूसँग यरूशलेम गइरहनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहनु भएको थियो। येशूका चेलाहरू चकित भइरहेका थिए। अनि जुन मानिसहरू तिनीहरूका पछि-पछि थिए तिनीहरू भने डराइरहेका थिए। उहाँले बाह्रजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो, अनि तिनीहरूलाई भन्न लाग्नु भयो उहाँलाई के हुनेवाला छ? 33 येशूले भन्नुभयो, “हामीहरू यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूका अघि सुम्पिइने छन्। तिनीहरूले मानिसको पुत्रलाई गैर यहूदीहरूलाई सुम्पनेछन्। 34 तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।”
© 2004, 2010 Bible League International