Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 81

प्रमुख संगीतकारलाई: गितीथ को रागमा गाँउने आसापको भजन।

81 खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, भनी गीत गाऊ।
    इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
संगीत प्रारम्भ गर।
    खैंजडीहरू बजाऊ।
    सुरमय वीणा बजाऊ।
जब हाम्रो विश्राम शुरू हुन्छ।
    पूर्णिमा लागेको बेला तुरही फुक,
    औंसी परेको बेला नरसिङ्ग फुक।
त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो।
    परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो
    परमेश्वरले उनीसित यो करार गर्नुभयो।
मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ।
    मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिएँ।
तिम्रा मानिसहरू सङ्कटमा थिएँ।
तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें।
    तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ।
    त्यहींबाट मैले जवाफ दिएँ,
    मैले तिनीहरूलाई मरीबा[a] को पानीद्वारा जाँच गरें।”

“मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन।
म तिमीहरूलाई मेरो करार-वचन दिनेछु।
    इस्राएल, कृपया मेरो कुरा ध्यानले सुन।
कुनै पनि कृत्रिम देवताहरू नमान
    जुन विदेशीहरूले मान्दछन्।
10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ,
    मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ।
इस्राएल, तिमीहरू मुख खोल,
    अनि म खुवाउने छु।

11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ।
    इस्राएल ले मेरो आज्ञा पालन गरेन।
12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ,
    इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए
    अनि मेरो तरिका अनुसार बसेको भए।
14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ।
    म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा सङ्कटहरू ल्याउँदछ।
15 परमप्रभुका शत्रुहरू डरले काम्नेछन्।
    तिनीहरूलाई सदा दण्ड दिइनेछ।
16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो।
    चट्टान[b] ले तृप्त नहुन्जेल सम्म तिनीहरूलाई मह दिए।”

उत्पत्ति 29:1-14

याकूबले राहेललाई भेट्छन्

29 तब याकूबले आफ्नो यात्रा जारी नै राख्यो। त्यो पूर्व तिरको प्रान्तमा गए। याकूबले हेर्यो अनि उनले मैदानमा एउटा कूवा देख्यो। त्यहाँ त्यो कूवाको छेउमा तीन बगाल भेंडाहरू बसिरहेका थिए। ती भेंडाहरूले त्यस कूवामा पानी खान्थे। त्यहाँ एउटा ठूलो ढुङ्गाले त्यो कूवालाई ढाकेको थियो। जब सबै भेंडाहरू त्यहाँ भेला हुन्थे गोठालाहरूले त्यो कूवा माथिको ढुङ्गा पल्टाई दिन्थे। त्यसपछि सबै भेंडाहरूले पानी खान्थे र फेरि ती गोठालाहरूले त्यो ढुङ्गाले कूवा छोपिदिन्थे।

याकूबले त्यस गोठालाहरूलाई भने, “हे मेराभाइ हो, तिमीहरू कहाँका हौ?”

तिनीहरूले उत्तर दिए, “हामी हारानका हौं।”

फेरि याकूबले भने, “के तिमीहरूले नाहोरको लाबानलाई चिन्छौ?”

गोठालाहरूले उत्तर दिए, “अँ हामी तिनलाई चिन्छौं।”

तब याकूबले भने, “तिनी कुशलै त होलान्?”

तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेंडाहरू लिएर आइरहेकीछिन्।”

याकूबले भने, “हेर, अहिले दिउँसो नै छ अनि घाम डुब्नु अझै घेरै समय बाँकी नै छ। अझै, रात पर्छ भनेर तिम्रो लागि भेंडाहरू जम्मा गर्ने समय भएको छैन। यसर्थ ती भेंडाहरूलाई पानी खान देऊ अनि चर्न मैदानमा जान देऊ।”

तर ती भेंडा गोठालाहरूले भने, “जबसम्म सबै भेंडाहरू भेला हुँदैनन् हामी त्यसो गर्न सक्तैनौं। भेंडाहरू भेला भइसकेपछि मात्र हामी कूवाबाट ढुङ्गा पल्टाउँछौं र भेंडाहरूले पानी खान्छन्।”

याकूब भेंडा गोठालाहरूसित कुरा गरीरहेको बेला नै राहेल आफ्नो बाबुका भेंडाहरू लिएर आई। (आफ्नो बाबुका भेंडाहरूको हेरचाह गर्ने काम राहेलको थियो।) 10 राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्। जब याकूबले राहेललाई देख्यो, तिनी गए अनि कूवाबाट ढुङ्गा पल्टाएर भेंडाहरूलाई पानी खान दियो। 11 त्यसपछि उनले राहेललाई चुम्बन गर्यो अनि रोयो। 12 याकूबले उसलाई बतायो त्यो उसको बाबुको परिवारबाट जन्मेको हो। उनले आफूलाई रिबेकाको छोरो भनी चिनायो। यसर्थ राहेल घरतिर दौडिन् अनि आफ्नो बाबुलाई भनिन्।

13 लाबानले आफ्नी बहिनीको छोरोको विषयमा सुने। यसर्थ लाबान उसलाई भेट्न हिंड्‌यो। लाबानले उसलाई जोडले अँगाल्यो, चुम्यो अनि घरमा लिएर गए। याकूबले के भएको थियो सम्पूर्ण घटनाको विवरण दियो।

14 त्यसपछि लाबानले भने, “यो आश्चर्य हो! तिमी हाम्रो आफ्नै परिवारको रहेछौ।” यसकारण याकूब त्यहाँ एक महिना बस्यो।

1 कोरिन्थी 10:1-4

यहूदीहरू जस्तै नहोऊ

10 दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे। तिनीहरू सबै बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए। तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए। अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक फोहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो फोहरा ख्रीष्ट हुनुहुन्थ्यो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International