Revised Common Lectionary (Complementary)
विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।
95 आऊ, परमप्रभुको गुण-गान गरौं।
चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बचाउँनु भयो।
2 परमप्रभु प्रति धन्यवादको गीत गाऊ।
उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।
3 किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ!
अन्य सारा “देवताहरू” लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।
4 गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।
5 सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो,
परमेश्वरले आफ्नै हातले सुख्खा जमीनहरू बनाउनु भयो।
6 आऊ, निहुँरिएर, उहाँको उपसना गरौं।
जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
7 उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ
अनि हामी उहाँका सन्तानहरू हौं।
यदि हामीले उहाँको आवाज सुन्यौं भने,
आज हामी उहाँका भेंडाहरू हौं।
8 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले “मरीबामाको” जंङ्गलमा हुँदा झैं,
अनि “मस्साको” मरुभूमिमा गरे झैं जिद्दी नगर।
9 तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे,
तर तिनीहरूले म के गर्न सक्थें भन्ने कुरा देखे।
10 चालीस बर्षसम्म मैले ती मानिसहरूको गन-गन सहेर बसें।
अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्।
तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।
11 यसैले मेरो रीसमा तिनीहरू
‘मेरो विश्रामको भूमिमा पस्ने छैनन’ भनी मैले प्रतिज्ञा गरें।”
27 केही मानिसहरू सातौं दिनमा पनि खाद्य बटुल्नु गए तर तिनीहरूले केही पनि पाएनन्। 28 तब परमप्रभुले मोशालाई भन्नु भयो, “कहिलेसम्म तिम्रा मानिसहरूले मेरो आज्ञाहरू र उपदेशहरू अस्वीकार गर्छन्? 29 हेर, परमप्रभुले तिम्रालागि शनिवारलाई एउटा विश्रामको दिन बनाउनु भयो। अनि छैटौं दिनमा परमप्रभुले तिमीहरूलाई दुइ दिनको निम्ति प्रशस्त खाद्य दिनु हुन्छ। सातौंदिनमा तिमीहरू प्रत्येकले विश्राम लेऊ। तिमीहरू जहाँ छौ त्यहीं बस।” 30 यसर्थ मानिसहरूले सातौं दिनमा विश्राम गरे।
31 इस्राएलीहरूले त्यस विशेष भोजनलाई “मन्न”। भन्न थाले। मन्न मसिनो धनियाँको बिऊ जस्तो सेतो थियो अनि खाँदा मह मिसाएर बनाएको पातलो रोटी जस्तै स्वादिलो थियो। 32 मोशाले भने, “परमप्रभुले भन्नु भयो, ‘तिमीहरूका सन्तानको निम्ति एक ओमेर खाद्य जोगाएर राख। मैले तिमीहरूलाई मिश्रबाट लिएर आउँदा मरुभूमिमा दिएको खाद्य भनी तिनीहरूले हेर्न सक्छन्।’”
33 अनि मोशाले हारूनलाई भने, “एउटा भाँडो ल्याऊ र त्यसमा एक ओमेर मन्न भरेर परमप्रभुकोअधि राख। आफ्नो सन्तानको निम्ति जोगाऊ।” 34 परमप्रभुले मोशालाई आज्ञा गरे जस्तै नै हारूनले गरे। हारूनले मन्नको भाँडा लगे अनि करार सामुने राखे। 35 इस्राएलीहरू 40 बर्षसम्म मन्न खाँदै बसे। तिनीहरूले तबसम्म मन्न खाए जबसम्म तिनीहरू जुन भूमिमा बस्नु थियो त्यहाँ आई पुगेनन्। तिनीहरूले कनान प्रदेश नजिकै नपुगुन्जेल मन्न खाए।
येशू एक सामरी स्त्रीसँग बोल्नुहुन्छ
4 येशूले यूहन्नाले भन्दा धेरै चेलाहरू बनाउँनु हुँदैछ साथै बप्तिस्मा पनि दिनु हुँदैछ भन्ने फरिसीहरूले सुने। 2 तर वास्तवमा येशू स्वयंले बप्तिस्मा दिनु भएको थिएन। उहाँका चेलाहरूले उहाँकै निम्ति मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। फरिसीहरूले उहाँको विषयमा सुनिसकेका थिए भनेर येशूलाई थाहा थियो। 3 त्यसैले येशू यहूदिया छोडेर गालील फर्कनु भयो। 4 गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो।
5 सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो। 6 याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो।
© 2004, 2010 Bible League International