Revised Common Lectionary (Complementary)
विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।
95 आऊ, परमप्रभुको गुण-गान गरौं।
चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बचाउँनु भयो।
2 परमप्रभु प्रति धन्यवादको गीत गाऊ।
उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।
3 किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ!
अन्य सारा “देवताहरू” लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।
4 गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।
5 सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो,
परमेश्वरले आफ्नै हातले सुख्खा जमीनहरू बनाउनु भयो।
6 आऊ, निहुँरिएर, उहाँको उपसना गरौं।
जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
7 उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ
अनि हामी उहाँका सन्तानहरू हौं।
यदि हामीले उहाँको आवाज सुन्यौं भने,
आज हामी उहाँका भेंडाहरू हौं।
8 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले “मरीबामाको” जंङ्गलमा हुँदा झैं,
अनि “मस्साको” मरुभूमिमा गरे झैं जिद्दी नगर।
9 तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे,
तर तिनीहरूले म के गर्न सक्थें भन्ने कुरा देखे।
10 चालीस बर्षसम्म मैले ती मानिसहरूको गन-गन सहेर बसें।
अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्।
तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।
11 यसैले मेरो रीसमा तिनीहरू
‘मेरो विश्रामको भूमिमा पस्ने छैनन’ भनी मैले प्रतिज्ञा गरें।”
9 तब मोशाले हारूनलाई भने, “इस्राएली मानिसहरूसँग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुकहाँ सँगै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।’”
10 हारून इस्राएलका मनिसहरूसँग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरुभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।
11 परमप्रभुले मोशालाई भन्नुभयो, 12 “मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।’”
13 त्यस रात बट्टाई चराहरू छाउनी वरिपरि आए। बिहान त्यहाँतिर सबै छाउनी वरिपरि शीत पारेको थियो। 14 जब शीत सुक्यो भुइँमा पातलो तुसारोको पलाक जस्तो थियो। 15 इस्राएलीहरूले यी सबै देखेर एक अर्कामा सोधे, “यो के हो?”[a] तिनीहरूले सोधे किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। तब मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनु भएको भोजन हो! 16 परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिसले उसलाई आवश्यक परे जत्ति भोजन जम्मा गर्नु पर्छ, तिमीहरू प्रत्येकले परिवारको एक मानिसको निम्ति एक-एक ओमेर[b] खाध्य जम्मा गर्नु पर्छ।’”
17 तब इस्राएली मानिसहरूले यसै गरे। प्रत्येक मानिसले खाध्य बटुले अनि कतिपय मानिसहरूले अरूले भन्दा वेशी खाध्य कुरा बटुले। 18 खाध्य ओजन गर्दा प्रत्येकले वेशी बटुल्ने को थियो पाइयो। तर त्यहाँ प्रशस्त चाहिं थिएन। तिमीहरूमध्ये प्रत्येकले आफू र आफ्नो पारिवारलाई खानु पुग्नें भन्दा बढी बटुलेको थिएन।
19 मोशाले तिनीहरूलाई भने, “अर्को दिनको निम्ति खाध्य नजोगाऊ।” 20 तर केही मानिसहरूले मोशाको कुरा सुनेन्। ती मानिसहरूले भोलिपल्टको निम्ति पनि खाध्य जोगाए तर खानामा किरा पर्यो र गनाउन थाल्यो। यसकारण त्यसो गर्ने मानिसहरूसँग रिसाए।
21 प्रत्येक दिन बिहान मानिसहरूले आफूलाई चाहिए जति भोजन बटुले। तर जब दिन तातिन्थ्यो हराउँथ्यो।
ख्रीष्टमा एक
11 तिमीहरू गैर-यहूदी भएर जन्म्यौ। यहूदीहरूले तिमीहरूलाई “खतनाहीन” भन्छन्। तिमीहरूलाई “अशिश्नछेदित” भन्ने यहूदीहरू आफूलाई चाँहि “खतनाका” भन्छन्। तिनीहरूको शरीर मानव हातले खतना गरिएको छ। 12 याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ। 13 हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाढा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ।
14 ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुवैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहीदूहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो।
15 यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुइ अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो। 16 क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो। 17 ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाढा थियौ। अनि तिमीहरूमा शान्ति प्रचार गर्नुभयो जो परमेश्वरको नजिक थिए। 18 हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो।
19 यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ। 20 तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ। 21 त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढ़दछ। 22 अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।
© 2004, 2010 Bible League International