Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 121

मन्दिरतर्फ जाँदा दाऊदको भजन।

121 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु।
    तर मेरो सहायता कहाँबाट आउँछ?
मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने
    परमप्रभुबाट आउँछ।
परमेश्वरले पतनहुन दिनु हुनेछैन,
    तिम्रो संरक्षक निदाई जाने होइन।
इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न।
    परमेश्वर कहिल्यै निदाउनु हुन्न।
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ,
    उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।
तिमीलाई दिउँसो घामले
    अनि राती जूनले हानि पुराउँदैन।
परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ।
    परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।
तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ।
    परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

मीका 7:18-20

परमप्रभुको निम्ति स्तुति

18 तपाईं जस्तो परमेश्वर अरू छैनन्।
    तपाईंले पापीहरूलाई क्षमा गरिदिनुहुन्छ।
    तपाईंले आफ्नो बाँचेका मानिसहरूका पाप क्षमा गरिदिनुहुन्छ।
तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न
    किनकि तपाईं सधैँ दया गर्न रूचाउनु हुन्छ।
19 हे परमप्रभु! हाम्रा पापहरू टाढा फ्याँकि दिनुहोस्,
फेरि हामीलाई सुख चैन दिनुहोस्,
    हाम्रा पापहरू तपाईंले टाढा गहीरो समुद्रमा फ्याँकि दिनुहुनेछ।
20 तपाईं याकूबप्रति साँच्चो हुनुहुन्छ,
    अब्राहम प्रति दयालु हुनुहुन्छ।
तपाईंले यस्तो शपथ धेरै अगाडी,
    हाम्रो पिता-पुर्खाहरूसँग गर्नुभएको थियो।

रोमी 3:21-31

प्रभुले कसरी मानिसहरूलाई ठीक बनाउनु हुन्छ

21 तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्। 22 परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ। 23 सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। 24 मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ। 25 परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशूलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रगतद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन। 26 अहिले पनि उहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेश्वरले यसो गर्नु भयो। परमेश्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशूमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ।

27 यसकारण हामीले आफैंले त्यस्तो घमण्ड गर्ने कुनै ठाउँ छ? अँहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो। 28 किनभने हामी विश्वास गर्दछौं कि एउटा मानिसलाई व्यवस्था विनै विश्वासद्वारा धार्मिक बनाइन्छ। अनि हामी यही विश्वास गर्छौ। 29 परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ। 30 परमेश्वर एउटै मात्र हुनुहुन्छ। उहाँले यहूदीहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी बनाउनु हुनेछ। त्यसरी नै गैर-यहूदीहरूलाई पनि तिनीहरूको विश्वासद्वारा धर्मी बनाउनुहुनेछ। 31 यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International