Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 51

प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन। बतशेबासँग दाऊदले पाप गरेपछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदले यो भजन लेखेका हुन्।

51 हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,
    किनभने तपाईंको दयालु कृपा-दृष्टिले,
तपाईंको महान् अनुग्रहले
    मेरा सारा पापहरू मेटाई दिनुहोस्।
परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्।
    मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्।
म जान्दछु मैले पाप गरें।
    म सधैँ ती पापहरू देख्दछु।
हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।
    परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें
म ती गल्तीहरू स्वीकार गर्दछु,
    ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ।
    तपाईंको निर्णयहरू निष्कपट छन्।
पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन्
    अनि म पापमा नै जन्मेको थिएँ।
हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,
    यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
विधिपूर्वक हिसप झारले[a] मस्काएर मलाई शुद्ध पार्नुहोस्।
    जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
मलाई खुशी पार्नुहोस्।
बताउनुहोस् फेरि खुशी कसरी हुनु।
    तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्।
मेरो पापहरू तपाईं नहेर्नु होस्!
    ती सबै मेटी दिनुहोस्!
10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्!
    मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
11 मलाई नठेल्नु होस्।
    अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
12 तपाईंको सहयोगले मलाई खुशी पार्दछ।
    मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्।
    मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्।
13 म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु
    अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्।
14 हे परमेश्वर, मृत्यु दण्ड देखि मलाई बचाउँनु होस्।
    तपाईंको धार्मिकताको विषयमा,
मलाई गीत गाउन दिनुहोस्।
15     हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु!
16 तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न्,
    यसकारण मैले किन बलिहरू चढाउनु।
17 जुन बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो।
    हे परमेश्वर, जो-जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईं उनीहरू देखि मुख फर्काउनु हुन्न!

18 हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्।
    यरूशलेमको पर्खालहरू पुनःर्निर्माण गर्नुहोस्।
19 तब तपाईंले धार्मिकताको बलिदान,
    र होमबलिहरूको आनन्द लिन सक्नु हुन्छ।
    अनि मानिसहरूले फेरि साँढेहरू तपाईंको वेदीमा चढाउने छन्।

योना 4

परमेश्वरको दयाले योनालाई क्रोधित बनायो

योनालाई यो साह्रै मनपरेन कारण परमेश्वरले शहर बचाउँनु भयो। त्यसैले योनालाई साह्रै रिस उठ्यो। उनले परमप्रभुलाई आरोप गर्दै भने, “मलाई थाहा थियो तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। म त आफ्नो देशमा थिएँ, तपाईंले नै यहाँ बोलाएर ल्याउनु भयो। त्यसै समय मलाई थाहा थियो, तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। मैले त्यसैबेला तर्शिश तिर भागेर जाने कोशिश गरेको थिएँ। मलाई थाहा थियो तपाईं एक दयालु परमेश्वर हुनुहुन्छ भनेर। मलाई थाहा थियो तपाईं करुणामय हुनुहुन्छ भनेर अनि मानिसलाई दण्ड दिन चाहनु हुन्न। मलाई थाहा थियो कि तपाईं दयापूर्ण हुनुहुन्छ। मलाई ज्ञान थियो यदि यिनीहरूले पाप गर्न छोडे भने तपाईंले यिनीहरूको विनासको योजना बद्ली गर्नु हुन्छ। यसकारण हे परमप्रभु, म तपाईंलाई यही माग्छु कि तपाईंले मलाई मार्नुहोस्। मेरो निम्ति बाँच्नु भन्दा मर्नु राम्रो छ।”

तब परमप्रभुले भन्नुभयो, “मैले ती मानिसहरूलाई नष्ट नगर्दा तिमी रिसाउनु सही हो र?”

यी सबै कुराहरूले योना अझैपनि रिसाई रहेका थिए। यसकारण उनी शहर बाहिर गए। योना यस्तो शहरमा गए जुन शहर पूर्वी प्रदेशको नजिकमा थियो। योनाले त्यहाँ आफ्नो निम्ति छाप्रो बनाए। फेरि त्यसको छाँयाँमा बसेर यस्तो कुरा सोच्न थाले कि अब शहरमा के घट्ने हो।

लौकाको बोट र किरा

परमप्रभु परमेश्वरले एउटा लौकाको बोट उमार्नु भयो अनि त्यसलाई छिटो-छिटो ठूलो पर्नुभयो अनि योना माथि छाँयाँ दिनुभयो भयो जसले योनालाई शितल स्थान बनायो। योनाले यसवाट अत्यन्तै आराम पाए। यो बोटको कारण योना अत्यन्तै प्रसन्न भए।

अर्को दिन बिहानै बोटको एक भाग खानको निम्ति परमेश्वरले एउटा किरा पठाउनु भयो, किराले त्यो बोट खायो अनि त्यो बोट ओइलाई हाल्यो।

सूर्य उदाएपछि परमेश्वरले पूर्वीय हावा चलाई दिनुभयो र घाम टनटलापुर सित योनाको टाउकोमा पर्यो र तिनी हैरान भए। मरिने रहेछ भनेर परमेश्वरसित बिन्ति गर्न थाले, “मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै उचित छ।”

अनि परमेश्वरले भन्नुभयो, “के लौकाको बोटको निम्ति रिसाउनु उचित हो?”

योनाले उत्तर दिए, “हो मेरो निम्ति रिसाउनुनै उचित हो, मलाई यस्तो रिस उठेको छ कि म मरिहालौं।”

10 तब परमप्रभुले भन्नुभयो, “हेर, त्यो बोटको निम्ति तैंले केहि पनि गरिनस्। तैले रोपेको पनि हैनस्। त्यो एकै रातमा उम्रियो र एकै रातमा ओइलाईहाल्यो अनि त्यो बोटको निम्ति सहानभूति अनुभव गर्छस्। 11 यदि तँ त्यो बोटको निम्ति व्याकुल हुन सक्छस् भने के यति ठूलो शहर निनवे, जसमा धेरै मानिसहरू अनि वस्तुहरूछन्। त्यस शहरमा 1,20,000 भन्दा बढ्ता मानिसहरूछन्, तिनीहरूले जान्दैनन् कि तिनीहरूले भूल गरिरहेका छन्।”

रोमी 1:8-17

धन्यवादको प्रार्थना

सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशू ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्। 9-10 प्रत्येक समयमा म प्रार्थना गर्दछु र सधैँ सम्झना गर्दछु। प्रभुलाई यो सत्य हो भन्ने थाहा छ। परमेश्वर एक हुनुहुन्छ जसको सेवा म आफ्नो आत्मामा उहाँकै पुत्रको सुसमाचारको प्रचारद्वारा गर्छु। म प्रार्थना गर्छु कि मलाई तिमीहरूलाई भेट्ने अनुमति दिईयोस्। परमेश्वरले चाहनु भयो भने मात्र यी सबै हुनेछन्। 11 म तिमीहरूलाई हेर्न एकदमै इच्छुक छु। म तिमीहरूलाई कुनै आत्मिक उपहार दिन चाहन्छु जसले तिमीहरूलाई दरिलो बनाओस्। 12 मेरो भन्नुको तात्पर्य हामी प्रत्येकलाई विश्वासले परस्परमा प्रोत्साहन गरोस्। तिमीहरूको विश्वासले मलाई सहयोग गर्छ अनि मेरा विश्वासले तिमीहरूलाई सहयोग गर्छ।

13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरूले जान कि मैले धेरै पटक तिमीहरूकहाँ आउने योजना गरें। म तिमीहरूकहाँ आउन चाहन्थे ताकि तिमीहरूलाई आत्मिक तवरले सहायता पुर्याउन सकुँ। म तिमीहरूलाई अन्य गैर-यहूदीहरूलाई जस्तै सहयोग गर्न चाहन्छु।

14 मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू। 15 यसैले म रोममा हुने तिमीहरूलाई पनि सुसमाचार प्रचार गर्न इच्छुक छु।

16 म सुसमाचारसँग शर्माउँनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ। 17 सुसमाचारले मानिसहरूलाई उहाँसँग धार्मिक बन्ने कुरो प्रकट गरेको छ। परमश्वरको बाटोले मानिसहरूलाई शुरूदेखि अन्तसम्म विश्वासद्वारा धार्मिकता तिर डोर्याउँदछ। जस्तो धर्मशास्त्रमा भनिएको छ, “जुन मानिस परमेश्वरको विश्वासमा ठीक रहँदछ ऊ अनन्त सम्म बाँच्नेछ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International